हेलम्बूमा महिनामै ६ करोड रेमिटेन्स !


ध्रुव दङ्गाल, हेलम्बू (सिन्धुपाल्चोक), मङ्सिर २०- विदेशमा रहेका आफन्तले पठाउने ‘रेमिटेन्स’ पर्यटकीय गाउँ हेलम्बूका बासिन्दाको आम्दानीको प्रमुख स्रोत बनेको छ। आफन्तले विदेशबाट कमाएर पठाउने रकमले पूरै गाउँ निर्भर बनेको छ। यो गाउँमा महिनामै ६ करोड जति रेमिटेन्स भित्रने गरेको छ। यहाँबाट करिब ६ सय विदेशिएका छन्।गाउँबाट ६ सयको हाराहारीमा वैदेशिक रोजगारीमा गएका शिक्षक तोया गौतमले बताए। ‘उनीहरुबाट महिनामै झण्डै ६ करोड रुपैयाँ रेमिटेन्स भित्रने अनुमान छ’, तीन दशकदेखि यहाँ कार्यरत् उनले भने। तार्केघ्याङको गोरखनाथ प्राविका प्रधानाध्यापक रहेका गौतमका अनुसार १२ वर्षयता सुरु भएको वैदेशिक रोजगारीमा जाने क्रम अझै बढ्दो छ। हिमाली जग्गाको आम्दानीले तीन महिनाभन्दा बढी खान नपुग्ने भएपछि गाउँलेमा विदेश मोह जागेको हो। ‘त्यसअघि भारत र खाडी मुलुकमा फाट्टफुट्ट मात्र जाने चलन थियो’- उनले भने।

वैदेशिक रोजगारीमा आकर्षित हुन थालेपछि पश्चिमी यो गाउँ युवायुवतीबिहीन बनेको छ। गाउँमा वृद्धवृद्धा र बालबच्चा मात्र छन्। एकै परिवारका नौ जनासम्म विदेशमा छन्। परिवारै विदेशिएपछि गाउँका धेरै घरका दैलो बन्द छ। युवायुवती हाराहारीमा विदेशिएका छन्। अधिकांश युवा जनशक्ति अमेरिका, बेलायत, कोरियालगायत् विकसित मुलुकमा कार्यरत् छन्। छिमेकी भारत र खाडी मुलुकमा रहनेको सङ्ख्या पनि कम छैन।

हेलम्बूको मुख्य बस्ती मेलम्चीघ्याङ, तार्केघ्याङ, नाखोते, घ्याङगुल सुनसानप्राय: छन्। १ सय १३ घरधुरीको बस्ती तार्केघ्याङबाट सबैभन्दा बढी विदेशिएका छन्। ७ सय जनसङ्ख्यामा झण्डै ५० प्रतिशत अर्थात ३ सयभन्दा बढी तेस्रो मुलुकमा कार्यरत् छन्। ‘विदेशिने क्रम बढ्दो छ’, गौतमले सुनाए- यहाँका दर्जनौं घरमा ताला लागेको छ।’ यो गाउँमा मात्र मासिक साढे २ करोड रुपैयाँ रेमिटेन्स् भित्रने उनले अनुमान लगाए।

८० घरधुरी रहेको नाखोतेका १ सय ७० भन्दा बढी युवायुवती विदेश पुगेका छन्। स्थानीय पेमाछ्योलिङ निमाविका शिक्षक वाङ्दी शेर्पाले भने- वर्षको एक पटक भित्रने मकै र आलुले खान नपुग्ने भएकाले कमाउन विदेश जानु बाध्यता हो।’ १ सय १० घर रहेको मेलम्चीघ्याङका सय परिवारका सदस्य यतिबेला वैदेशिक रोजगारीमा संलग्न छन्। ‘आउने/जाने क्रम चलिरहने भएकाले अधिकांश घरमा ८ महिना जति ताला लाग्छ’- होटल व्यवसायी तथा समाजसेवी कामी लामा बताउँछन्।

आफन्तको कमाइले अभिभावकले घर-व्यवहार धानेका छन्। धेरैले राजधानीमा घर-घडेरी पनि जोडेका छन्। ‘काठमाडौंमा घर-घडेरी नहुने परिवार गाउँमा कमै छन्’, लामाले गाउँ सुनसान बन्नुको कारण सुनाउँदै भने- विदेशबाट फर्केपछि परिवारै उतै लगेर बस्न रुचाउँछन्।

Posted by: Raju Gurung                                                        Source: Nagarik News

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.