दार्जीलिङमा आन्दोलन चर्कियो


इलाम, मङ्सिर ११ गते । गोर्खाल्यान्डको मुद्दालाई सुनिश्चित बनाउन भन्दै अन्तरिम प्राधिकरण गठनका लागि सङ्घर्षरत दार्जीलिङको गोर्खा जनमुक्ति मोर्चा सम्बद्ध जनवर्गीय सङ्गठनले आन्दोलन चर्काएको छ । आउादो डिसेम्बरको अन्त्यसम्म तराई र डुबर्सलाईसमेत मिलाएर प्राधिकरण गठन गर्नु पर्ने माग गर्दै मोर्चाले आन्दोलन चर्काएको हो ।

दार्जीलिङकै विपक्षी पार्टी र डुबर्सका आदिवासी सङ्गठनहरूले भने यसको विरोध गरेका छन् । शुक्रबार बिहान १० बजेदेखि चारघण्टासम्म यातायात बन्द गराएर नाराजुुलुससहित मोर्चा समर्थकहरूले दार्जीलिङका विभिन्न बजार परिक्रमा गरेका थिए । सो क्रममा आन्दोलनकारीहरूले दुई हजार १० को अन्त्यसम्ममा प्राधिकरण गठन नभए गोर्खाल्यान्डको मुद्दालाई नै प्राथमिकता दिने जनाएका थिए ।

प्राधिकरणको मागलाई लिएर दैनिक जसो त्यस क्षेत्रमा चक्काजाम, बन्द र विरोधका कार्यक्रम सञ्चालन भइरहेका छन् । यता मोर्चाले अन्तरिम प्राधिकरणलाई स्वीकार गरेकाले गोर्खाल्यान्डको मुद्दा ओझेलमा परेको विपक्षी दलहरूको आरोप छ । विपक्षी दलहरूले मोर्चाले विपक्षीहरूको भनाइ नसुनेर सरकारको कठपुतली भएको आरोप लगाएका छन् ।

डुबर्स र तराईलाई प्राधिकरण अन्तर्गत ल्याउन नदिने भन्दै स्थनीय सङ्गठनहरूले प्रतिवाद गर्नेर् जनाउादै आएका छन् । १९८८ मा तत्कालीन गोर्खाल्यान्डको आन्दोलनलाई टुङ्ग्याउादै सुभाष घिसिङको अध्यक्षतामा गोर्खा पार्वत्य परिषद्को गठन भएको थियो । घिसिङकै दल गोर्खा राष्ट्रिय मुक्ति मोर्चाबाट विद्रोह गर्दै तीन वर्षदेखि विमल गुरुङले गोर्खा जनमुक्ति मोर्चा गठन गरेर आन्दोलन चर्काउादै आएको छ ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.