नारी…


                                                                                                              – बालक गुरुङ, कुवेत 
                                                                                                              bhs_grg@yahoo.com

महिला हिंसा अन्त्यका लागि

नारी, तिमी कुनै खेलौना होईनौ, नबस दराज भित्र सजिएर
कौशीमा फुल्ने सयपत्रि मात्र होईनौ, फुलि देउ गुलाव पनि भएर
नारी, नबस विलाशिताको सजावट सरि, सिमित कसैको अंङ भएर
शब्दहिन प्राणी होईनौ तिमी, बस्नु पर्दैन बन्धित प्राणी भएर।।

नारी, तिमी पिजंडा भित्रको मैना होईनौ
नबस पंखेटाहरु कुंजाएर
नारी, अब तिमी रुढिबाद समाजकी छोरी होईनौ
बस्नु पर्दैन डर त्रास र पावन्दि सहेर
तिमी कुनै ब्यतिmको अंग होईनौ
बढ्न सक्छौ अघि, हेपाहा मान्छेहरुको अहन्कारलार्ई कुल्चेर ।।

हे ! तिमी खेलौना खेली देउ
गांउ घर, शहर देखी राष्ट्र निर्माणमा, हे ! तिमी सृंगार सजि देउ
तराई बेंशी, पहाड पर्वत, पाखा पखेरा र कंदराहरुमा
ति शोषित निरिह मान्छेहरुमा, भोका निमुखा साहाराहिनहरुमा ।

नारी, बन्नुपर्छ तिमीले अब,
घर अनि राष्ट्रको सच्चा गृहणी
स्वच्छ भावना निष्पक्ष ब्यबहार, तिम्रै हो सव सृष्टि
त्यसैले अब, महिला हिंसा अन्त्यका लागी
तोडि देउ ति पिंजडाका किल्लाहरु, उडि देउ आफ्ना प्रतिविम्व फिन्जाई
शिक्षा र बिकाशका पथहरु छरि देउ, नौलो जागरणका स्वरहरु मच्चाई
तोडी देउ अब, रुढिबादका संस्कारहरु, मान्छेले मान्छेलाई गर्ने भेदभावहरु
तोडि देउ कुलत धारणाका बिकराल पर्खालहरु, मान्छेले मान्छेलाई गर्ने दुराचारीहरु।।

महिला हिंसा अन्त्यका लागी
नारी उठि देउ तिमी संघर्षका नारा लिएर
नारी जघन्य अपराधका कर्तुतलाई, निर्मुल पारी देउ माहाकाली भएर
बढ अघि नौलौ जन उद्दारका नाराहरु लिएर
नारी, उठ सवै ज्वलन्त समस्याको निराकरणी बनेर
गांउ देखि राष्ट्रसम्मको बढ नेतृत्वदायी बनेर
महिला हिंसा अन्त्यका लागी
जाग नेपालआमाकी पौरखी छोरी बनेर, शान्ती र ममताको नव दुर्गा बनेर ।।।
 
(आज महिला हिंसा अन्त्यका लागि दिवश, तिनै निरिह षोशित महिलाहरुको लागि समर्पण स्वरुप यो कबिता जागरणको निमित्त उपहार)

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.