नेपालमा उत्पादित मुस्ताङ म्याक्स गाडीहरूको पोखरामा बिक्री सुरु भएको छ । राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवसर पारेर मेला स्थल नयाँबजारबाटै उक्त गाडीको बिक्री सुरु गरिएको हो । नेपालको प्रमुख औद्योगिक घराना गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास मोर्टस विराटनगरद्वारा उक्त गाडी उत्पादन गरेकोे हो । “हुलासल निर्माण गरेका सवारीहरू पहाडी सडकलाई उपयुक्त हुने गरी निर्माण गरिएका छन्,” हुलास मोटर्सका महाप्रबन्धक प्रफुल्लचन्द्रदासले भने । उनका अनुसार नेपाली माटो सुहाउँदो भएकै कारण नयाँ सवारी दिनदिनै लोकप्रिय हुँदै गएका छन् । यसभन्दा अगाडिका हुलासकै विभिन्न मोडलका गाडीहरू हालसम्म ९ सयवटा बिक्री भइसकेको उनले दाबी गरे ।
पोखरामा मात्रै ३ सयभन्दा बढी संख्यामा मुस्ताङ मोडेलको गाडी बिक्री भइसकेको उक्त फर्मका सञ्चालक ध्रुव थापाले जानकारी दिए । हुलास मोर्टसद्वारा उत्पादित गाडीहरूको गण्डकी तथा धौलगिरि क्षेत्रका लागि अधिकृत विक्रेता भई हिमालय अटो वल्र्ड नयाँबजार पोखराले बिक्री–वितरण गर्दै आइरहेको छ । विदेशी गाडीहरूको तुलनामा आफ्नै देशमा उत्पादित भएको हुँदा सस्तो मूल्य रहेको तथा नेपालको विशेष गरी कच्ची सडकहरूलाई लक्षित गरी बनाइएका जीपहरू पोखरा तथा पोखराआसपासका दुर्गम क्षेत्रका बाटाहरूमा अत्यन्त लोकप्रिय रहँदै आएको थापाले बताए ।
१२ वर्षअघि स्थापना भएको हुलास मोटर्स प्रा.लि.ले आफ्नो यात्रा प्रारम्भ गरी शेर्पा र मुस्ताङको सफलतापछि उत्पादन र प्रविधिको सुधारलाई निरन्तरता दिने क्रममा अनुसन्धानका गतिविधिलाई सक्रिय राख्दै उत्पादनको विविधीकरणमा समेत नयाँ आयाम थपेको बताएको छ । कम्पनीले भर्खरै मुस्ताङ म्याक्स गाडीको उत्पादन सुरु गरेको हो । कम्पनीको पछिल्ला उत्पादनहरूभन्दा धेरै परिष्कृत आकार र डिजाइनमा यो गाडीमा नयाँपन रहेको विक्रेता थापाको भनाइ छ । यसमा क्याबिनभित्र इन्जिनको आवाज कम आउने गरी प्रविधिलाई विकसित गरिएको छ । यस प्रविधिले गर्दा कुदिरहेको गाडीमा आरामदायी र सुविधाजनक यात्राको अनुभूति हुने थापाले बताए । ड्राइभरलाई गाडी चलाउँदा सजिलो होस् भन्ने कुरालाई ध्यानमा राखी क्लचलाई पहिलेको भन्दा नरम गरिएको छ । गाडीको लम्बाइ बढाएर १३ सिटर बनाइएको र पहिलेका उत्पादनको भन्दा भारवहन क्षमतासमेत बढी रहेको कम्पनीले जनाएको छ । मुस्ताङ म्याक्स एम्बुलेन्समा पनि उपलब्ध छ । तीन सिट क्षमताको एम्बुलेन्स मोटर्सले बजारमा ल्याएको हो ।
म्याक्स मूल्य रु.
१३ सिट (फोरह्विल) १८२५०००
१३ सिट (टुह्विल) १७२५०००
११ सिट (फोरह्विल) १६२५०००
पिकअप (फोरह्विल) १४५४०००
पिकअप (टुह्विल) १२८२०००
एम्बुलेन्स (फोरह्विल) ९९५४५०
एम्बुलेन्स (टुह्विल) ९०५४५०
Posted by: Raju Gurung
Dherai Khsui Lagyo Nepalle Nepalmaa nai Motor Gadi Bikas gareko sunda tara daya gari Gadi prataksha sahit Foto Pani Rakhi dinu bhayekomaa ati nauttam hutyo, Kinaki Hajurle jaba Harek Model ko Mulya sahit tokisakeko awasarmaa mulyan anusaroko Foto pani rakhidinu bhaye ati uttam hunechha. Thank you.
This is a good news for all the nepalese all over the world.