लोकप्रिय थाङ्का


                                                                                                                            – मन्दिरा घिमिरे 

थाङ्काको महत्व र यसको औचित्यका ’boutमा कम जानकार नेपालीले भन्दा पनि विदेशी पर्यटकले बढी मात्रामा किन्ने गरेको पाइन्छ । कुनै बेला सीमित लामा र बौद्ध धर्मावलम्बी कलाकारहरूमा सीमित रहेको थाङ्काले हाल आएर भने व्यवसायीरूप लिएको छ । यसैको सिर्जना गरी धेरै नेपालीहरूले राम्रो आम्दानीसमेत गर्न थालेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विभिन्न प्रकारका कलात्मक तस्बिरहरू पाइन्छन् । तर हाल संसारभर प्रसिद्ध बनेका कलात्मक, सांस्कृतिक र धार्मिक आधारमा बनाइने थाङ्का भने नेपाल र तिब्बतमा मात्र बनाइने गरिन्छ । तर नेपालबाटै थाङ्का चित्रहरू तिब्बत पुगेको मानिन्छ । लिच्छबीकालीन राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बती राजसँग बिहे गरेर तिब्बत जाँदा नेपालबाट थाङ्का तिब्बत लगेकी थिइन् । तिब्बती राजा दलाई लामाले सुरुमा कालीचक्रलाई थाङ्कामा डिजाइन गरेको भन्ने सुन्न सकिन्छ । यसै कारणले थाङ्कालाई तिब्बती (पेन्टिङ) पनि भन्ने गरिन्छ । बुद्धको जीवनको चित्रण गरेर तयार गरिने थाङ्का विशेषगरी बौद्ध धर्मावलम्बीहरूले ज्यादा रुचाउँछन् । बुद्धको जीवनी, उनका तस्बिर बाहेक ठूला लामा र बौद्ध भिक्षुहरूको तस्बिर पनि थाङ्काका विषयवस्तुहरू हुने गरेका छन् । अन्य प्रभावशाली लामा र बोधिसत्वलाई पनि थाङ्कामा उतारिने गरिएको छ । तस्बिरहरूलाई बेरेर सुरक्षितका साथ जहाँ पनि पु¥याउन सकिने भएकाले यात्रा गर्ने बौद्ध भिक्षु पर्यटकहरूमाझ थाङ्का ज्यादै चर्चित हुने गरेका छन् ।

थाङ्का प्रायः गरी लामाहरूले बनाउने गर्छन् । उनीहरूले साना–साना कुरालाई ध्यानमा राखी ज्यादै ध्यानपूर्वक धेरै समय खर्च गरेर थाङ्का बनाइने हुँदा यो महँगो पर्ने गरेको हो ।  थाङ्कामा सुनचाँदी जस्ता बहुमूल्य चिजको प्रयोग गर्ने हुँदा यो महँगो हुनेगर्छ । तेल र एक्रेलिकबाट बनाइने कुनै पनि प्रकारका पेन्टिङभन्दा यो फरक हुन्छ । यसलाई विशेषगरी रेशमी कपडाले छोपेर विभिन्न बुट्टा भर्ने पनि गरिन्छ । नरम प्रकारको  थाङ्का बनाउँदा यसको आफ्नै तान्त्रिक मन्त्रहरू अपनाएर बनाउनुपर्छ । निश्चित नाप र निश्चित स्थानमा गर्नुपर्दा थाङ्का बनाउँदा धेरै समय लाग्ने गर्छ  । यस थाङ्काभित्र धेरै कुराहरू लुकेका हुन्छन् । थाङ्का भित्रिको चित्र बुझ्नका लागि उनीहरूको किताबको अध्ययन गर्नुपर्ने हुन्छ । थाङ्का कपडामा बनाइन्छ र रङहरू पनि विभिन्न किसिमको ढुंगाको टुक्रालाई रङमा परिवर्तन गरी लगाइन्छ । यस किसिमको ढुंगा खासा र अरब देशहरूबाट आयात गरिन्छ । यस्तो ढुंगालाई पिसेर पाउडर बनाउने र चौरीगाईंको छालासँग मिलाएर तेलमा उमालेर रङ बनाउने र त्यसै रङलाई थाङ्कामा प्रयोग गर्ने भएको कारणले वर्षौं–वर्षसम्म पनि थाङ्काहरू जस्ताको तस्तै रहन्छन् । थाङ्का भित्र विभिन्न किसिमको कथा र त्यसभित्र बनाएको चित्रलाई बुझ्न निकै कठिन हुन्छ । थाङ्का पनि विभिन्न गुणस्तरको हुने भएका कारणले पनि यसको मूल्यमा पनि गुणस्तरको बराबरमा मूल्य राखेको हुन्छ । बजारमा थाङ्का ९ सयदेखि १० लाख रुपैयाँसम्मको पाइने गर्छ ।

यस्तो थाङ्का किन्ने ग्राहक प्रायःजसो विदेशी पर्यटकहरू हुने गर्छन् । थाङ्काको माग बढ्दै जान थालेपछि यससम्बन्धी व्यवसाय गर्नेहरू पनि बढ्दै गएको छ । यन्त्र पसलका व्यापारी नवराज सत्यालका अनुसार सुरुमा काठमाडौंमा पाँचवटा जतिमात्रै थाङ्का पसल थिए । तर मागमा भएको वृद्धिसँगै हाल ठमेलमा मात्र ६० वटाभन्दा बढी थाङ्का पसलहरू भइसकेका छन् ।

बजारमा पाइने धेरै किसिमको थाङ्काहरूमध्ये मण्डेला, बुद्ध चित्रण, कालीचक्र र ह्विल अफ लाइफ (जीवन चक्र) बढी मात्रमा विदेशी  पर्यटकहरूले मनपराउने र अन्यको तुलनामा ज्यादा बिक्री हुने गरेको पनि सत्यालले बताए । थाङ्काका ग्राहकहरूमा करिब ३ प्रतिशतमात्र नेपाली रहने गरेको व्यवसायीको अनुमान छ ।  

सन् १९९८ मा सम्मामा थाङ्काको व्यापार एकदमै फस्टाएको भए पनि हाल काठमाडौंमा प्रतिस्पर्धाका कारण यसको व्यापारमा कमी आएको छ । विदेशीहरू धेरै आए पनि किन्न भने सीमित मात्रमा आउने भएको कारणले पनि यसको व्यापार घटेको सत्यालले बताए ।

थाङ्का बनाउने कलाकारहरूले राम्रो पारिश्रमिक नपाउने गर्दा पनि कलाकारहरू बिदेसिने गरेका छन् । थाङ्काको भाउ भने अकासिएको भए तापनि कलाकारहरूलाई दिने पारिश्रमिक भने उनीहरूलाई नपुग्ने कारण उनीहरू बिदेसिएका हुन् । यस्तै हुँदै गयो भने अबको दुई÷तीन वर्षमा कलाकारहरू नेपालमा नहुने सत्यालले बताए । यसको ग्राहक प्रायः अमेरिका, इटली, स्पने, फ्रेन्च र हल्यान्डका पर्यटकहरू बढी मात्रमा किन्न आउने गर्छन् । भारत र चीनका पर्यटकहरू भने नेपालमा आउने थाङ्का बनाउने कोर्ष  गर्ने र तीन महिना नभए ६ महिनाको कोर्ष गर्न र आफ्नो देशमा गएर बनाउने गरेको सत्यालले बताए ।

थाङ्का नेपाली बजारमा भन्दा पनि विदेशी बजारमा यसलाई महत्वका साथ हेर्ने भएको कारणले पनि यसको व्यापार बढ्दै गएको हाट प्लाजाका व्यापारी सुधीर कौवलले बताए । थाङ्का किन्ने प्रयाः नेपालीले विदेशमा बस्ने व्यक्तिहरूलाई उपहार दिनका लागि किन्ने गरेको र नेपालको उच्च वर्गको परिवारले पनि आफ्नो घरमा सजाउन किन्ने गरेको कौवलले बताए ।

Posted by: Raju Gurung                                                            Source: Karobar daily

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.