बनभोज र मेरो हराएको पात्र !


 राजेन्द्र शर्मा “राजन” कुवेत,

 कुरो त्यहिँ रमाइलो दिनको हो, म र मेरी जीवन साथी निकै खुशी मुद्रामा बिहानीको मिर्मिरे उषा संगै पुगेका थियौ ग्रीन आइलैंड, दिन मेरो दिमाखमा ताजै छ नोवेम्बर ५ २०१०, नेपाली भाद गाउले टोपीमा चिटिक्क सजिएका  क्लबका पदाधिकारीहरु साथै पत्रकार मित्रहरु द्धारा मुख्य गेटमै आगन्तुकलाई गरिएको स्वागत, मेरो खुशी झनझन बढ्दै थियो भने मेरी जीवन साथी पुतली झैँ फुरु फ्रु गर्दै कहिले गित गाउदै त कहिले नाच्दै अनी कहिले समुन्द्रको माछा समाउने असफल परयास गर्दै रंगीचंगी फूल हरुसंगई पुतली बनेर चुम्दै हामी पुगौ बनभोज स्थल समुन्द्री टापुमा, नेपाली सेलरोटी र स्वादिस्ट आचार चिउराभुजाले त झनै आफ्नै स्वदेश जन्मभूमि को सम्झनाले कताकता मन लाई बहलाउन बाध्य तुलायो, मानिसहरु आफ्नै धुनमा मस्त छन् मेरी जीवन साथि पनि आफ्नै धुनमा नया नया साथी संगीनिहरु संगै परिचय आदान प्रदान गर्दै निकै खुसि मुद्रामा देखिन्छिन, म भने कता कता वातावारण को अबलोकन मै मनलाई म संगै भलाकुसारी गर्दै केहि खोजिरहेछु केहि नौलो पन……

  मानिसहरुको आफ्नै आफ्नै उदेश्य हुन सक्छ तर मेरो फगत् मनोरंजन र मेरी जीबन साथी लाई खुशी राख्नु, निकै मिहिनेतका साथ सृंगार पटार गरेर सजाएको थिए उनीलाई ताकी मेरो नजर उनीमाथि मात्र परिरहोस,म निकै कोसिस गर्दै थिए  मेरा लोभी नजर कहिँ कतै नपरोस भनेर तर मलाई निकै गाह्रो महसुस हुदै थियो,कता कता किन मलाई यस्तो भैरहेछ मलाई नै थाहा छैन निकै बेर देखि मेरा नजर हरियो कुर्ता सुरवाल लगाउने माथि गईरहन्छ कुरो कुर्ताको बिल्कुलै होइन आखिर  कुरो के को रहेछ् त  मलाईनै निकै मुस्किल पर्यो कुरा थियो उसको त्यो लामो नाक सहितको लाम्चो अनुहार,वास्तबमा अनुहारमा कुनै चमक थिएन न त भाव  नै केवल थियो मेरो नजर मेरो मस्तिस्क म कन्फिउज हुने गर्थे को हो त्यो कता कता निकै घनिष्ट लाग्ने चिनेजाने जस्तो लाग्ने तर को हो त्यो? मैले उसलाई आत्मा साक्षि राखेर भर्नु पर्दा पुरा दिननै उसलाई हेरी रहे तरपनि मेरो मनमा खुसि पटकै छैन,सधै एकै प्रस्न को हो ? कहाँ देखे पहिला उसलाई मैले पत्र पत्रिकामा अथवा गाडीमा……..सहि जवाफ कहिदेखी आउदैन । कुराको चुरो मेरी प्यारी संग खोल्ने आधा प्रयास नगर्दै कुरा मनमै अल्झियो, कुराको गला लाग्यो आइमाईको मनन हो परिवर्तन हुन् के बेर मैले कुरा चपाय उ अपरिचित (लाम्चो अनुहार) आफ्नै सुरमा कहिले एता कहिले उता  कहिले,देउसी भैलो गाउन पुग्थी त कहिले छमछम नाच्दथी पनि वातावरण समयको गति संगै अगाडी बढ्दै थियो स्टेटमा विभिन्न मनोरन्जात्मक कार्यक्रमहरु भैरहेका थिए म मेरी जीबन साथीको कपाल सुम्सुमाउदै उही अपरिचित मित्रको अनुहार मनमा घुमाई रहेको थिए ।

 बेलाबेलामा मेरी श्रीमती(जीबन-साथी)मलाई झ-झस्काई रहन्थी मेरो मन उडेर कहाँ कहाँ,मेरो मन र दिमाख बीच निकै भिष्ण युद्ध चलिरहेको छ मनले भन्थ्यो चिनेको मान्छे हुनुपर्छ तर दिमाखले भन्छ कहाँ र कहिले किन र कसरि……..? ओपन बुफे म लन्च को लागि स्टेट बाट अनाउन्स भयो लाग्थ्यो सबै जना निकै भोकाएका छन् लाइन ले नेटो काट्यो म पनि लाइनमा उभिए मेरी बिचरा जीबन साथी पनि महिलाको लाइनमा मेरै मुखमा हेरी रहन्थिन! म र मेरी श्रीमती संगै सिढी मा बसेर खान थालेउ मेरा नजर निकै टाढा टाढा उसैको खोजीमा भौतारी रहेका थिए। मेरी श्रीमतीको बोलि संगै म झस्किए भन्दै थिइ उ त्यो केटीलाई हेर्नुहोस त दैब संयोग नै भन्नु पर्छ ऊ हाम्रै अगाडी बसेर खादै थिइ मेरो दिमाखले  काम गर्न छाड्यो चिर्चिर पसिना आयो कतै मेरी श्रीमती ले त थाहा पाइन मेरो मनको रहस्यमय कुरा तर कुरो अर्कै रहेछ। खाने बेलामा उसले चस्मा खोलिछ आखामा हरियो रंगको आई स्यडलले लपक्कै लिपेकी थिइ मेरी श्रीमती पनि पार्लर मा काम गर्दछिन उनि लाई अच्चम्म लागेछ मुखै खोलेर सोधी हलिन ए मुटु सुन्नुस्त! अह के भयो? उ त्यो केटीलाई हेर्नुहोस्ता अह हेरे..कस्तो छ त्यसको मेकअप हजुरलाई मनपर्यो मैले पनि बिचार नै नगारि प्याचा बोले राम्रो छ (I LIKE IT) मन पर्यो , मेरी श्रीमतीले अनुहार बिगारी मैले कुरालाई घुमाए राम्रो त राम्रो तर पछाडी बाट श्रीमतीको अनुहारमा चमक छायो तर मलाई नरमाइलो लग्यो मेरी श्रीमतीको भनाइले तर पनि श्रीमतीको रुपको बखान  गर्न भने म चुकिन सबैभन्दा राम्रो मेकअप मेरी प्रीयको, श्रीमतीलाई अब केहिपनि चाहिएन निकै खुशी मुद्रामा छिन उनि म भने एकोहोरो हेरिरहेको छु अपरिचित उसलाई उसको लवाई,खुवाई,बसाई ,हँसाई सबै नजिकै बाट निहालना पाएकोमा आफैलाई गर्भ लग्यो मनमा केहि भएपनि सितलता मिल्यो मेरी श्रीमती उसलाई बेलाबेलामा हेर्दै हास्दै छे ऊ अपरिचित खानामा तल्लिन छ सथिहरुसंगई कहिले हास्छे त कहिले कपाल मिलाउछे आदि …

हामीहरु कार्यक्रम स्थल तिरै मोड़ेउ विभिन्न कलाकारले स्टेट लाइ पूर्णता दिएका थिए मेरी श्रीमतीले बेला बेला मा मलाई ब्यङ्य गर्ने गर्थी खोई तपाइको कविता त कता हरायो मैले भने आउदैछ आदि …………१५ दिन पछी मेरो  कविता kuwaitnepal .com मा प्रकाशित भयो जन्म दिनको उपहार तिमीलाई ….मैले खबर श्रीमतीलाई सुनाए ऊ निकै खुशी बनि मेरो शिर गर्बले ठाडो बन्यो तर मलाई निद्रा परेन श्रीमती आफ्नै काममा ब्यस्थ मलाई त्यहिँ बनभोजको याद अनि फेरी त्यहिँ अपरिचितको लाम्चो र चुच्चे नाकले सताई नै रहयो तरपनि ममा केहि परिवर्तन देखा पर्यो म बिस्तारै बिस्तारै बिरामी जस्तो देखिन थाले को हो किन मेरो दिमाखले चिन्न सकेन? किन कन्फ्युज ? आखिर को हो त्यो ? भुत ? प्रेत ? आत्मा ?…….जवाफ शुन्य..श्रीमतीको न्यानो कखामा पनि म निदाउन सकिन, छटपटी चलिनै रहयो म सुत्न सकिन मलाई भोक लग्न छायो,निद्रा हरायो,म साच्ची बिरामी नै परे मइले  डिउटी  पनि छाडे पछी श्रीमतीले निकै कर गरेपछि  मैले लुकाउन अब सकिन सबै कुरा बताए केहि हल्काको महशुस भयो श्रीमतीलाई  अंगालोमा बेरेर धेरैबेर रोए ।

 श्रीमतीले मेरो आतित जान्ने र समस्याको समाधान खोज्ने बाचा गरिन मैलेपनि आफ्नु अतित एक-एक गरि बताए कुरा गर्दैजादा चार, पाच बर्ष पहिला सम्म पुगेछ जुनबेला म कुवेत मा बिल्कुलै नया र नौलो थिए साच्चै भन्नुपर्दा राम्रोसंग मोबाइल चलाउन आउने थियन । तर समयले मानिसलाई सिकाउदो रहेछ मलाई सबै सिकायो मोबाइल चलाउन देखि प्रेम गर्न सम्म म कसैको माया जालमा यसरि फसेकी माकुराको जालमा फट्यङ्रा(किरा) फसे झै, पेशाको नाम मा पुर्खाले आर्जेको उपमा सेकुरिटी गार्ड,र उनि housemade (ख्दामा) काम एकै लोकेशन मा दिनमा प्राय २/४ पल्ट भन्दा निकै नै भेटघाट हुन्थियो सबैकुरा समयको हातमा रिमोट सुम्पेर हामी चलिनै रहयौ हाम्रो मायापिरत दिन दो गुना त रात चार गुना हुदै फैलियो। फैलियो माया दुबो सरि………. एक वर्ष पछी ऊ अचानक हराई…हराई .कता ..कता  आकाशमा धर्तीमा अथवा कता……आकाश खस्यो मलाई थिच्यो जमिन पुरै भासियो चारैतिर सुनामी आयो म छिप विछिप्त बने शरीर भरिनै ब्लेडले चिरेर उसैको नाम लेखे..काली काली  काली…..मनलाई बुझाउनालाई निकै गाह्रो भयो रुदा रुदै आशु नै सुक्यो गला भासियो र पनि मनलाई थाम्न सकिन मनलाई बुझाउन ऊ संग बिताएका तिता मिठा अनुभब कोर्दै कोर्दै गए  लेख्दै जादा दुइ/चार सय पेज को डायरी पुरा भएछ तर पनि बगिनै रहयो मेरो कलम….

 एक दिन लेख्दै थिए अचानक कलम रोकियो म ब्यूझिय आसुले नोट बुक भिजेको थियो कलममा मसि थियन मेरो प्रेम कहानीमा मेरी प्रेमिका थिइन ऊ हराई मेरो आधुरो उपन्यास बाट नोट बुक लाई पढे साच्चिनै उपन्यास बनेछ तर अपुरो ऊ हराई मैले लेख्न बन्द गरे कलम रोकियो तर मेरो माया ……..मलाई शान्ति मिलेन म नेपाल फर्के …..सबै कहानी सुनेपछि मेरी श्रीमती एकछिन त टुलुटुलु मेरो अनुहारमा हेरेको हेरेइ एकोहोरो टोलाई रही मलाई अंगालोमा बेरेर रुन  थाली  म पनि आशु थाम्न सकिन एक छिनको रुवाबासि कोठामा शुन्यता छायो एक छिनको सनाटा पछी शुन्यतालाई चिर्दै श्रीमतीले मुख खोलिन खोइ त त्यो डायरी मैले एउटा पुरानो सुटकेस तर्फ इंकित गरे श्रीमतीले सुटकेस खोलि सबै कुरा निकालिन जसमा डायरी केहि अमुल्य फोटाहरु साथै मायाको चिनो स्वरूप साटेका उपहारहरु श्रीमती एकासी चिच्याही म तर्सिय हातमा एउटा अर्ध बैसेको फोटो तर्फ देखाउदै भन्दै थीई यही हो त्यो आइमाई जसले मेरो श्रीमान को भोक, शोक, निन्द्रा हराम गरेकी यहि हो ग्रीन आइलैंड मा हाम्रो आगाडी बसेर मस्की-मस्की खान खाएको तपाइको हराएको पात्र त्यहिँ हो श्रीमतीले ठोकुवानै लगाएर भनि म…मनलाई  थाम्न सकिन……/भोलिपल्ट विहानै मेरो मोड निकै फ्रेश थियो बर्षौ पछी हरायको अमुल्य बस्तु भेटिएको थियो एउटा रहस्यको फुल फुटेको थियो बनभोजले निम्त्यको प्रश्न मिलेको थियो तर रहस्यको गाठो खोल्नु, हरायको मेरो पात्र लाई उपन्याश को पान्नामै फर्काउनु सानोतिनो चुनौति भने  सगरमाथा चढ्ने भन्दा कम छैन अनि पात्रा हराउने देखि पात्र भेटिने बनभोज सम्मको यात्रालाई गर्भमै छाड्दै केहि आगाडी बढ्न चाहन्छु. उता मेरी प्यारी श्रीमतीको व्यवहारमा दिन प्रति दिन को परिवर्तन ले मेरो जीवनमा अर्को नया मोड आइपुग्यो कथामा अर्को एक नया पात्रको जन्म भयो जुन मेरी श्रीमती त्यो दिन देखे आजकल उनीमा आएको परिवर्तनले मा फेरी गम्भीर बने घरमा खान पाक्दैन मेरो करमा पाकि हाले पनि कहिले नुन चर्को त कहिले खुर्सानी बेसी सम्झाउदा रुने कित मर्छु भनेर धम्क्याउने कपडामा आइरन गर्दा कपडा नै जलाउने एकोहोरो टोलाई रहने घन्टौ सम्म फोन ब्यस्त हुँने केहि भने जवाफ गोलि झै आउने कुरा को लहरो तान्दै जादा म सम्बन्धबिच्छ्द गर्ने निर्णय मा पुगे  कारण बनभोजमा फेला परेको मेरो उपन्यास को पात्रले ल्याएको  परिवर्तन….. म मेरो निर्णय घुमाउरो पारामा श्रीमतीलाई सुनाए र ऊ मेरा खुट्टा समाएर रुन थाली मलाई मलाई दयाको भिख मन पर्दैन भन्दै धकेले आन्तिम मा एउटा अड्को थापे यदि तिमीले मलाई चाहन्छौ र म संग बस्न मन छ भने मेरो एउटा सर्त मान्नुपर्छ, कस्तो सर्त ? उसका आखा  रसाए स्वर कापेको थियो/ मलाई नागको मणी मन पर्छ जुन समुन्द्रको बिचमा गोहीको मुखभित्र छ मलाई त्यहिँ मणी चाहियो सर्त मन्जुर छ? ऊ केहि बोलिन घरबाट बाहिर निस्की र समुन्द्र तर्फ लागि………….

क्रमस…………                                                                                      
                                                                                     

Posted by: Thapa/Bikram Mr

5 responses to “बनभोज र मेरो हराएको पात्र !

  1. very nice story………waiting for part 2 soon ! great Rajendra jee

  2. hi rajan sir your story is very very good and keep it up you will be success

  3. Luv to read your such nice story…….long way to go all the best.

  4. verry wonderful story rajan jee pls keep it up im your fan and im waiting for part 2 pls write as soon as possible ….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.