कान्तिपुर संवाददाता,
काठमाडौं , मंसिर २० – नेपालस्थित अमेरिकी राजदूतावासले विद्यार्थी भिसा आवेदनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न मंसिर २३ गते वेबच्याट सञ्चालन गर्दैछ । बिहीबार दिउँसो ३ बजे अमेरिकी दूतावासका कन्सुलर अधिकृतले वेबच्याटबाट विद्यार्थीको जिज्ञासा समाधान गर्ने दूतावासको विज्ञप्तिमा जनाइएको छ ।उक्त वेबच्याटमा भाग लिन एसटीएटीईडीईपीएएसआइए डट सीओएनएनईसीटीएसओएलयूटीआईओएन डट कममा गेस्टका रूपमा साइन इन गर्नुपर्ने छ । प्रश्न अग्रिम रूपमा मंसिर २२ गते राख्न सकिने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिअनुसार च्याटको ट्रान्सिक्रप्ट मंसिर २७ गते दूतावासको वेबसाइटमा राखिनेछ ।
Posted by : Narayan Nepal Source : eKantipur