बाइक किन्न कर नगर्नू


(त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी रसुसँग रुवी रौनियारले गरेको कुराकानी।)

रसु शाक्य, काठमाडौं, मंसिर १७- त्यस दिन बिहान ढिला उठेकाले मलाई कलेज पुग्न हतार थियो। जोरपाटीबाट कालोपुल (जेभियर इन्टरनेसनल कलेज)आउँदै गर्दा चाबहिलको टेलिफोन कार्यालयनजिकै मलाई ट्रकले पछाडिबाट हान्यो।  सडकमा पछारिएँ। मेरो देब्रे खुट्टा जीउबाट छुटिएको रहेछ। त्यो खुट्टा त झोलामा हालेर अस्पताल ल्याएको रे। तर, म होसमै थिएँ। एकजना सज्जनले मलाई ट्याक्सीमा राखेर तत्काल काठमाडौं मेडिकल कलेज ल्याइदिनुभयो। मैले नै ती सज्जनलाई घरको नम्बर टिपाइदिएँ। तत्कालै घरबाट बुबाआमा मेडिकल कलेज आउनुभयो।

मेरो छुट्टिएको खुट्टा त जोडिन नसक्ने भएछ, अर्को खुट्टा पनि ट्रकले किच्चिएर हड्डी नै धुजाधुजा भएछ। काठमाडौं मेडिकल कलेजमा उपचार नहुने भएपछि त्यहाँबाट मलाई त्रिवि शिक्षण अस्पताल ल्याइयो। मेरा दुवै खुट्टा काट्नुपर्‍यो।

 दुई हप्ता भयो, अहिले यहाँ उपचार गराइरहेको। आफ्नै आँखाले जीउको तल्लो भाग हेर्दा विश्वास लाग्दैन, मेरा दुवै खुट्टा छैनन् भनेर। मैले खुट्टा गुमाएर एउटा पाठ सिकेँ- जीवनको सुरक्षा चाहिने हो भने आफ्नै खुट्टामा उभिनसक्ने भएपछि मात्र बाइक चढ्नुपर्छ।

अघिल्लो वर्ष कक्षा ११ पढ्दासम्म म सार्वजनिक यातायातबाटै कलेज धाउँथे। बल्ल १० महिना भएको थियो- म बाइक चढेर कलेज आउन थालेको। मेरो तीतो अनुभवपछि म कक्षा ११ र १२ पढ्ने साथीहरूलाई सुझाव दिन चाहन्छु- बाइक किन्न आमाबाबुसँग कर नगरौं।

यातायातहरूको मनोमानी र स्कुलबसको भाडा महँगो भएकाले मलाई आफ्नै बाइकमा कलेज आउन पाए कस्तो हुन्थ्यो होलाजस्तो लागेको थियो। म पढ्ने कलेजका अधिकांश साथी पनि बाइक चढेरै आउँथे। फेरि बिहान कलेज आउने बेला सार्वजनिक सवारी साधनले पनि विद्यार्थीलाई भाडामा सहुलियत दिनुपर्छ भनेर गाडी रोक्दैनन्।

मेरो अप्ठ्यारो देखेर आमाले बाइक किनिदिनुभयो। १७ वर्षकै उमेरमा लाइसेन्स पाएँ। अहिले आमा भन्नुहुन्छ- सरकारले १८ वर्षमा मात्र लाइसेन्स दिने नियम बनाएको भए पनि मैले तँलाई बाइक किनिदिन्न थिएँ।

मलाई लाग्छ- मेरो उमेरका किशोरकिशोरीलाई लाइसेन्स दिनुहुँदैन। ट्राफिक कार्यालयले स्कुलसँग सहकार्य गरेर बाइक चलाउने उमेर १८ वर्ष पुर्‍याउनुपर्छ। ट्राफिक नियम’bout पनि सूचित गर्नुपर्छ।

म व्यवस्थापन विषय लिएर पढ्दै छु। चार्टर्ड एकाउन्टेन्ड बन्ने लक्ष्य लिएकी छु। दुवै खुट्टा गुमाए पनि म आफ्नो लक्ष्यबाट विचलित भएको छैन। मेरा खुट्टामात्र गुमेका हुन्, मेरो विश्वास र अठोट मसँगै छ।

Posted by : Narayan Nepal                                                             Source : Nagariknews

2 responses to “बाइक किन्न कर नगर्नू

  1. रसु जि तपाईंको आट र हिम्मत लाई म मेरो ह्रिदए देखी नै सम्मान गर्छु। र मलाई विश्वाश छ कि तपाईं आफ्नो लक्ष्य सम्म अवस्यनै पुग्नुहुनेछ। र यसको लागि भगवान ले तपाईंलाई अवस्य नै साथ दिनेछ। get well soon and god bless you .
    राजेश

  2. रसु जि कुनै नराम्रो घाट्ना घट्नु लाई नेपाली मा दसा लागेछ भनिन्छ!अनी दसा भने कुरा बाजा बजाएर आउदैन रे शायद तेस्तेइे भये छ हजुरको लाईफ मा हुनत मोटर बाइक मा यात्राा गर्नु एक्दमै खतरापूर्ण हुन्छ तर तेसो भनेर नकिन्ने र नकुदाउने कुरा पनि हुन्न रहेछ । जहाँ सम्म हजुर ले आट र हिम्मत लिनु भएको छ पदाइको ’boutमा यो हिम्मत लाई सधैं अगाडि बडाउनु अबस्य पुरा हुने छ !! कृष्ण

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.