Daily Archives: 29/11/2010

बनभोज र मेरो हराएको पात्र !


 राजेन्द्र शर्मा “राजन” कुवेत,

 कुरो त्यहिँ रमाइलो दिनको हो, म र मेरी जीवन साथी निकै खुशी मुद्रामा बिहानीको मिर्मिरे उषा संगै पुगेका थियौ ग्रीन आइलैंड, दिन मेरो दिमाखमा ताजै छ नोवेम्बर ५ २०१०, नेपाली भाद गाउले टोपीमा चिटिक्क सजिएका  क्लबका पदाधिकारीहरु साथै पत्रकार मित्रहरु द्धारा मुख्य गेटमै आगन्तुकलाई गरिएको स्वागत, मेरो खुशी झनझन बढ्दै थियो भने मेरी जीवन साथी पुतली झैँ फुरु फ्रु गर्दै कहिले गित गाउदै त कहिले नाच्दै अनी कहिले समुन्द्रको माछा समाउने असफल परयास गर्दै रंगीचंगी फूल हरुसंगई पुतली बनेर चुम्दै हामी पुगौ बनभोज स्थल समुन्द्री टापुमा, नेपाली सेलरोटी र स्वादिस्ट आचार चिउराभुजाले त झनै आफ्नै स्वदेश जन्मभूमि को सम्झनाले कताकता मन लाई बहलाउन बाध्य तुलायो, मानिसहरु आफ्नै धुनमा मस्त छन् मेरी जीवन साथि पनि आफ्नै धुनमा नया नया साथी संगीनिहरु संगै परिचय आदान प्रदान गर्दै निकै खुसि मुद्रामा देखिन्छिन, म भने कता कता वातावारण को अबलोकन मै मनलाई म संगै भलाकुसारी गर्दै केहि खोजिरहेछु केहि नौलो पन…… पढ्नेक्रम जारी राख्नुहोस्

जन्मदिनको शुभकामना!!!


हाम्रा मित्रद्रय दिल एंव कृष्ण मगर ज्यूका सुपुत्री लीना मगरको प्रथम जन्मोत्सबको पुनित अवसरमा सु-स्वास्थ्य, दिर्घायु एंव उज्जल भबिश्यको कामना गर्दछौ।
– लालीगुरांस साँस्कृतिक परिवार, कुवेत पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा उत्पादित मुस्ताङ म्याक्स गाडीहरूको बिक्री सुरु


नेपालमा उत्पादित मुस्ताङ म्याक्स गाडीहरूको पोखरामा बिक्री सुरु भएको छ । राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवसर पारेर मेला स्थल नयाँबजारबाटै उक्त गाडीको बिक्री सुरु गरिएको हो । नेपालको  प्रमुख औद्योगिक घराना गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास मोर्टस विराटनगरद्वारा उक्त गाडी उत्पादन गरेकोे हो । “हुलासल निर्माण गरेका सवारीहरू पहाडी सडकलाई उपयुक्त हुने गरी निर्माण गरिएका छन्,” हुलास मोटर्सका महाप्रबन्धक प्रफुल्लचन्द्रदासले भने । उनका अनुसार नेपाली माटो सुहाउँदो भएकै कारण नयाँ सवारी दिनदिनै लोकप्रिय हुँदै गएका छन् । यसभन्दा अगाडिका हुलासकै विभिन्न मोडलका गाडीहरू हालसम्म ९ सयवटा बिक्री भइसकेको उनले दाबी गरे । पढ्नेक्रम जारी राख्नुहोस्

दार्जीलिङमा आन्दोलन चर्कियो


इलाम, मङ्सिर ११ गते । गोर्खाल्यान्डको मुद्दालाई सुनिश्चित बनाउन भन्दै अन्तरिम प्राधिकरण गठनका लागि सङ्घर्षरत दार्जीलिङको गोर्खा जनमुक्ति मोर्चा सम्बद्ध जनवर्गीय सङ्गठनले आन्दोलन चर्काएको छ । आउादो डिसेम्बरको अन्त्यसम्म तराई र डुबर्सलाईसमेत मिलाएर प्राधिकरण गठन गर्नु पर्ने माग गर्दै मोर्चाले आन्दोलन चर्काएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

१६औँ एसियाली खेलकुद सम्पन्न, नेपालका लागि बिर्सनलायक एसियाड


काठमाडौँ, मङ्सिर ११ गते । ११औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत रोडरेसमा नेपाललाई स्वर्ण पदक दिलाउने धावक राजेन्द्र भण्डारीले १६औँ एसियाली खेलकुदको अन्तिम दिन म्याराथनमा निराश पारेका छन् । चीनको ग्वान्जउमा भण्डारीले निर्धारित दूरी पनि पूरा गर्न सकेनन् । उनले ३५ किलोमिटरपछि दौड परित्याग गरे । दौडको समयमा बायाँ तिघ्रामा चोट लागेपछि भण्डारी दौड छाड्न बाध्य बने । उनले दौड छोड्दा समयले १ घण्टा ५५ मिनेट छोएको थियो । २२ धावक सहभागी म्याराथनमा राजेन्द्रसँगै चार धावकले दौड पूरा गर्न सकेनन् । म्याराथन दक्षिण कोरियाली खेलाडी जी योङ जुनले जिते । पढ्नेक्रम जारी राख्नुहोस्