१६औँ एसियाली खेलकुद सम्पन्न, नेपालका लागि बिर्सनलायक एसियाड


काठमाडौँ, मङ्सिर ११ गते । ११औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत रोडरेसमा नेपाललाई स्वर्ण पदक दिलाउने धावक राजेन्द्र भण्डारीले १६औँ एसियाली खेलकुदको अन्तिम दिन म्याराथनमा निराश पारेका छन् । चीनको ग्वान्जउमा भण्डारीले निर्धारित दूरी पनि पूरा गर्न सकेनन् । उनले ३५ किलोमिटरपछि दौड परित्याग गरे । दौडको समयमा बायाँ तिघ्रामा चोट लागेपछि भण्डारी दौड छाड्न बाध्य बने । उनले दौड छोड्दा समयले १ घण्टा ५५ मिनेट छोएको थियो । २२ धावक सहभागी म्याराथनमा राजेन्द्रसँगै चार धावकले दौड पूरा गर्न सकेनन् । म्याराथन दक्षिण कोरियाली खेलाडी जी योङ जुनले जिते । जापानका किताओका युकिहिरो दोस्रो र कतारका सामी मुबारक २ घण्टा १२ मिनेट ५३ सेकेन्डमा तेस्रो भए ।

म्याराथन इभेन्टसँगै शनिबार १६औँ एसियाली खेलकुद सम्पन्न भएको छ । ग्वान्जाउ एसियाडको अङ्क तालिकामा ओमानसँगै नेपाल पुछारमा रहृयो । दीपक महर्जनले ८१ केजी तौल समूहमा दिलाएको काँस्य नेपालका लागि एकमात्र पदकका रूपमा रहृयो ।

पदकको आशा गरिएका खेल तेक्वान्दो, कराँते, महिला क्रिकेट र उसु खाली हात घर र्फकन बाध्य बने । मनिता शाही र यानकुमार चौलागाईँबाहेक अन्य तेक्वान्दो खेलाडी पहिलो भिडन्तमा पाखा लागेका थिए । कराँते खेलाडी विनोद महर्जनलाई भाग्यले साथ दिएन । उनी दुई भिडन्त जितेपछि उज्वेकिस्तानका उलुग्बेक मुक्सिमोभसँग क्वाटरफाइनलमा हारेका थिए ।

नेपाली महिला क्रिकेट टिमलाई दुईपटक जापानले स्तब्ध पार्‍यो । पुरुष क्रिकेट टिम भने कम अपेक्षाबीच पनि क्वाटरफाइनलमा श्रीलङ्कालाई कडा चुनौती दिएर आप\mनो छवि उच्च राख्न सफल भएको छ ।

अन्य खेल ब्याड्मिन्टन, गल्फ, टेबुलटेनिस, सˆट टेनिस, चेस, आर्चरी, कुस्ती, सुटिङ, टेनिस, साइक्लिङ जिम्न्यास्टिक, भारोत्तोलन र जुडोका लागि एसियाली खेलकुद अनुभव प्राप्त गर्ने प्रतियोगिताका रूपमा मात्र रहृयो । ग्वान्जाउ एसियाडमा भारोत्तोलक कमल अधिकारी र पाँच हजार मिटरमा धाविक कान्छीमाया कोजूले कायम गरेको राष्ट्रिय कीर्तिमान मात्र केही सुखद पक्ष रहे ।

चीनको वर्चस्व

चीनका लागि ग्वान्जाउ एसियाड असाधारण रहृयो । चीनले अन्तिम दिन कुल स्वर्ण पदक सङ्ख्या १९९ पुर्‍याएर ४१६ पदक जितेर एसियाली खेलकुदमा कीर्तिमान कायम गरेको छ । एसियाली मानचित्रमा अर्को खेल महाशक्ति जापानले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । कुल ४८ स्वर्णसहित कुल २१६ पदक जित्ने जापान तेस्रो स्थानमा रहृयो । अङ्क तालिकामा दोस्रो स्थानमा रहने दक्षिण कोरियाले ७६ स्वर्णसहित कुल २३२ पदक हात पार्‍यो ।

सहभागी ४५ मध्ये ३६ राष्ट्रले आफूलाई अङ्क तालिकामा सामेल गर्न सफल भए । जसमा केही उल्लेखनीय पदक पनि रहेका छन् । पुरुष उसुमा जिया रुईको मद्दतबाट मकाउले पहिलोपटक एसियाली खेलकुदमा स्वर्ण पदक जित्यो । बङ्गलादेशले पनि अफगानिस्तानलाई पुरुष क्रिकेटको फाइनलमा हराएर ऐतिहासिक स्वर्ण पदक हासिल गर्‍यो ।

ओमान र नेपालले पनि एक/एक काँस्य जितेर अङ्क तालिकामा आफूलाई सामेल गराए तर सोही स्तरका टिमोर-लिस्टे, माल्दिभ्स, तुर्कमेनिस्तान, बु्रनाई र कम्बोडियाले पदक जित्न सकेनन् ।

कीर्तिमान र डोपिङ

ग्वान्जाउ एसियाडमा तीन विश्व कीर्तिमान -दुई भारोत्तोलन र एक आर्चरी) र १०३ एसियाली कीर्तिमान कायम भए । यसपालि १२ हजार छ सय खेलाडीको डोपिङ परीक्षण गरिएको थियो । जसमा उज्वेकिस्तानका खेलाडीद्वय जाकोन्गिर मुमिनोभ -कुस्ती) र सोकिर मुनिमोभ -जुडो) असफल भए ।

भव्य समापन

चीनको ग्वान्जाउस्थित पर्ल नदीको किनारमा १६औँ एसियाली खेलकुदको भव्य समापन भएको छ । सो कार्यक्रममा चिनियाँ विशिष्ट सरकारी, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र एसियाली ओलम्पिक कमिटी तथा विदेशी राष्ट्राध्यक्षको उपस्थिति रहेको थियो । चिनियाँ सैनिकले सङ्गीत र नृत्य प्रस्तुत गरेपछि समापन कार्यक्रममा भारतीय, जापानी, काजकस्तानी, इन्डोनेसियाली, लेवनानी नृत्य र गीत पनि प्रस्तुत भएका थिए ।

उद्घाटन समारोहसरह आज सहभागी ४५ देशका खेलाडीले आ-आप\mना राष्ट्रिय झन्डासहित मार्चपास गरे । नेपाली झन्डा बक्सिङ खेलाडी दीपक महर्जनले बोके । उनी यसपल्टको एसियाली खेलकुदमा नेपालका लागि काँस्य पदक जित्ने एक मात्र खेलाडी हुन् ।

इन्चेनमा १७औँ एसियाड

अब १७औँ एसियाड चार वर्षपछि सन् २०१४ मा दक्षिण कोरियाली सहर इन्चेनमा हुनेछ । यसअघि कोरियाको अर्को सहर सोलले पनि एसियाली खेलकुदको आयोजना गरिसकेको छ । सन् १९८६ मा सोलले दसौँ एसियाली खेलकुदको आयोजना गरेको थियो । समापन कार्यक्रममा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धतासँगै इन्चेन सहरका मेयरले ओलम्पिक झन्डा बुझेका थिए ।

Posted by: Raju Gurung                                                        Source: Gorakhapatra

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.