राजेन्द्र शर्मा “राजन” कुवैत,
विछोडको पीडाले छाती चर्केको बेला नुनचुक बनेर आउनु
म चिच्चाई रहनेछु पिडामा तिमी डिस्को पार्टी धाउनु
अतितको यादले जलेको बेला तिमी आगो बनेर आउनु
जलेर म खरानी हुनेछु तिमी हावा बनेर उडाई लैजानु
तिर्खाएर ब्याकुल बनेको बेला प्रचण्ड गर्मी बनेर आउनु
जाडोले कठ्यान्ग्रिएको बेला चिसो सिरेठो बनेर आउनु
गुलाफको फूल सोची चुम्न खोजे भने काडा बनेर आउनु
सधै म अभाब मा बच्नेछु तिमी विलासितामा रमाउनु
आशुको सागरमा म पौडी रहेको बेला विष बनेर आउनु
मृतु शैयामा जलिरहादा म, तिमीले स्वागरात मनाउनु
तिम्रो जवानीको रस चुसिसकर फ्याकेछन भने तिमीलाई
म मृतु शैयामा जलिरहादा अन्तिमपटक भएपनि भेट्न आउनु
मेरो दिलको ढोका सधैको लागि खुल्ला हुनेछ तिमीलाई
मेरै नामको दुई चिम्टी सिन्दुरले खाली सिउदो सजाउनु !
Posted by: Narayan Nepal
Like this:
Like Loading...