Daily Archives: 08/12/2010

सीएनएन हिरोलाई अमेरिकी राजदूतद्वारा बधाई


काठमाडौं, मंसिर २२ – नेपालका लागि अमेरिकी राजदूत स्कट् एच डेलिसीले सीएनएन हिरो अनुराधा कोइरालालाई बधाई दिएका छन् ।बुधबार बिहान अमेरिकी दूतावासमा एक कार्यक्रमको आयोजना गरी उल्लेखनिय उपलब्धी प्राप्त गरेकोमा राजदूत डेलिसीले बधाई दिएका हुन् । राजदूतले मानव वेचविखनविरुद्धको अभियानमा अमेरिकी सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

विकिलिक्स बोस जुलियन असान्ज गिरफ्तार, साइबर युद्ध सुरु


बेलायती अदालतले विकिलिक्स बोस जुलियन असान्जलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ। अब उनी कम्तिमा १४ डिसेम्बरसम्म हिरासत मै हुनेछन्।

  • उनी अहिले वान्डसवर्थ जेलमा छन्।
  • अमेरिकी रक्षा मन्त्री रबर्ट गेट्सले असान्ज गिरफ्तार भएको खबरलाई ‘राम्रो समाचार’ भनी प्रतिक्रिया दिए।
  • अदालतमा बयान दिँदा असान्ज दुई पटक मुस्कुराए। एक पटक ठेगाना सोध्दा अस्ट्रेलियाको पोस्ट बक्स नम्बर टिपाउँदा र अर्को पटक जजले विकिलिक्सको साटो ‘विकिपिडिया’ भन्दा।
  • असान्जले आफूलाई सुपुर्दगी गरिने विरोधमा अपील गर्ने बताए। उनले धरौटीमा रिहा हुन अस्वीकार गर्ने अदालती निर्णयविरुद्ध पनि अपील गर्नेछन्। आफ्नो मुद्दा राजनीतिक रुपमा अभिप्रेरित भएको आरोप उनले लगाए।
  • क्या हाँसउठ्दो ! अमेरिकी सरकारले आगामी मे १ देखि ३ सम्म अमेरिकामा प्रेस स्वतन्त्रता दिवस मनाउने रे। अनि यसपालिको थिम चाहिँ 21st Century Media: New Frontiers, New Barriers हुने रे। वक्तव्यमा भएका यी शब्दले अमेरिका आफैलाई नाङ्गो देखाउँदैछ- we are concerned about the determination of some governments to censor and silence individuals, and to restrict the free flow of information. We mark events such as World Press Freedom Day in the context of our enduring commitment to support and expand press freedom and the free flow of information in this digital age. वाह ! वाह ! वाह ! ऐना पनि एक पटक हेरौँ न अंकल साम !
  • विकिलिक्सले हरेक साँझ प्रकाशन गर्दै आएको दस्तावेज प्रकाशन गर्ने काम आज पनि जारी राख्‍ने भएको छ। तर असान्ज गिरफ्तार भए वा मारिए भएभरका सबै गोप्य दस्तावेज एकै साथ स्वचालित रुपमा प्रकाशन हुने २५६ अङ्कको इन्क्रिप्टेड कोड भने आजै प्रकाशन नगर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

जलविद्युत् विकासका लागि अमेरिकी लगानी


नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ऊर्जा खपत औसतमा ५ हजार युनिट छ भने अमेरिकाले प्रतिव्यक्ति प्रतिवर्ष औसतमा ४५ हजार युनिट खपत गर्न सक्छ । एसियामा मात्र प्रतिव्यक्ति प्रतिवर्ष प्रतियुनिट ११ हजार खपत छ ।  नेपाल विद्युत् खपत र बचतमा अन्तिम देश मानिन्छ । अब नेपालले बचत होइन खपत रणनीति बनाउनुपर्छ ।

                                                                                                                   कृष्णप्रसाद भण्डारी

सन् १९९६ को जनवरीमा भारतको कोलकातामा अमेरिकी लगानी मञ्चको एउटा बृहत् शिखर सम्मेलन भएको थियो । ‘अमेरिकी लगानी र उदीयमान पूर्व’ शीर्षकमा अमेरिकाले आयोजना गरेको कोलकाता सम्मेलन नेपालको जलस्रोत विकासमा अमेरिकी लगानीकर्ताहरूलाई आमन्त्रण गर्नुरहेको थियो । तत्कालीन परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा २१ जनाको प्रतिनिधि सहभागी थिए । त्यसमा नेपाल अमेरिका चेम्बर अफ कमर्सले पनि प्रतिनिधित्व गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्