मज्जा स्काई डाइभिङको


शिव शर्मा,

आकाशमा कावा खाँदै भुइँमा उत्रनुको मज्जा कस्तो होला ? आकाशबाट बत्तिँदै भुइँमा र्झने साहसिक उडानले धेरैलाई लोभ्याएको छ । कतिको  त यो दृश्यले मुटु नै ढक्क बनायो । यो प्याराग्लाइडिङ, अल्ट्रालाईट तथा बेलुन उडानको भने बिल्कुलै होइन । प्याराग्लाइडिङको उडान हेरिरहेका पोखरे लीहरूलाई अहिले अर्को सहासिक हवाई खेलले तानेको छ । सहासिक पर्यटनका रूपमा पोखरामा अर्को साहसिक उडान थपिएको छ- स्काई डाइभिङ । एभरेष्ट स्काई डाइभिङ तथा तारा एयरको पहलमा पोखरा विमानस्थलबाट प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलसम्म यसको परीक्षण उडानसमेत सम्पन्न  भएको छ । १६ हजार फिटभन्दा माथिबाट स्काई ड्राइभरहरू तारा एयरको पिलाटसपोर्टर जहाजबाट आकाशमा चक्कर लगाएर कावा खाँदै अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरण गरेका थिए । दुई नेपालीसहित चार जना विदेशीले यसरी सफल अवतरण गरेका थिए । आकाशबाट कावा खाँदै उत्रिएका विनोद  गौतम दंग थिए । उनले यो उडानले प्रयाप्त मनोरञ्जन प्रदान गरेको बताए ।

एक पछि अर्को गर्दै साहसिक पर्यटनको गन्तव्य थपिँदै गएको पोखरा साहसिक हवाई उडानका लागि सम्भाव्य ठाउँ भएको व्यवसायीहरू बताउँछन् ।  स्याङबोचे र कालापत्थरबाट स्काई डाइभिङको सुरुवात गरेको एभरेष्ट डाइभिङले पोखरामा परीक्षणका रूपमा यसको उडान गरेको हो । ‘अबको छ  महिनापछि पोखरामा व्यावसायिक रूपमा स्काई डाइभिङ सञ्चालन हुनेछ,’ संस्थाका प्रवन्धक कृष्ण अर्यालले भने ।  अर्यालले साहसिक खेल पर्यटनले  पोखराको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउँदै आएको र स्काई डाइभिङले पर्यटकहरूलाई थप आकषिर्त गर्ने बताए । स्काई डाइभिङमा वल्र्ड रेकर्ड राख्न  सफल बिन्डी स्मिथले सेताम्मे हिमाल हेरेर ड्राइभ गर्नुको आनन्द बेग्लै भएको बताइन् ।

नेपालमा अहिलेसम्म कसैले व्यावसायिक रूपमा स्काई डाइभिङको उडान गरेका छैनन् । एभरेस्ट डाइभिङले उडानका लागि प्रशिक्षण दिन थालेको छ ।  जोखिमपूर्ण हवाई खेल भनिए पनि यो अरूभन्दा सुरक्षित रहेको संस्थाका प्रबन्धक अर्यालले बताए । आकाशमा कावा खाँदै हाम फाल्नुको मज्जा अर्कै  भएको उनले जनाए । पोखरा पर्यटन परिषद्का अध्यक्ष टीकाराम सापकोटाले भने, ‘यसले पोखरामा पर्यटक बढाउन मद्दत गर्नेछ ।’

Posted by : Narayan Nepal                                             Source: eKantipur/ Saptahik

2 responses to “मज्जा स्काई डाइभिङको

  1. Is it possible if I grabbed a bit of your CSS design for my own site? I would appreciate it! Thank you!

  2. Great read! But, I had a difficult time viewing this article in Internet Explorer 8. Just wanted to bring that to your attention! Thanks.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.