मुम्बई आक्रमणको आरोपमा नेपाली युवा भारतीय जेलमा


                                                                                                प्रेम बास्तोला/सुनसरी, १५ मंसिर

मुम्बई आक्रमणमा संलग्न भएको आरोपमा नेपाली युवा भारतीय जेलमा परेका छन् । एउटा निहत्था नेपाली युवा आठ महिनादेखि छिमेकी देशमा आतंककारीको आरोपमा जेलमा पर्दा न नेपाल सरकार बोलेको छ न नेपालमा सक्रिय मानवअधिकारी नै । दुई वर्षअघि सन् २००८ को नोभेम्बर २६ मा भारतको आर्थिक राजधानी मुम्बईमा आतंकवादी आक्रमण भएको थियो । आतंकवादीले मुम्बई सहरभरि आक्रमण गरेर होटल ताजलाई ६८ घन्टासम्म नियन्त्रणमा लिएका थिए । घटनामा करिब दुई सय सर्वसाधारण र सुरक्षाकर्मीको निधन भएको थियो। मुम्बई आक्रमण’bout दुनियाँसामु भारत र पाकिस्तानबीच आरोप-प्रत्यारोप चलेको छ तर, भारत र पाकिस्तानको तनावबीच नेपाली युवालाई जेलमा हालिएको छ।

नेपाली नागरिक मोहम्मद गुलाम बसिर मुस्लिम हुन्, तर उनी कुनै आतंकवादी संगठनमा संलग्न भएको अथवा मुम्बई आक्रमणमा सहयोग गरेको प्रमाण कोही-कसैसँग छैन । उनलाई आठ महिनाअघि भारत बिहारको कटियार गएको वेला प्रहरीले पक्राउ गरेको हो ।

बसिर जेलमा छन्, तर न भारतीय प्रशासनले उनको आरोप पुष्टि गरेको छ न उनलाई निर्दोष भनेर छोड्न मानेको छ । त्यसैले बसिरका ससुराली र परिवारका सबै आठ महिनादेखि तनावमा छन् । प्यारालाइसिसले थलिएका बाबु र वृद्धा आमा रातदिन बिलौना गरिरहेका छन् । तर, उनको गुनासो न नेपाल सरकारले सुनेको छ न मानवअधिकारीले चासो दिएका छन् ।

सुत्केरी श्रीमतीलाई भेट्न सुनसरीको इनरुवा- ७ स्थित घरबाट गत चैतमा बसिर कटियारस्थित ससुराली गएका थिए । ३५ वषर्ीय बारिस राति आठ बजे खान खाइरहेका थिए, तर अपरिचित व्यक्ति गाउँमा आएको भन्दै साइनाथा कटियारको प्रहरी घरमा घुस्यो र उनलाई गिरफ्तार गरेर लग्यो ।

 ‘बुहारी सुत्केरी भएकीले भेट्न गएको हो, तर अचानक प्रहरीले पक्राउ गरेछ, अहिलेसम्म न कुनै अदालतमा लगेको छ न छाडेको छ, हामीमाथि अन्याय भयो । बोलिदिने कोही छैन,’ ७० वर्षीय बाबु निसार अहमदले नयाँ पत्रिकासित भने ।

परिवारका अनुसार बसिर मुस्लिम धर्ममा मास्टर्स डिग्री (मौलाना बन्न) पाकिस्तान गएका थिए । तर, मुम्बई आक्रमण हुनुभन्दा नौ महिनाअघि पढाइ सकेर उनी नेपाल फर्किएका थिए । दाजु गुलाब मोहम्मदका अनुसार पाकिस्तानमा मुस्लिम धर्म र भाषा पढेकै भरमा उनलाई आतंकवादी मानेर भारतीय प्रहरीले पक्राउ गरेको हो ।

गुलाबका अनुसार श्रीमती र छोरो लिन गएका बसिरलाई बिहार प्रहरीले पहिलोपटक पक्राउ गरी तत्कालै छोडेको थियो । २ चैतको राति ८ बजे पक्राउ गरेपछि सोही रातको १२ बजे प्रहरीले ससुरालीसम्म ल्याई छाडेको दाजु गुलाबले बताए । ‘त्यतिवेला प्रहरीले पासपोर्ट र मोबाइल मात्र खोसेको थियो, भोलिपल्ट फेरि प्रहरीले पासपोर्ट र मोबाइल लिन बोलाएछ,’ दाजुले भने, ‘गल्ती गरेको भए मोबाइल लिन जाँदैनथ्यो, तर सोझो बिचरा प्रहरी कार्यालयमा गएछ, त्यहीँ समाते ।’

दाजु गुलाबका अनुसार उनका भाइ बसिरलाई पक्राउ गरेको तीन दिनसम्म प्रहरीले बेपत्ता बनाएको थियो । सँगै प्रहरीचौकी गएका ससुरालाई फर्काएर प्रहरीले उनको ’boutमा केही खबर दिएको थिएन । ज्वाइँ बेपत्ता पारिएपछि ससुरालीले कटियार अदालतमा निवेदन दर्ता गरेपछि मात्र उनलाई प्रहरीले सार्वजनिक गरी जेल चलान गरेको दाजु गुलाबले बताए ।

भाइको पासपोर्टमा पाकिस्तान सरकारको छाप भएकै आधारमा उसलाई आतंककारी भनेर थुनिएको दाजु गुलाबले बताए । ‘ऊ पढ्न गएको हो, त्यसभन्दा बढी केही गरेको छ भने देखाऊ भनेर हामीले भनेका छौँ, तर भारतको प्रहरी र अदालतले सुनेन,’ उनले भने ।

अध्ययन, भ्रमण, व्यवसाय र जागिरका लागि धेरै नेपाली पाकिस्तान जाने गरेका छन्, ती सबैको पासपोर्टमा पाकिस्तानको भिसा हुन्छ । तर, पाकिस्तानको भिसा लागेकै भरमा आतंककारी घोषित भएर आफ्नो भाइ थुनिएकोमा दाजु गुलाब विक्षिप्त छन् ।

‘इस्लाम धर्म गुरु -मौलाना) को पढाइ पाकिस्तानमा राम्रो छ भनेर बडो दुःखका साथ ठूलो पैसा खर्च गरेर भाइलाई पढाइयो, तर पढेर आएको भाइलाई भारतले अचानक आतंककारी भनिदियो, प्रमाण-स्रमाण केही छैन,’ दाजुले भने । बसिरले मौलाना डिग्री लिएको प्रमाणपत्र पनि पाइसकेका थिए ।

बसिरले बिएसम्मको अध्ययन त भारतको लखनउबाट पूरा गरेका हुन् । ‘भारतमा बसेर इस्लाम धर्ममा बिएसम्म पढ्दा मेरो भाइ आतंकवादी भएन । जब पाकिस्तान गएर एमए सकेर फर्कियो, आतंकवादी भइहाल्यो ?’ दाजुले भने ।

पढाइबाहेक अरू कतै ध्यानै नदिने सोझोे भाइलाई बिहार प्रहरीले फसाएको दाजुको आरोप छ । दाजुका अनुसार कटियारस्थित मिर्चैयाबारीमा रहेको जेलमा बसिरलाई मानसिक तथा शारीरिक यातना दिएर राखिएको छ ।

‘घरमा प्यारालाइसिसले थलिनुभएको बूढा बुबा हुनुहुन्छ । आमाले पनि भाइ पक्राउ परेदेखि खाना नै खान छोड्नुभएको छ,’ दाजुले भने, ‘भाइलाई जेलबाट मुक्त गराउन सयौँ स्थान दोडँदा लाखाँै रुपैयाँ खर्च भइसक्यो । तर, भाइलाई छोड्ने छाँटकाँटै छैन ।’

‘दुःख गरेर हुर्काएँ । दुःखले पढाएँ, अब बुढेसकालमा कमाएर सुखसँग पाल्ने वेलामा छोरा नै अनाहकमा पक्राउ पर्‍यो,’ प्यारालाइसिसले पीडित बाबुले भने, ‘हाम्रो त कलेजो नै चुँडिएको छ । मेरो छोरालाई साइकलसम्म चलाउन आउँदैन । कोहीसँग ठूलो स्वरले बोल्न पनि सक्दैन । अनि ऊ कसरी आतंकवादी हुनसक्छ ?’

छोरा आज छुट्छ कि भोलि छुट्छ भन्ने आशामा आफू पनि कैयौँपटक कटियार जेल पुगेको पनि परिवारजनले बताए । ‘तर, छोराको आँसु र पीडाबाहेक खुसी देख्न पाइएन,’ ६० वषर्ीया आमा जुवेदा खातुनले भनिन् ।

बसिरले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ०५२ सालमा नागरिकता लिएका छन् । उनको नागरिकता नम्बर ५३२/१५३२ हो । नागरिकता लिँदा उनीहरू सुनसरीकै श्रीपुर- ८ मा बसोबास गर्दथे । व्यापारको सिलसिलामा केही वर्षअघि मात्र इनरुवा- ७ मा सानो घर बनाएर उनीहरू बस्दै आएका छन् । उनले पाकिस्तानमा अध्ययनका लागि जानुअघि जिल्ला प्रशासन कार्यालय सुनसरीबाटै पासपोर्ट लिएको पाइएको छ । उनले लिएको पासपोर्ट नम्बर ४८७४८०६ हो ।

मुस्लिम मात्र होइन, तराईका सबैजसो बासिन्दाको वैवाहिक सम्बन्ध भारतमा हुने गरेको छ । ‘भारतसँग त नेपालीको रोटी र बेटीको सम्बन्ध छ । तर, कोही नागरिक मुस्लिम भएकै कारण हेपेर दुःख दिनु राम्रो भएन,’ दाजु गुलाबले भने ।

भाइ पक्राउ परेको खबर पाउन साथ आफूले नेपाल सरकारका सम्बन्धित निकाय र जिल्लाका पार्टीनेतालाई कुरा राख्दासम्म कुनै सुनुवाइ नै नभएको दाजुको भनाइ छ । दाजुका अनुसार अहिले भाइको मुद्दा पटनास्थित भारतीय उच्च न्यायालयमा पुगेको छ । उच्च न्यायालयले मुद्दा छिनोफानोमा ढिलाइ गरेको छ ।

न्यायका लागि गुहार माग्दा नेपाल सरकारबाटै सहयोग नपाएकोमा दाजु गुलाबले गुनासो गरे । ‘हामीले कहीँबाट न्याय पाएनौँ । नेपाली नागरिकलाई विनाआधार आतंकवादी भनी पक्राउ गरेर महिनौँसम्म थुन्दा पनि सरकारले वास्तै गर्दैन,’ रुँदै दाजुले नयाँ पत्रिकासित भने, ‘कि त प्रमाण पुर्‍याएर हामीलाई भन्नुपर्‍यो । होइन भने मर्न लागेका वृद्ध बाबुआमालाई दिनरात रुवाउनु भएन ।’

बसिरलाई विनाआधार पक्राउ गरी जेल चलान गरेदेखि नै परिवारका सदस्यहरूले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, भारतस्थित नेपाली दूतावास र काठमाडौंस्थित भारतीय दूतावासमा लिखित रूपमा निवेदन दिइसकेका छन् । मन्त्रालय र दूतावासमा लिखित निवेदन दिनुअघि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया र नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति रामबहादुर बस्नेतलाई पनि कुरा राखेको तर कुनै पहल नै नभएको दाजुले बताए ।

नेपालमा मुस्लिम अल्पसंख्यक हुन् । भारतमा मुस्लिमलाई हेर्ने खराब मानसिकताको सिकार बसिर भएको जल्पापुर गाविसका निवर्तमान गाविस अध्यक्ष इसाक मियाँले बताए ।

पाकिस्तानमा पढेको आधारमा नेपालीलाई पक्राउ गरी दुःख दिनु भारतीय बलमिचाइ भएको बबिया गाविसका निवर्तमान अध्यक्ष हबिब मन्सुरीले बताए । ‘नेपाल सरकारले कि त बसिरलाई नागरिक नै होइन भन्नुपर्‍यो होइन भने बेखबर भएजस्तो गरी चुपचाप बस्नु भएन,’ उनले भने । उनले बसिरको रिहाइका लागि सरकारले कूटनीतिक पहल तत्काल थाल्नुपर्ने माग पनि गरे ।

स्वतन्त्रपूर्वक पढ्न र हिँडडुल गर्न पाउने अधिकारलाई कुण्ठित गरी नेपाली नागरिकलाई विनाआधार आठ महिनादेखि जेलमा राखेर मानसिक र शारीरिक यातना दिनु विश्वव्यापी मानवअधिकारको घोर उल्लंघन भएको मानवअधिकारको क्षेत्रमा कार्यरत समानता नेपाल सुनसरीका अध्यक्ष राजेन्द्र पोख्रेलले बताए । ‘ससुराली गएका बसिरलाई तत्काल मुक्त गरी विश्वव्यापी मानवअधिकारको पालना गर्न भारत सरकारको बिहार राज्यसँग जोडदार माग गर्छौं,’ उनले भने ।

Posted by: Raju Gurung                                                             Source: Naya Patrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.