पुर्वि नेपालमा फेरी आन्दोलन


                                                                                                           – सञ्जीव चापागाई, झापा

लीम्वुवान राज्यको माग सहित पुर्वि नेपालमा आन्दोलनरत मञ्च सम्वद्ध संघिय लिम्वुवान राज्य परीषदले एक महिने नया आन्दोनल सुरु गरेको छ । सोहि क्रममा परिषदका कार्यकर्ताहरुले अरुण पुर्वका नौ जिल्लामा कालो झण्डा गाडेका छन। निर्णायक आन्दोलनका लागि भन्दै परिषदले थालेको सर्ंर्घसका कार्यक्रम अनुसार अरुण पुर्वका नौ वटा जिल्लाका विभिन्न स्थानमा ५ हजार वढी झण्डा गाडिएको परीषदले जनाएको छ ।
एकल राज्य संरचनाको विरोधमा आज जील्ला सदरमुकाम सहित प्रमुख सहरी क्षेत्रमा कालो झण्डा गाडीएको परीषदका प्रचार विभाग प्रमुख लोकसागर साम्वाले जानकारी दिनुभयो ।
परीषदले मंसिर २ गते सरकारलाई विभिन्न १० वुदे ज्ञापन पत्र वुझाउदै मंसिर १० गतेबाट निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको थियो ।सोहि अनुसार एक महिने नया कार्यक्रम सुरु गरीएकेा साम्वाले जानकारी दिनुभयो ।
परिषदको पुर्व निर्धारीत कार्यक्रम अनुसार मंसिर १४ गते राकेजुलुस गर्ने, १५ गते प्रस्तावीत लिम्वुवान क्षेत्र वन्द गर्ने र २९ गतेबाट अनिश्चितकालिन भोक हड्ताल गर्ने रहेका छन । लिम्वुवानका पक्षमा गरीने भोक हड्ताल पुर्वका ९ वटै जिल्लाका जिल्ला सदरमुकाम र राजधानी स्थित संविधानसभा भवन अगाडी गरीने प्रचारप्रमुख साम्वाले जानकारी दिनुभयो ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.