पाँच वर्षदेखि युवती कुवेत अस्पतालमा


 प्रताप बिष्ट/हेटौंडा, मंसिर १८ – वैदेशिक रोजगारीका लागि ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक युवती कुवेतको फर्वानिया अस्पतालमा जीवनमरणको दोसाधमा छिन्  । उद्धारका लागि उनका परिवारले सरकारलगायत संघसंस्थाहरुसँग अनुरोध गर्दै आएका छन । मकवानपुर सुकौरा गाविस-२ की २४  वर्षिया शान्तिमाया दोङ विगत ५ वर्षदेखि कुवेतको उक्त अस्पतालमा अचेत अवस्थामा छिन् ।

२०६१ सालमा दिल्ली हुदै कुवेत पुगेकी दोङको अवस्था नाजुक रहेको छ । एनआरएन कुवेतका उपाध्यक्ष धर्मराज गिरीका अनुसार दोङको घाटी र पेटमा प्वाल पारेर जुस र झोलिलो पदार्थ वाइपास गरेर सम्वन्धित अंगहरुमा पुर्‍याएर जीवित राखेका छन् । अविवाहित दोङ कुवेत पुगेको ६ महिनापछि नै परिवारसंग सम्पर्कविहिन भएकी थिइन । परिवारले सोधखोज गर्ने क्रममा कुवेतका नेपालीहरुवाट दोङ विगत ५ वर्षदेखि अस्पतालको शैय्यामा  अचेत अवस्थामा रहेको एक साताअघि जानकारी पाएका हुन । पैसा कमाउन गएकी छोरी अस्पतालमा अचेत अवस्थामा रहेको जानकारी पाएपछि शान्ति मायाको वावु तेजवहादुर दोङ अहिले भौतारिएर काठमाण्डौ र  हेटौडा गरिरहेका छन  ।

विरामी छोरीलाई कसरी नेपाल झिकाउने भनेर उनी यहाका सामाजिक संघसंस्थ र सरकारी निकायमा धाइरहेका छन् । छोरीको  सास हुँदै नेपाल फर्काउन पाए हुन्थ्यो भन्दै संचारकर्मीसंग आँशु वगाउँदै तेजवहादुरले भने ‘विदेश जान पर्दैन भन्दा साथीको लहैलहैमा लागेर गइन्, अहिले यस्तो खवर आयो’ । कुवेतका विभिन्न संघसंस्थाले पनि शान्तिमायालाई नेपाल फर्काउन माग गर्दैं आएका छन । राजदुतावासवाट पहल नभएको गुनासो उनीहरुले गरेका छन् । प्यारालाइसिसका कारण अचेत अवस्था रहेकी शान्तिमाया दोङलाई नेपाल ल्याउन कम्तिमा  ८ लाख रुपैया खर्च लाग्ने छ । २४४२६६३ नम्बरको पासपोर्ट भएकी शान्ति मायालाई सन् २००६ मार्च २२  तारेखमा कुवेतीको  अस्पताल भर्ना गरेको एनआरएन कुवेतका उपाध्यक्ष गिरीले वताए ।

शान्ति मायाको साहुले फर्वानीया अस्पतालको सर्जिकल वार्डको वेड नम्वर ४ भर्ना गरी छाडेको अस्पतालले जनाएको छ । दोङको कुवेतस्थित अदालतमा मुद्दा पनि रहेको छ । घरेलु रोजगारीका लागि कुवेती आएकी शान्तिमायालाई घरका मालिकले पाशविक यातना दिएर अस्पतालमा ल्याएर छाडेको कुवेतस्थित नेपालीहरुले दावी गरेका छन् । शान्तिमायाको उद्धार गरिदिन उनका वावु तेजवहादुरले सरकार र संघसंस्थाहरुसंग अनुरोध गरेका छन् ।

Posted by: Raju Gurung                                                                       Source: Kantipur

One response to “पाँच वर्षदेखि युवती कुवेत अस्पतालमा

  1. यस्मा अलिकती राजदुताबासले पहल नगरेको भनेर भनिएको रहिछ यो गलत हो महिले हिजो मात्र हाम्रो राजदुत ज्यु सग कुराकानी गर्दा खेरी वहाँले भन्नु भएको छकी सान्ती माया दोङ को ’boutमा वहाँ हरुले ठुलो चासो लिनु भएको छ। र वहाँ हरुले हरेक दिन सान्ती माया लाई हेर्न जाने गर्नु भएको छ र कुवेत मा रहेको राजदुताबास ले सान्ती मायाको लागि उपचार को क्रम मा लगेको हसपीटल खर्च कुवेती डिनार ३००० केडी नेपाली रुपया ८ लाख जति मिना गर्न को लागि सेप्तेम्बर महिनामा नै यहाँ कुवेतको सवास्थ मन्त्रालयमा पत्र पठाइ सकेको तर अहिले सम्म केही जवाफ नआएकोले फेरी हाम्रो राजदुत ज्यु ले सोही पत्र लाई बाइ हेन्ड बुजाएर आएको र जती सक्दो चाडो शान्तिमायालाई नेपाल पठाउने हामीलाई आसवोसन दिनु भएको सबै भिउवर्स हरुलाई सुनाउन चाहन्छु।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.