न्युयोर्क, १८ मंसिर
विश्वका सर्वाधिक धनीहरूमध्ये वारेन बफेट पनि एक हुन् । ७९ वर्षीय बफेटले बहुुराष्ट्रिय कम्पनी ‘वर्कसायर ह्याथवे’ मा चालू लगानीको भूमिका खेलेबापत वार्षिक केबल १ लाख अमेरिकी डलरमात्र आफ्नो घरमा भित्र्याउँछन् । उनी स्टक लगानीकर्ताका रूपमा विश्वविख्यात छन् । लगानीकर्ताका रूपमा रहँदा उनले वर्कसायर ‘ए’ अथवा ‘बी’ को सेयरबाट लाभांश भुक्तानी लिँदैनन् । त्यसैले पुँजी वृद्धि उच्च हुने निश्चित हुन्छ ।
तर, लामो समयसम्म बफेटको जीवन नजिक रही उनको जीवनको सफलताका ’boutमा अनुसन्धान गरेका तथा ‘विश्वको सबैभन्दा ठूलो लगानी स्वामित्व लिने १०१ कारण’ पुस्तकका लेखक रोबर्ट माइल्सका अनुसार बर्सेनि अमेरिकी सुरक्षा र लगानी आयोगले बफेटका अन्य आम्दानीको स्रोतका ’boutमा अनुसन्धान गर्दै आएका छन् ।
माइल्सले अनुसन्धानका क्रममा बफेटको व्यक्तिगत सेयर बजार लगानी रणनीतिका ’boutमा केही पाठ सिक्न पाएका छन् । माइल्स भन्छन्, “उनको परिवारको ९५ प्रतिशत सेयरको करिब ४० अर्ब अमेरिकी डलरबराबर सम्पत्ति वर्कसायर ह्याथवेमा छ, तर बफेटको आफ्नो खातामा लगभग १.८ अर्ब डलरमात्रै छ ।
माइल्सको पछिल्लो अध्ययनका आधारमा बफेटका सम्पत्ति अधिकांश उनको परिवारिक नाममा छन् । वेल्स फर्गो बैंक (जसको मूल्य कम्तीमा ४० करोड डलरबराबरको छ), स्वास्थ्य सामग्री उत्पादक कम्पनी जोन्सन एन्ड जोन्सन, उपभोग्य सामग्री उत्पादक कम्पनी प्रोक्टर एन्ड ग्याम्बल, खाद्य कम्पनी क्र्याफ्ट, डिस्काउन्ट रिटेलर वालमार्ट, यूएस बैंकोर्प, जेनेरल इलेट्रिक्स, युपीएस, औद्योगिक कम्पनी इंगरसोल–¥यान्ड र तेल कम्पनी एक्सोन मोबाइललगायतमा उनको लगानी छ ।
पछिल्लो विश्वव्यापी आर्थिक मन्दीका बाबजुत गत वर्ष बफेटको सम्पत्ति घटेन । सन्फ्रान्सिकोस्थित वेल्स फर्गो बैंकले उनलाई धेरै मद्दत गरेको थियो, जसमा उनको सम्पत्ति दोब्बरले बढेको थियो । मन्दीको प्रभावले अधिकांश अमेरिकी बैंक टाट पल्टिरहेका बेला वेल्स फर्गोमा रहेको करिब ८० लाख डलरबराबरको सेयर १ करोड ५० लाख डलर पुगेको थियो । जोन्सन एन्ड जोन्सन कम्पनीमा रहेको ४३ लाख डलरबराबरको सेयर बढेर ४९ लाख डलर पुग्यो । अमेरिकी बजार ओरालो लागे पनि सन् २००९ को जूनसम्म कम्पनीले राम्रो व्यापार गर्न सफल भएको थियो ।
लगानी गरेको थोरै समयमै उनले वालमार्टमा करिब २२ करोड ५० लाख अमेरिकी डलरबराबरको सेयर रकम पु¥याउन सफल भएका छन् । एक्सोन मोबाइलमा पनि २ करोड ८७ लाख डलरबराबरको सेयर पुगेको छ ।
माइल्सको अनुमानअनुसार यी सम्पूर्ण लगानीबाट बफेटले वार्षिक ४ करोड २० लाख डलरभन्दा बढी लाभांश पाउने देखिन्छ ।
बफेटका १० उत्कृष्ट कम्पनीमध्ये सबैभन्दा पुरानो वेल्स फर्गो बैंक हो, जुन सन् १८५२ मा स्थापना भएको थियो । दोस्रोमा सन् १९६२ मा स्थापित भएको वालमार्ट छ ।
फेसन शैली, प्रविधि, इन्टरनेट, बायोसाइन्स तथा टेलिकमजस्ता नयाँ क्षेत्रमा बफेटले लगानी गरेको पाइँदैन । हालैमात्र उनले उत्तरी सान्टा फीमा रहेको रेल्वे कम्पनीमा पनि ठूलो लगानी गरेका छन् ।
उनले सधैं सफलता पाउनुमा उनले लगानी गर्ने कम्पनीको स्थान पनि प्रमुख कारण हो । उनले लगानी गरेका उत्कृष्ट १० कम्पनी सबै ठूला छन् । ती कम्पनीको प्रभाव अमेरिकामा मात्र नभई विश्वमै उच्च छ ।
माइल्सका अनुसार बफेट प्रायःजसो ठूला कम्पनीतर्फ मात्र उन्मुख हुने गरेका छन् र त्यसमा पनि विश्वमै नाम र दाम दुवै कमाएका कम्पनी पहिलो रोजाइमा पर्छन् । बफेट भन्छन्, “सुनको वर्षात भइरहेको समयमा ठूलो बाल्टिन थाप्नुस्, न कि सानो कप ।”
Posted by: Raju Gurung