अब मोबाइल हराए समस्या छैन


योगेश खतिवडा,

काठमाडौ, मंसिर १६ – प्रयोगकर्ताको उच्च वृद्धिसँगै मोबाइल चोरीका घटना पनि बढेका छन् । मोबाइल चोरी निरुत्साहित गर्न सरकारले हराएको सेट काम नलाग्ने बनाउने प्रविधि भित्र्याउने भएको छ ।

नियामक निकाय दूरसञ्चार प्राधिकरणले छ महिनामा इक्विपमेन्ट आइडेन्टिटी रजिस्टर (इआइआर) प्रणाली लागू गर्ने तयारी सुरु गरेको हो । यसका लागि सबै दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई इआइआर प्रणाली जडान गर्न छिट्टै निर्देशन दिने तयारी उसको छ । यस प्रणालीले सिम हाल्ने बित्तिकै मोबाइलको नम्बर पहिचान गर्ने र हराएको नम्बरको आधारमा कम्पनीको नेटवर्कमा मोबाइलले काम गर्न नसक्ने बनाउने व्यवस्था हुन्छ ।

आपराधिक क्रियाकलाप, कल बाइपास र मोबाइल सेट चोरीका घटना बढेपछि तीन महिनाअघि प्रधानमन्त्रीको कार्यालयबाट इआइआर प्रणाली लागू गर्न भनिएको थियो । त्यही निर्देशनअनुरूप प्राधिकरणले काम सुरु गरेको हो ।

‘इआइआर सेवा सुरु गर्न दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले उपकरण ल्याएर जडान गर्नुपर्छ,’ प्राधिकरणका उपनिर्देशक कवीन्द्र श्रेष्ठले भने, ‘यो प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले भित्र्याउने निर्णय भएको ६ महिनामा सबैले सेवा सुरु गर्नुपर्ने व्यवस्था गर्न लागेका छौं ।’

उनका अनुसार इआइआर भनेको यस्तो सफ्टवेयर हो जसले प्रत्येक मोबाइलको इक्विपमेन्ट आइडेन्टिटी -आइएमइआई) पहिचान गरेर सुरक्ष्ाित राख्छ । आइएमइआई नम्बर सबै मोबाइलको भिन्दाभिन्दै हुन्छ । ‘सफ्टवेयरले आइएमइआई नम्बर पहिचान गर्छ,’ उनले भने, ‘यदि मोबाइल हराएर त्यसमा अर्को सिम हाल्ने बित्तिकै हराएको सिमको आइएमइआई नम्बर इआइआर सफ्टवेयरले पहिचान गर्छ ।’ यदि त्यो आइएमइआई नम्बरको मोबाइल हराएको उजुरी भए त्यो काम नगर्ने बनाउन सकिन्छ । यस्तै प्राधिकरणबाट टाइप एप्रुभल नलिएको मोबाइल समेत प्रयोग गर्न नमिल्ने इआइआर सफ्टवेयरले बनाउन सक्छ ।

श्रेष्ठका अनुसार प्राधिकणले दूरसञ्चार कम्पनीमार्फत मोबाइल बनाउने कम्पनी, मोबाइल सेट र नेपालमा बिक्री गर्ने कम्पनीको पहिचान गर्ने प्रणाली बनाउने ’bout पनि अध्ययन गरिरहेको छ । ‘यो व्यवस्था लागू गरेपछि हराएका वा चोरी भएका मोबाइल काम नलाग्ने बनाउन सकिन्छ,’ उनले थपे ।

यो प्रणालीले अवैधानिक रूपमा गरिँदै आएको कल बाइपासलाई नियन्त्रण गर्न पनि सहयोग पुर्‍याउँछ । यस प्रणालीमा भिओआइपी कल बाइपासका लागि प्रयोग हुने सिम बक्स नम्बर पहिचान गर्ने क्षमतासमेत हुनेछ ।  

इएमआई प्रणालीको विकाससँगै प्राधिकरणले मोबाइल भित्र्याउँदा अनिवार्य रूपमा टाइप एप्रुभल लिनुपर्ने व्यवस्था गर्ने तयारी गरेको छ । अहिले टाइप एप्रुभल लिने व्यवस्था अनिवार्य छैन । ‘अवैध रूपमा मोबाइल सेट नआऊन् भनेर यस्तो व्यवस्था गरेको हौं,’ श्रेष्ठले भने, ‘यसले टाइप एप्रुभल नलिएका सेटलाई निरुत्साहित गर्छ ।’ यसका लागि प्राधिकरणले नेपाल भित्रिएका मोबाइल परीक्षण गर्ने पूर्वाधार पनि बनाउने भएको छ ।

Posted by: Thapa/Bikram Mr.                      Source: ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.