Daily Archives: 05/12/2010

बनभोज र मेरो हराएको पात्र….. भाग – २


राजेन्द्र शर्मा “राजन” कुवेत

म उसलाई हेरी रहे उसका पाइला रोकिएनन मेरा आँखा थाकेनन। मन मनै उसको कमजोर मानसिकता देखेर घृणा जाग्यो कस्तो कमजोर आइमाई एउटा जाबो प्रश्नको जवाफ दिननसक्ने छि: म कोठामा फर्के र   सुत्ने प्रयास गरे तर निदाउन सकिन निकै छटपटी चल्यो कता कता निदाउने प्रयास बिफल बन्यो कोल्टे फर्के कोठाको भित्तामा टागिएको उसको फोटोलाई हेरी रहे हेर्दाहेर्दै ऊ फोटो बाट बाहिर निस्किर सरासर समुन्द्र तर्फ लागि मलाई डरलाग्यो कतै उसको आत्म त होइन?

पढ्नेक्रम जारी राख्नुहोस्

पाँच वर्षदेखि युवती कुवेत अस्पतालमा


 प्रताप बिष्ट/हेटौंडा, मंसिर १८ – वैदेशिक रोजगारीका लागि ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक युवती कुवेतको फर्वानिया अस्पतालमा जीवनमरणको दोसाधमा छिन्  । उद्धारका लागि उनका परिवारले सरकारलगायत संघसंस्थाहरुसँग अनुरोध गर्दै आएका छन । मकवानपुर सुकौरा गाविस-२ की २४  वर्षिया शान्तिमाया दोङ विगत ५ वर्षदेखि कुवेतको उक्त अस्पतालमा अचेत अवस्थामा छिन् ।

पढ्नेक्रम जारी राख्नुहोस्

सुन पसलका अधिकांश तराजु अवैधानिक


के तपाईं सुनचाँदीलगायत अन्य बहुमूल्य गहना किन्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाइर्ंले सुनचाँदी किन्ने पसलमा राखिएको तराजु गुणस्तरीय र वैधानिक नहुन सक्छ । ख्याल गर्नूस् । गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयको टोलीले बुधबार न्युरोड क्षेत्रका १२ वटा सुन पसलमा गरेको अनुगमनमा अधिकांश सुनचाँदी पसलले नापतौल गर्ने तराजु नवीकरण तथा दर्ता नगरिएको पाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ओझेलमा विकासे मुद्दा


– लक्की चौधरी,
अहिले नेपालको विकासे मुद्दा शिथिलप्राय छ । सबको ध्यान राजनीतिले तानेको छ । सुत्दा, उठ्दा, खाँदा बस्दा सबैको दिमागलाई राजनीतिले गाँजेको छ । दुर्गमबेसीमा काम गर्ने किसान होस् या खोलामा माछा मारी जिविकोपार्जन गर्ने माझी सबलाई राजनीतिले गाँज्न थालेको छ । थकान मार्दा या चौतारीमा बसेर हावाको सुस्केरा लिंदा समेत उनीहरुले राजनीतिको कुरा नसुनी धरै पाउँदैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीलाई भारतले पैसा दिएको दाबी


दिनेश वाग्ले,

नयाँदिल्ली, मंसिर १८ –
एकजना उच्च अमेरिकी कूटनीतिज्ञ र भारतकी विदेशसचिव निरुपमा रावबीच गतवर्ष भएको एउटा छलफलमा भारतले नेपालका माओवादीलाई राजनीतिक मूलधार या आफ्नो पक्षमा ल्याउन पैसा दिएको तर त्यो प्रयास सफल नभएको प्रसंग उठेको खुलासा भएको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्