Daily Archives: 04/12/2010

नेपालमै बाइक रेसिङ


विदुर खतिवडा,

मोटरसाइकल रेसिङ हेर्दा कति मज्जा भयो त ? रेसिङ हेरिरहेका १९ वर्षीय किशोर रिवेल पाण्डेले भनें- ‘गजब मज्जा आयो नि, टिभिमा हेरेको भन्दा ‘लाइभ’ हेरेको अझ रोमाञ्चक हुँदो रहेछ ।’  रिवेल आफैं पनि मोटरसाइकल रेसिङका पारखी हुन्, तर उनको एउटै गुनासो छ, काठमाडौंमा रेसिङ ट्रयाक छैन, उनले थपे-‘सेफि्ट ड्राइभका लागि  ट्रयाक भैदिएको भए, हामीले पनि राम्रोसँग प्राक्टिस गर्न पाउँथ्यौं ।’

पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली युवतीहरू ठूलो शरीर मन पराउँदैनन्


सानु गुरुङ नेपाली शारीरिक सुगठनको क्षेत्रमा लामो समयदेखि चर्चामा छन्। मिस्टर नेपाललगायत प्रतिष्ठित शारीरिक सुगठन प्रतियोगिता धर्मश्रीका  उनी लगातार दुई पटकका विजेता हुन्। हङकङ बडी विल्डिङ च्याम्पियनसिपमा गत वर्ष चार उपाधि हात पारेपछि उनको चर्चा चुलिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकामा गैरकानुनी आप्रबासीलाई बैधानिकता दिने तयारी


वासिङटन । लाखौंको संख्यामा रहेका अबैध आप्रबासीहरुको बैधानिकता प्रकृयामा सहजीकरण ल्याउन अहिले अमेरिकी नागरिकता तथा altअध्यागमन सेवा एजेन्सी आवश्यक गृहकार्यमा जुटेको छ । ओबामा प्रशासनको बृहत आप्रबास सुधार ऐन पारित भएमा ठूलो संख्यामा ओइरो लाग्ने आवेदनलाई मध्यनजर गर्दै एजेन्सीले तयारी थालेको हो ।
आप्रबाससम्बन्धी मुद्दा हेर्ने तथा सोअनुरुप भिसा दिने काम एजेन्सीको मातहतमा रहेको छ । हाल अमेरिकामा १ करोड २० लाख अबैध आप्रबासी रहेको अनुमान गरिएको छ ।
 
केहि महिनाअघि ल्याइएको राष्ट्रपति बाराक ओबामाको महत्वकांक्षी आप्रबास सुधार ऐन अहिले परिक्षाको घडीमा रहेको छ । रिपब्लिकनहरुको विरोधको बाबजुत सिनेटबाट पारित भएमा उक्त कानुनअन्तर्गत निश्चित योग्यता पूरा गरेका आप्रबासीले स्थायीरुपमा अमेरिका बस्न पाउनेछन् । यद्यपी अबैध आप्रबासीहरुको वास्तविक संख्या’bout सरकारसँग कुनै आधिकारिक तथ्याङ्क भने छैन । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रसंघले शान्ति प्रक्रियालाई निरन्तर सघाउने


लोकमणि राई,

काठमाडौ, मंसिर १८ – राजनीतिक मामिला सम्बन्धी राष्ट्रसंघीय उपमहासचिव बी लिन पास्कोले नेपालको शान्ति प्रक्रियालाई राष्ट्रसंघले निरन्तर सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले अनमिन गएपनि न्यूयोर्कबाट शान्ति प्रक्रियाको नजिकबाट तीन वर्ष सम्म अनुगमन गरिरहने बताए । जनवरी १५ मा अनमिनको कार्यकाल सकिदैछ । अनमिन रहँदै शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने उनको भनाई थियो । पढ्नेक्रम जारी राख्नुहोस्

यात्रा


दिल कुमार लिम्बु (आँसुकबि),

पथभ्रस्ट यि यात्राहरु गन्तब्य बिहिन बटुवाको।     
चल्दै जाँदा पाइलाहरु अंकमाल गर्दै पालुवाको ।
भेटाएछन अचानक तिनले अकल्पनिय सुन्दर स्वणिम साँझ।
कबिको छबी पस्कदैछन आज तिनै पुरोहित जनमाझ। 

मानोस कसैले दन्ते कथा त मनोस कसैले किम्बदन्ती। 
द्रुत गामी कदम चाल्दै जादा भेटाएछन उतम जिबन उन्नती। 
हजारौं यात्रामा संघर्स गर्दै जाँदा हजारैले गरे आलोचना। 
यही बन्यो आसा बिहिन एउटा बटुवाको उच्च कोटि जिबन संरचना। 

 नतिजा बन्यो त्रिवेणियुक्त भोक तिर्खा र तपस्याको। 
अमृत बन्यो बनका भ्याकुर मिस्ठान भोज भन्यो आलस्याको। 
जिउछु भनी संघर्स गर्दैछन तिनी आँफै नि क्रान्ति भिरमा। 
तोप र गोलाहरु बर्से पनि आसाको  दियालो चम्काउदै छन निर्भिक्ता पूर्ण सिरमा। 
 
बनोस प्रेणा यिनैको नव उत्प्रेरित संघर्सधारी धारेहरुलाई। 
प्रिथिबी जगतनै सन्कुचित बन्दछ युद्द पहिले आत्म सम्पर्ण गर्ने हरुलाई। 
प्रापती नै तियाग हो भनी संघर्स गर कब्जा गर्न प्रलायको मनन। 
अवस्य अधिकारी बन्ने छौ हिराको तर देउ सधैं तनमन र बदन।। 

  

Posted by : Narayan Nepal

धन कमाउने सपना


                                                                                                       – कृष्ण के श्रेष्ठ “काल्स “

धन कमाउने ठूलो सपना देख्दैछु म विदेशमा
थाकिएको ढाड घाममा सेक्दैछु म विदेशमा

उहाँ  छदा नाम्लो पनि नछोएका हातहरुले
सकी नसकी भारीहरु थेग्दैछु म विदेशमा

सक्दिन म हिड्न पनि दुखिएका पैतालाले
ऐया! आमा भन्दै भुइँ टेक्दैछु म विदेशमा

संघर्षरुपी जीवनका तीर मैतिर ताक्दाखेरि
भाग्यलाई ढाल बनाई छेक्दैछु म विदेशमा

आमा! अब फर्किन्छु हलो जोत्न स्वोदेशमै
भनि गजल बेदनाका लेख्दैछु म विदेशमा…

Posted by: Raju Gurung