Daily Archives: 30/11/2010

राष्ट्रपति र सभामुखको आग्रहलाई बेवास्ता गरी प्रधानमन्त्री क्याम्बोडिया प्रस्थान


बलराम बानियाँ,

काठमाडौं, मंसिर १५ – राष्ट्रपति रामवरण यादव र सभामुख सुवास नेम्वाङको आग्रहलाई बेवास्ता गरी प्रधानमन्त्री माधवकुमार नेपाल ६ सदस्यीय टोली लिएर मंगलबार कम्बोडिया भ्रमणमा गएका छन् । राष्ट्रपति र सभामुखले विदेश भ्रमणमा नगई मुलुकमा जारी राजनीतिक गतिरोध समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको भोलिपल्टै प्रधानमन्त्री दुई साता लामो भ्रमणमा निस्किएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

नारी…


                                                                                                              – बालक गुरुङ, कुवेत 
                                                                                                              bhs_grg@yahoo.com

महिला हिंसा अन्त्यका लागि

नारी, तिमी कुनै खेलौना होईनौ, नबस दराज भित्र सजिएर
कौशीमा फुल्ने सयपत्रि मात्र होईनौ, फुलि देउ गुलाव पनि भएर
नारी, नबस विलाशिताको सजावट सरि, सिमित कसैको अंङ भएर
शब्दहिन प्राणी होईनौ तिमी, बस्नु पर्दैन बन्धित प्राणी भएर।। पढ्नेक्रम जारी राख्नुहोस्

लोकप्रिय थाङ्का


                                                                                                                            – मन्दिरा घिमिरे 

थाङ्काको महत्व र यसको औचित्यका ’boutमा कम जानकार नेपालीले भन्दा पनि विदेशी पर्यटकले बढी मात्रामा किन्ने गरेको पाइन्छ । कुनै बेला सीमित लामा र बौद्ध धर्मावलम्बी कलाकारहरूमा सीमित रहेको थाङ्काले हाल आएर भने व्यवसायीरूप लिएको छ । यसैको सिर्जना गरी धेरै नेपालीहरूले राम्रो आम्दानीसमेत गर्न थालेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विभिन्न प्रकारका कलात्मक तस्बिरहरू पाइन्छन् । तर हाल संसारभर प्रसिद्ध बनेका कलात्मक, सांस्कृतिक र धार्मिक आधारमा बनाइने थाङ्का भने नेपाल र तिब्बतमा मात्र बनाइने गरिन्छ । तर नेपालबाटै थाङ्का चित्रहरू तिब्बत पुगेको मानिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

गैरआवासीय नेपालीहरु रुष्ट


काठमाडौं, १३ मंसिर

सरकारले तीन वर्षअघि नै खुला विश्वविद्यालय सञ्चालनमा ल्याउने अवधारण ल्याए पनि आर्थिक वर्ष ०६७०६८ को बजेटमा यसका लागि बजेट विनियोजन नगरिएकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दुःख व्यक्त गरेको छ । असोजको तेस्रो सातामात्र एनआरएनए अध्यक्ष देवमान हिराचन र सरकारका तर्फबाट शिक्षामन्त्रालयका प्रवक्ता जनार्दन नेपालले विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढाउने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सरकारसँगको सहकार्यमा नेपालमा पहिलोपटक खुला विश्वविद्यालय सञ्चालनमा आउने विश्वास गरिए पनि सरकारले बजेटमा उल्लेख नगर्दा आशा निराशामा परिणत भएको संघले बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दुई व्यापारी अपहरणशैलीमा पक्राउ / राजस्वको दादागिरीः नेपाल प्रहरी


दीपक रिजाल (काठमाडौं),

 राजस्व अनुसन्धान विभागले अपहरणशैलीमा सोमबार दुई व्यापारीलाई पक्राउ गरेपछि उद्योग-व्यवसायीहरु क्रुद्ध बनेका छन्।

सोमबार दिउँसो साढे ४ बजे ललितपुरको कुपन्डोलमा कम्ब्याट पोसाकका हतियारधारीसहित गएका राजस्वका अधिकारीहरुले स्थानीय प्रहरीलाई समेत जानकारी नगराई व्यापारीहरुलाई पक्राउ गरेका थिए।
पढ्नेक्रम जारी राख्नुहोस्