दिल कुमार लिम्बु (आँसुकबि),
ओठमा मुस्कान ओइलेर झर्यो निरास भो यो जीवन
भतभती पोल्ने पिडाको चोट गार्हो भो सहन
घाउनै घाऊ कहाँ छर ठाउँ निल डाम नभएको
राजदुताबासलाई शरण माग्न उम्केर आएको
बाबा उम्केर आएको।
राजदुताबासको आगन पाइलाले छुदा आफ्नै घर लाग्योनी
नभन बाबा काम गर्न अल्छि मानेर भाग्योनी
नखान दिन्छन नलाउन दिन्छन दिदैनन ज्यालानी
उभ्रेको जुठो खाभनी दिन्छन के सारो हेलानी
बाबा केसारो हेलानी।
चर्केर पोल्छ गालाको पाटा आइरनले डामेको
चुल्ठोमा समाइ फनफनी घुमाए नोकर्नी भनेर
चाइदैन बाला हिराको हार अर्काले दिएको
जादैन खोट मुटुको चोट पराइले दिएको
बाबा पराइले दिएको।
यसपाली घर पुगौला भन्थे भाई टिका मनाउन
मखमली फुल गासाउला भन्थे माइतिलाई लागाउन
जमरा टिका नआउदा चेली रोला हुन सम्झेर
अहिले जाउ लाग्छ भरे जाउ लाग्छ हामफाली उडेर
बाबा हामफाली उडेर।
Posted by : Narayan Nepal