बनभोज र मेरो हराएको पात्र….. भाग – २


राजेन्द्र शर्मा “राजन” कुवेत

म उसलाई हेरी रहे उसका पाइला रोकिएनन मेरा आँखा थाकेनन। मन मनै उसको कमजोर मानसिकता देखेर घृणा जाग्यो कस्तो कमजोर आइमाई एउटा जाबो प्रश्नको जवाफ दिननसक्ने छि: म कोठामा फर्के र   सुत्ने प्रयास गरे तर निदाउन सकिन निकै छटपटी चल्यो कता कता निदाउने प्रयास बिफल बन्यो कोल्टे फर्के कोठाको भित्तामा टागिएको उसको फोटोलाई हेरी रहे हेर्दाहेर्दै ऊ फोटो बाट बाहिर निस्किर सरासर समुन्द्र तर्फ लागि मलाई डरलाग्यो कतै उसको आत्म त होइन?

 मलाई त्यो कोठामा बस्न एक मिनेटपनि मन लागेन। म उठे र लागे समुन्द्र तर्फ उसैको छायालाई पछाउदै…..आधा रात बाकी नै थियो आकाशमा टह टह जुनको आफ्नो प्रकाशले  धर्ति लाई सितलता छाएको थियो। चारैतिर शुनसान वातावरण जुन को छायामा सितका  थोपा मोति झैँ टल्केका थिए। म छायालाई पछ्याउदै समुन्द्रको किनारसम्म पुगे पुर्णिमाको रात ज्वारभाटा निकै चलेको थियो। समुन्द्र मा समुन्द्री छाल निकै उर्लिदै थियो म किनारको बलुवामै थचक्कै बसे र समुन्द्रको टाढा,टाढा सम्म नियाले तर………..कताकता म निराश बने चारैतिर निहाले मात्र एकोहोरो समुन्द्री छालको आवाज म झस्किए चिच्चाए  “चाहिदैन मलाई कुनै नागको मणि” मेरो आवाज सुनिदिने कोहि थियन। आफैदेखि घृणा लाग्यो कसै माथि अन्या गरेको महशुस भयो म पश्चातापको भुमरीमा रुमलिए समुन्द्र संग बिन्ति गरे मेरी श्रीमतीलाई फर्कैदेउ भनेर। मात्र शुन्यता हात पर्यो बल्ल श्रीमतीको महत्व र आवश्क्ताको महशुस भयो भारि मन र आखा भरि आशु लिएर म घर फर्के। समयको गति संगै पुर्बी छितिजमा बिहानीको मिर्मिरे उषा लाली छाएको थियो भने मेरो जिबन मा अंधकारले छाउदै थियो। निराश मन संगै म कोठा भित्र छिरे लथालिङ्ग छरिएका सामानहरु निकै ब्यबस्तित तरिकाले मिलाइएको थियो बेडमा नया तन्ना फेरिएको थियो। म बेड लाई निकै निहालेर हेरे पहिला त यस्तो परिवर्तन कहिले  भयको थिएन।

 शिरानीमाथि  एउटा सेतो कागजको टुक्रा मा केहि लेखिएको थियो। मनमा केहि सितलता मिल्यो म बेडमा लडेर पढ्न थाले लेखिएको थियो-“राजन”..पहिलो शब्दैमा मेरा आखा रशाए मन थाम्न निकै गाह्रो भयो गहभरी आसु पिलपिल गर्दै पड्दै गए लेखिएको थियो। मलाई माफ गर्नुहोला हजुरको सर्त मन्जुर छ। तर मेरो पनि एउटा सर्त छ यदि मेरो सर्त मन्जुर छ भने म हजुरको सपना पुरा गर्दिन्छु कस्तो सर्त? मैले मन मनै प्रश्न गरे.. म हजुरलाई धेरै माया गर्छु हजुरको ’boutमा निकै चिन्ता लाग्छ यदि म गोहीको मुखमा जादा मेरो मृतु हुनसक्छ हजुर एक्लै हुनुहुन्छ कसले गर्छ मेरो पतिदेब को स्यारसुसार हजुर बाथ को रोगि हुनुहुन्छ हजुरको खुट्टाहरु दुखि रहन्छ, शरीर दुखि रहन्छ  मेरा हातहरु जोगाइ राख्नु पर्छ ताकी हजुरलाई मालिश गरेर दुखाइ कम गर्न सकौ, हजुर ग्यास्टिकको बिमारी हुनुहुन्छ मैले मेरा हातहरु बचाई राख्नु पर्छ ताकी हजुरलाई स्वास्थ्य खान बनाएर खुवाउन सकौ । मेरा खुट्टाहरु जोगाइ राख्नु पर्छ ताकी बजार घुम्न जादा हजुरको हात समाएर हिडाउन सकौ साचो कुरा मेरो सबै शरिरनै जोगाएर राखनू पर्छ ताकी हजुरको निन्द्रा बिग्रिएको बेला कपाल सुम्सुमाउदै  न्यानो काखमा सुताउन सकौ, आदि …..

जब हजुरलाई मैले भन्दा बेसी माया र ख्याल गर्ने कोहि यो घरमा आउछ  र मेरो पतिको सेवा गर्न थाल्नेछ। उसै बेला म हजुरको सपना पुरा गर्नेछु यानी समुन्द्रको बीच गइ गोहीको मुख देखि नागको मणि ल्याउनेछु। यदि सर्त मन्जुर छ भने किचनमा हजुरलाई मनपर्ने खान बनाएर राखेकी छु। ओभनमा गरम गरेर खानु अनि मेरो याद र माया लागेछ भने अपाटमेंन्टको ढोका खोल्नु म ढोका अगाडी हजुरलाई मन पर्ने पाउरोटी र तातो दुध लिएर हजुरको प्रतिछा मा हुनेछु, हजुरकी प्यारी श्रीमती …….! म हडबडाउदै अपाटमेंन्टको ढोका खोले न भन्दै ऊ हातमा पाउरोटी र दुध समाएर मेरै पर्खाइमा गह भरि आसु लिएर उभिरहेकी थिई मलाई लाज लायो आफैदेखि अनि गर्भ लाग्य महान श्रीमती देखि मैले उसलाई अंगालोमा बेर्दै उसको कपाल सुम्सुमाउदै नागको मणि ल्याउने सपना त्यागिसकेको र तिम्रो मायालाई चिन्न नसकेकोमा आत्मग्लानी भैरहेको कुरा सुनाए र हामि दुवै कोठा भित्र लागेउ……….. क्रमस

Posted By: Thapa/Bikram Mr.

2 responses to “बनभोज र मेरो हराएको पात्र….. भाग – २

  1. dherai dherai ramro chai hAI KAHANI

  2. लेखक ज्यू
    तपाईंको लेख राम्रो अत्ती राम्रो लाग्यो अर्को भागको इन्तजर्मा छु, कालो सर्त पाईत अनी ताई लगाउने साथी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.