माओवादीलाई भारतले पैसा दिएको दाबी


दिनेश वाग्ले,

नयाँदिल्ली, मंसिर १८ –
एकजना उच्च अमेरिकी कूटनीतिज्ञ र भारतकी विदेशसचिव निरुपमा रावबीच गतवर्ष भएको एउटा छलफलमा भारतले नेपालका माओवादीलाई राजनीतिक मूलधार या आफ्नो पक्षमा ल्याउन पैसा दिएको तर त्यो प्रयास सफल नभएको प्रसंग उठेको खुलासा भएको छ ।

केही दिनयता विकिलिक्स वेबसाइटले अमेरिकी विदेश मन्त्रालय र विश्वभरिका अमेरिकी दूतावासहरूबीचको कुराकानी सार्वजनिक गर्ने क्रममा उक्त बैठकसम्बन्धी विवरण पनि प्रकाशनमा आएको हो । ‘विशेष प्रतिनिधि होल्ब्रुकले भारतीय विदेशसचिव निरुपमा रावसँग अफगानिस्तान र पाकिस्तान’bout छलफल गर्नुभयो,’ नयाँदिल्लीस्थित अमेरिकी राजदूत तिमोथी जे रोमियरले तयार पारेको बैठक विवरणमा उल्लेख छ ।

गत जनवरी २८ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाका अफगानिस्तान र पाकिस्तान मामिलासम्बन्धी विशेषदूत रिचर्ड होल्ब्रुक र रावबीच नयाँदिल्लीमा भेट भएको थियो । झन्डै दुई घन्टा खाजा खाँदै गरिएको उक्त भेटमा होल्ब्रुकका साथमा उनका सल्लाहकार भाली नास्सर, भारतका लागि अमेरिकी राजदूत रोमियर थिए । रावका साथमा पाकिस्तान, अफगानिस्तान र इरान हेर्ने सहसचिव वाईके सिन्हा र अमेरिकी महाद्वीप हेर्ने सहसचिव गायत्री कुमार थिए ।

उक्त बैठकको पूर्ण विवरण अमेरिकी राजदूत रोमियरले लेखेर आफ्नो विदेश मन्त्रालयमा पठाएका थिए । नेपाल’boutको प्रसंग छलफल विवरणको ‘समायोजन’ उपशीर्षकमा छ । भेटमा भारतीय विदेशसचिव रावले अफगानिस्तानका उग्रवादी तालिवानलाई आर्थिक सहयोग दिएर आफ्नो पक्षमा ल्याउने प्रयास असफल हुने तर्क गर्ने क्रममा नेपालका माओवादीलाई उदाहरण बनाएकी थिइन् । भारतले नेपाली माओवादीलाई आर्थिक सहयोगसहित त्यस्तै प्रयास गर्दा त्यो विफल भएकाले अफगानिस्तानमा पनि त्यस्तो तरिका सफल नहुने उनको दाबी थियो ।

बैठक विवरण’bout राजदूत रोमियरले लेखेका छन्, ‘हाल छलफलमा रहेको तालिवान समायोजन योजना’bout राव र सिन्हाले गम्भीर चासो प्रकट गरे । जतिसुकै पैसा दिए पनि सैन्यवाद र असहिष्णुताप्रतिको तालिवानी मूल आस्थामा परिवर्तन ल्याउन नसकिने सिन्हाले बताए । सिन्हाले विशेष रूपमा बेलायती योजनाप्रति चासो देखाउँदै त्यसले अफगानिस्तानलाई सन् १९९० भन्दा अगाडिको अवस्थामा पुर्‍याउने चिन्ता प्रकट गरे । पाकिस्तानले ‘क्वेत्ता शुरा’ र अन्य तालिवानी तत्त्वलाई सहयोग गर्न नरोकेसम्म पैसा दिएर तालिवानीलाई आफ्नो पक्षमा पार्ने योजनाले सफलता पाउनेमा रावले शंका व्यक्त गरिन् । उनले त्यस्तो

-भारतीय) योजनाले नेपालमा माओवादीहरूलाई -राजनीतिक मूलधार या भारतीय पक्षमा) ल्याउन नसकेको उल्लेख गरिन् । नेपालमा त्यस्तो योजना असफल भएजस्तै अफगानिस्तानमा पनि सफल नहुने सम्भावना रहेको रावले बताइन् ।’

नेपालका माओवादीलाई राजनीतिक मूलधारमा ल्याउन भारतले गरेको प्रयास’bout झन्डै दुई वर्षअघि तत्कालीन भारतीय विदेशमन्त्री र हालका अर्थमन्त्री प्रणव मुखर्जीले उल्लेख गरेका थिए । अन्तर्राष्ट्रिय टीभी च्यानल अलजजिरालाई जनवरी २००९ मा दिएको अन्तर्वार्तामा उनले नेपालका माओवादीलाई हतियार त्याग्न नयाँदिल्लीले प्रोत्साहन गरेको दाबी गरेका थिए ।

मुखर्जीले अलजजिराको प्रश्नमा भनेका थिए, ‘वास्तवमा हाम्रो छरछिमेकमा शान्ति र अमनचयन कायम गराउन हामी प्रयास गछौर्ं । म तपाईंलाई एउटा उदाहरण

दिन्छु । एउटा हिमाली देश, हाम्रो छिमेकी नेपाल -को कुरा) । बन्दुक लिएर हिंसामा उत्रेका नेपालका माओवादीहरूलाई हामीले हिंसा त्यागेर मूलधारको राष्ट्रिय राजनीतिक गतिविधिमा समाहित हुन प्रोत्साहन गर्‍यौं । उनीहरू सहमत भए ।

उनीहरूले हाम्रो कुरा सुने । अहिले अरू लोकतान्त्रिक पार्टीहरूसँग मिलेर सरकार बनाएका छन् र उनीहरूले नै सरकारको नेतृत्व गरेका छन् ।’ मुखर्जीको उक्त टिप्पणी माओवादीसँग भारतको सम्बन्ध चिसिनुअघि आएको थियो । विकिलिक्सले सार्वजनिक गरेको पछिल्लो विवरणमा भने माओवादीप्रति भारतीय असन्तुष्टि स्पष्टसँग झल्किन्छ । दूतावास र विदेश मन्त्रालयबीचका पत्राचारलाई तिनको महत्त्व हेरेर वर्गीकरण गरिन्छ । जस्तै- गोप्य, अतिगोप्य, विदेशीलाई नदेखाउने, सामान्य । उक्त बैठक’boutको विवरणलाई अमेरिकी राजदूतले ‘गोप्य’ को वर्गमा राखेका छन् र त्यसलाई होल्ब्रुकले हेरेर स्वीकृत गरेको उल्लेख गरेका छन् ।

उक्त विवरणमा चीनको प्रसंग पनि छ । अफगानिस्तानमा चीनको गहिरो रुचि भए पनि दक्षिण एसियामा उसले ध्यान केन्दि्रत नगर्ने त्यसमा जनाइएको छ । भारतीय विदेशसचिवले आफ्ना प्रधानमन्त्री मनमोहन सिंहसँग जलवायु परिवर्तनसम्बन्धी

कोपनहेगन सम्मेलनमा भेट हुँदा चिनियाँ प्रधानमन्त्री

वेन जियाबाओले दक्षिण एसियामा मध्यस्थको भूमिका खेल्ने चीनको कुनै मनसाय नरहेको बताएको उल्लेख गरेकी छन् ।

विकिलिक्सले प्रकाशन गरेको उक्त सूचना नयाँदिल्लीस्थित अमेरिकी दूतावासले पठाएको विवरणमा आधारित हो । काठमाडौंस्थित अमेरिकी दूतावासबाट पठाइएको भनिएका २ हजार २ सय ७८ वटा नेपालसँग प्रत्यक्ष सम्बन्धित कागजात भने विकिलिक्सले सार्वजनिक गरिसकेको छैन ।

Posted by: Thapa/Bikram Mr.                                 Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.