गोप्य सूचना खुलासाको अमेरिकी राजदूतद्वारा खेद व्यक्त


काठमाडौं, १४ मंसिर-

 

अमेरिकी रक्षा विभागका कम्प्युटरबाट विकिलिक्स वेबसाइटले गोप्य सूचना सार्वजनिक गरेको भन्दै नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले खेद् व्यक्त गरेका छन् । मंगलबार एक वक्तव्य जारी गर्दै डेलिसीले कूटनीतिज्ञहरूको आन्तरिक प्रतिवेदनहरूले सरकारको आधिकारिक परराष्ट्र नीतिलाई प्रतिनिधित्व नगर्ने पनि बताएका छन् ।

डेलिसीको वक्तव्यमा भनिएको छ, “तर सरकारहरूबीचको सम्बन्ध मात्र चासोको विषय होइन । अमेरिकी कूटनीतिज्ञहरूले स्थानीय मानव अधिकारकर्मीहरू, पत्रकारहरू, धार्मिक नेताहरू र सरकार बाहिरका अन्य व्यक्तिहरूसँग भेटघाट गर्छन् जसले आफ्ना व्यक्तिगत निष्कपट धारणाहरू प्रदान गर्छन् । यी कुराकानीहरू विश्वास र भरोसामा आधारित हुन्छन् । यदि भ्रष्टाचारविरोधी कार्यकर्ताले आधिकारिक दूराचार’bout जानकारी बाँड्छ भने, वा एक सामाजिक कार्यकर्ताले यौन हिंसासम्बन्धी अभिलेख बाँड्छ भने सो व्यक्तिको पहिचान खुलाइएको खण्डमा त्यसबाट गम्भीर परिणामहरू हुनसक्छन् ः कैद सजाय, यातना, र मृत्युसम्म हुनसक्छ ।”

वेबसाइटले नेपालका पनि अति गोप्य कागजात सार्वजनिक गर्न लागेको भनी सञ्चारमाध्यममा उल्लेख भएपछि नेपालका लागि अमेरिकी राजदूत डेलिसीको यस्तो वक्तव्य आएको हो ।

“म यी दस्तावेजहरूको विश्वसनीयताका ’bout जिम्मा लिन सक्दिनँ । तर म के भन्न सक्छु भने गोप्य उद्देश्यका लागि रहेका कुनै पनि सूचनाको खुलासालाई अमेरिका खेद प्रकट गर्छ र हामी यसको भत्र्सना गर्छौं । कूटनीतिज्ञहरूले आफ्ना सहकर्मीहरूसँग खुलस्त रूपमा कुराकानी गर्नुपर्छ, र यी कुराकानीहरू गोप्य रहने कुरामा उनीहरू आशावान हुनुपर्छ,” डेलिसीले भनेका छन्, “इमान्दारीपूर्ण वार्ता–सरकार भित्र र सरकारहरूबीच अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सर्तको हिस्सा हो ।”

विकिलिक्स वेबसाइटका मालिकहरूले करिब २५०,००० गोप्य दस्तावेजहरू आफूसँग भएको दाबी गरेका छन् जसमध्ये धेरै दस्तावेजहरू सञ्चार माध्यमलाई सार्वजनिक गरिसकेका छन् । यी दस्तावेजहरू प्रकाशन गर्नुका पछाडि उनीहरूको जेसुकै मनसाय भए तापनि के कुरा प्रष्ट छ भने यसले वास्तविक मानिसहरूलाई वास्तविक खतरामा पारेको उनको भनाइ छ ।

“शक्तिशालीलाई उत्तेजित पार्ने उद्देश्यले गरिएको कार्यले उल्टो शक्तिविहीनलाई खतरामा पार्न शक्तछ । सार्वजनिक नीतिसम्बन्धी तुरुन्त ध्यान दिनुपर्ने विषयहरूमा हामी सच्चा बहस गर्न तयार छौं र त्यसको समर्थन पनि गर्छौं । तर लापरबाही ढंगले र परिणामको कुनै मतलब नराखी दस्तावेजहरू सार्वजनिक गर्नु त्यस किसिमको बहस सुरु गर्ने तरिका होइन,” उनले भनेका छन् ।

अमेरिकी सरकार कूटनीतिक आदान–प्रदानहरूको सुरक्षालाई कायम गर्न प्रतिबद्ध रहेको पनि डेलिसीको भनाइ छ ।

यस्तो किसिमको उल्लंघन फेरि नहोस् भनी कडाइका साथ लागिरहेको भन्दै डेलिसीले नेपालसँगको साझेदारीलाई सुदृढ गर्न निरन्तर कार्य गर्ने उनले जनाएका छन् ।

Posted by: Raju Gurung                                                                       Source: Karobar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.