Daily Archives: 07/12/2010

खाडी मुलुकमा अब महिला घरेलु कामदार पठाउन खुला


काठमाडौ, मंसिर २१। सरकारले नेपाली दूतावास रहेका खाडीका साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्समा अब महिला घरेलु कामदार पठाउन खुला गरेको छ ।

महिला कामदारको अवैध ओसारपसार नियन्त्रण गरी वैदेशिक रोजगार व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन भन्दै मन्त्रिपरिषद्को बैठकले दूतावासलाई पूर्ण जिम्मेवारी दिई घरेलु कामदार जान दिने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अर्बपति वारेन बफेटको सफलताका रहस्य


न्युयोर्क, १८ मंसिर

विश्वका सर्वाधिक धनीहरूमध्ये वारेन बफेट पनि एक हुन् । ७९ वर्षीय बफेटले बहुुराष्ट्रिय कम्पनी ‘वर्कसायर ह्याथवे’ मा चालू लगानीको भूमिका खेलेबापत वार्षिक केबल १ लाख अमेरिकी डलरमात्र आफ्नो घरमा भित्र्याउँछन् । उनी स्टक लगानीकर्ताका रूपमा विश्वविख्यात छन् । लगानीकर्ताका रूपमा रहँदा उनले वर्कसायर ‘ए’ अथवा ‘बी’ को सेयरबाट लाभांश भुक्तानी लिँदैनन् । त्यसैले पुँजी वृद्धि उच्च हुने निश्चित हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेता र कर्मचारीले सम्पत्ति विवर ण बुझाएनन्


कमला थापा, काठमाडौं, २० मंसिर

सार्वजनिक पदधारण गरेका ६० प्रतिशत व्यक्तिहरूले यो वर्ष नियमअनुसार सम्पत्तिको विवरण पेस गरेका छैनन् । विवरण पेस नगर्नेहरूमा मन्त्री, सभासद् र सरकारका उच्च अधिकारीको संख्या अधिक छ । सम्पत्ति विवरण नबुझाउने सभासद्हरूमा डा. रामशरण महत, शेरबहादुर देउवा, डा. आरजु देउवा, रामकुमार पासवान, रेणुकुमारी यादव, सरिता गिरी, प्रकाशमान सिंह, शान्ता चौधरीलगायत छन् । यद्यपि विवरण नबुझाउने सभासद्को संख्या भने अघिल्लो वर्षको तुलनामा यसवर्ष घटेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्