स्टोरकिपरलाई ७२ लाख जरिवाना र ४ वर्ष कैदको आदेश


विकास भट्टराई, (काठमाडौं), आफ्नो जिम्मामा रहेका रिमकार्ड सिमकार्ड रिचार्जकार्डजस्ता हराएका दूरसाचार कार्यालय पाटनका स्टोरकिपर साधुराम थापालाई बिगो र जरिवाना गरी ७२ लाख रुपियाँ कार्यालयमा बुझाई ४ वर्ष कैद गर्नुपर्ने गरी सर्वोच्च अदालतले फैसला गरेको छ। 

यसभन्दाअघि विशेष अदालतले सोही बमोजिमको फैसला गरेकाले त्यसलाई उल्टुउन माग गर्दै थापाले सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दायर गरेका थिए। सर्वोच्च अदालतका न्यायाधीश तपबहादुर मगर र प्रेम शर्माको संयुक्त इजलासले सो मागलाई अस्वीकार गर्दै थापाले लापरवाहीपूर्वक ती कार्डहरु हराएको ठहरसहित विशेष अदालतको फैसलालाई सदर गरेको हो।
थापाले आफ्नो जिम्मामा रहेका कार्डहरु २ वर्षअघि हराएका थिए। त्यसपछि उनको सो कार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। अख्तियारले सो’boutमा छानविन गरी लगभग ४२ लाख ४४ हजार ७ सय रुपियाँबराबरका कार्डहरु थापाले हराएका जनाई सोहीबमोजिम अभियोग पत्र तयार गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

थापाले सीडीएमए कार्ड ९ हजार ५ सय ४९ थान सीडीएमए रिचार्जकार्ड १ हजार पचास थान नमस्तेको प्रिपेड २ सय दरका १ हजार ८ सय २ थान ५ सय दरका २ हजार ६३ थान सीडीएमए रिमकार्ड एक हजार १ सय ३५ रुपियाँ दरका ४ सय ७७ थान सोही दरका नमस्ते प्रिपेड सिमकार्ड १ सय ५५ थान हराएका आरोप लगाइएको थियो।

विशेष अदालतले भने १ जना स्टोरकिपरमाथि मात्र छानविन गरी अख्तियारले गल्ती गरेको उल्लेख गरेको थियो। तर सर्वोच्च अदालतले भने यस’boutमा केही पनि बोलेको पाइँदैन।
यति धेरै संख्यामा कार्डहरु हराउनु भनेको एक जना स्टोरकिपरबाट मात्र सम्भव नहुने भन्दै विशेष अदालतकॊ फैसलामा यस कार्यमा कम्पनीका अन्य कर्मचारीको पनि हात हुन सक्ने उल्लेख भएको थियो।

विशेष अदालतले हराएको सिमकार्डहरु कम्पनीले चाहेको बेलामा बन्द गर्न सक्ने क्षमता भए तापनि ती कार्डहरु हालसम्म पनि बन्द गर्न नचाहेका कारण कम्पनीका हाकिममाथि पनि शंका व्यक्त गरेको थियो। सर्वोच्च अदालतले भने अख्तियारले दाबी गरे जतिकै कम्पनीका स्टोरकिपर थापालाई सजाय गरेको छ। थापाले बिगो र जरिवाना लागेको रकम तिर्न आनाकानी गरे वा सकेनन् भने सो रकमबराबको थप ४ वर्ष कैद बस्नुपर्ने कानुनी प्रावधान रहेको छ।

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.