सुन पसलका अधिकांश तराजु अवैधानिक


के तपाईं सुनचाँदीलगायत अन्य बहुमूल्य गहना किन्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाइर्ंले सुनचाँदी किन्ने पसलमा राखिएको तराजु गुणस्तरीय र वैधानिक नहुन सक्छ । ख्याल गर्नूस् । गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयको टोलीले बुधबार न्युरोड क्षेत्रका १२ वटा सुन पसलमा गरेको अनुगमनमा अधिकांश सुनचाँदी पसलले नापतौल गर्ने तराजु नवीकरण तथा दर्ता नगरिएको पाइएको छ ।

सुनचाँदी कारोबार गर्ने पसलमा राखिने तराजु नापतौल तथा गुणस्तर विभागमा दर्ता भई प्रत्येक वर्ष नवीकरण गरिएको हुनुपर्ने प्रावधान छ । तर, न्युरोडमा अवस्थित महालक्ष्मी सुनचाँदी पसल, निलम गहना पसल, सयपत्री ज्वेलर्स तथा लक्ष्मी ज्वेलर्सको तराजु विभागमा दर्ता गरिएपछि नवीकरण नगरिएको अनुगमनमा पाइएको छ । त्यस्तै, ट्वान्टी फोर सिटी सुनचाँदी पसल तथा जय मातादी सिल्भर प्यालेसले इलेक्ट्रोनिक ब्यालेन्स -तराजु) विभागमा दर्तै नगरी सुनचाँदी कारोबार गरिरहेको भेटिएको हो ।

अनुगमन टोलीले त्रुटि देखिएका सुनचाँदी व्यवसायीलाई नापतौल तथा गुणस्तर विभागको कार्यालयमा तीन दिनभित्र दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न आदेश दिएको छ । उनीहरूबाट तराजु नवीकरण तथा दर्ता नगरेकामा अधिकतम १ हजार रुपैयाँ र हेल्चेक्रयाइँस्वरूप थप १ हजार रुपैयाँ जरिवाना लगाइने विभागका एक अधिकारीले बताए ।

विभागको अनुगमनमा त्रुटि भेटिएका गहना व्यवसायी उपभोक्तालाई ठग्ने उद्देश्यले त्यसो नगरेको बताउँछन् । उनीहरूले इलेक्ट्रोनिक ब्यालेन्स दर्ता एवं नवीकरणसम्बन्धी जानकारी नहुँदा विभागमा नवीकरणका लागि नगएको जानकारी दिए ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.