अमेरिकाबाट प्रकाशित हुने फोब्र्स पत्रिकाले प्रत्येक वर्ष विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्छ। वर्ष २०१०मा संसारमा आफ्नो सम्पत्तिमा वृद्धि गरेर थुप्रै मानिस अर्बपतिको सूचीमा सामेल भएका छन् भने केही व्यक्ति यो सूचीबाट बाहिरिएका पनि छन्। सूचीको पहिलो १० स्थानमा रहेका केही अर्बपति लगातार यो सूचीमा रहँदै आएका छन्। यो वर्ष सूचीमा २ जनाले प्रवेश पाएका छन् भने २ जनाले आफ्नो पूर्वस्थान गुमाएका छन्। सूचीबाट आफ्नो नाम गुमाउनेमा स्वीडेनका इङभार काम्प्राड तथा जर्मनीका थिओ अल्ब्रेच्ट छन्। उनीहरू अघि वर्ष क्रमशः पाँचौं र नवौं स्थानमा थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: डिसेम्बर 2010
क्रेज नेपाल युवा क्लवको दोश्रो लाईभ कन्सर्ट (डिसेम्बर २०१०)
कुवेतका नेपाली सँघ-संस्थाहरु मध्ये खासगरी युवा पिढीलाई लक्षित गर्दै सन् २००९ मा स्थापना भएको म्युजिकल ब्याण्ड क्रेज नेपाल युवा क्लव कुवेतले ३१ डिसेम्बर २०१० को दिन कुवेतको मालियास्थित एसिया-एसिया होटलमा नयाँ वर्ष २०११ को पुनित अवसरमा आफ्नो दोश्रो लाईभ कन्सर्ट भव्यताकासाथ सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख झलक फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्
Posted in फोटोहरु
तमू समाज कुवेतको दोश्रो ल्होछार पर्व-२०१० (डिसेम्बर २०१०)
आफ्नो मौलिक परम्परा, धर्म-संस्कृति र संस्कारको संरक्षण गरौं भन्ने मुल उद्देश्यका साथ डिसेम्बर २००९ मा स्थापना भएको तमू समाज कुवेतले ३१ डिसेम्बर २०१० मा कुवेतको अब्बासियास्थित शाही तन्दुरी रेस्टुरेण्टमा कुवेतवासी नेपालीहरुको बृहत उपस्थितिमा “दोश्रो तमू ल्होछार पर्व-२०१०” भव्यतापूर्वक सम्पन्न गरेको छ । ल्होछारका प्रमुख झलकहरु फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्
Posted in फोटोहरु
०७ जनवरी २०११ मा जन-जाग्रिती युवासमाज कुवेतले साँस्कृतिक कार्यक्रम गर्ने
कुवेतनेपाल सम्वाददाता,
नेपाली समाज कुवेतमा बिगत केही महिनायता कृयाशिल रहि सामाजिक क्षेत्रमा सेमत अग्रसरता जनाएको जन-जाग्रिती युवा समाज कुवेतले आगामी ०७ जनवरी २०११ को दिन, दिनको ठीक २.०० बजेदेखी कुवेतको मालियास्थित एसिया-एसिया होटलमा भव्यतापुर्वक साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । नेपालबाट झिकाईएकी ख्यातिप्राप्त कलाकार रेश्मा सुनुवार लगायत नेपालकुवेत साँस्कृतिक मञ्चका स्थानिय कलाकारहरुको साथमा र मरुभुमिको कोसेलीको सह-प्रायोजनमा जन-जाग्रिती युवा समाज कुवेतले आफ्नो पहिलो प्रस्तुती स्वरुप यो साँस्कृतिक कार्यक्रम गर्ने भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
चक्रपथ जामरहित बनाउने प्रहरी योजना
काठमाडौं-१४ पुस, महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथलाई जाममुक्त बनाउने योजना तयार पारेको छ । सडक नियममा कडाइ गरेर २५ पुसदेखि चक्रपथलाई जाममुक्त बनाउने योजना महाशाखाले तयार पारेको हो ।
सडक अनुशासन पालना नगरिएकाले नै उपत्यकामा सडकजामको अवस्था विकराल भएको हो, ट्राफिक प्रहरी महाशाखाका डिआइजी विज्ञानराज शर्माले भने, सडक नियमलाई कडाइसाथ पालना गरेर नै उपत्यकाको जाम नियन्त्रण गर्न लागिपरेका छौँ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सार्कमा पहिलो महिला महासचिव
सुरेन्द्र पौडेल, काठमाडौं, पुस १५- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले आफ्नो २६ वर्षको इतिहासमा पहिलोपटक महिला प्रमुख पाउने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार माल्दिभ्सकी पूर्व महान्याधिवक्ता फतिमा दियाना सैयद फागुन १७ देखि सार्क सचिवालयको महासचिवको पदभार लिँदैछिन्।
‘माल्दिभ्स सरकारले सार्क महासचिवका लागि फतिमाको नाम औपचारिक रुपमा पठाएको छ,’ परराष्ट्र मन्त्रालयका सचिव मदन भट्टराईले नागरिकसँग भने, ‘उनी माल्दिभ्सकी पूर्व महान्यायाधिवक्ता हुन्।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार