मुहार फेर्दै फेसबुक


न्युयोर्क – ५० करोड भन्दा बढीलाई एउटै सामाजिक संजालमा समेटेको फेसबुकको मुहार फेरिने भएको छ। यसका प्रयोगकर्ताको जीवनलाई अझ जिवन्तरुपमा प्रस्तुत गर्ने गरी यसको प्रोफाइल पेजको मुहार फेरिन लागेको हो। फेसबुकको मुहार फेर्दा बढी प्रयोग भएका फिचर र तस्बिरलाई विशेष प्राथमिकता दिइने छ।फेसबुकले आफ्नो ब्लगमा प्रयोगकर्तालाई थप सजिलो पार्ने गरी प्रोफाइलको रुप फेर्न लागेको बताएको छ। फेरिएको प्रोफाइलमा उनीहरु को हुन, कहाँ काम गर्छन, उनीहरुको जीवन दर्शन र उनीहरुको जीवनका महत्वपूर्ण व्यक्ति’bout समावेश हुनेछ। नयाँ मुहारमा आउँदा प्रोफाइलमा बढी भिजुअलले ठाउँ पाउनेछन्।

यसमा नयाँ बायोग्राफी सेक्सन थपिने छ जसमा तपाँई को हो के गर्नुहुन्छ भन्नेजस्ता कुरामात्र होइन किन सबैभन्दा पछिल्लो समय तपाँईलाई ट्याग गरिएको तस्बिरहरु समेत समावेश हुनेछ। अहिलेसम्म फेसबुकमा ट्याग गरिएका तस्बिर हेर्न ट्यावमा क्लिक गर्नुपर्ने प्रावधान छ। अव प्रयोगकर्ताले आफ्ना साथीहरुमध्ये महत्वपूर्ण रहेकाहरुको वर्गीकरण समेत गर्न पाउने छन्। अहिले त्यस्तो कुनै व्यवस्था छैन। त्यस्ता साथीहरु’bout थप जानकारी समेत यसमा समेट्न सकिनेछ।
रुप फेरिएपछि फेसबुक प्रयोगकर्ताको पूर्ण जानकारी दिने नेटवर्किङ साइट बन्ने छ। जसमा फेसबुक विज्ञपन समेत समावेश गर्न सकिने छ। कम्पनीले यसको गोपनियताको प्रावधानमा भने कुनै पनि फेरवदल गरेको छैन।

Posted by : Narayan Nepal                                                           Source : Nagariknews

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.