कुवेतमा लालीगुरांस साँस्कृतिक परिवार द्वारा नव वर्ष २०६८ मा भब्य कार्यक्रम गरिने


                                                                                                                    – राजु गुरुङ / कुवेत

कुवेतबासी नेपालीहरु माझ बिगत बिजया दशमीको उपलक्ष्यमा सफल सास्कृतिक कार्यक्रम गरी उत्साहित लाली गुरास सास्कृतिक परिवार द्वारा दोस्रो प्रस्तुती स्वरुप नेपाली नव वर्ष २०६८ को अवसर पारेर यही अप्रिल २०११ महिनामा प्रस्तुत गर्ने भएको छ। कार्यक्रममा सदा झै कुवेतबासी नेपालीहरु माझ चर्चित स्थानिय नेपाली कलाकार तथा नेपाली सांगीतिक फाँटमा जमेका कलाकारहरुको समायोजन रहने कुरा परिवारका शुत्रबाट थाहा भएको छ।
हाल सम्म कार्यक्रम आयोजना गरिने स्थान, मिती तथा समय नजनाइए पनि छिट्टै नै अर्को सुचना मार्फत जानकारी गरिने भएको छ। यसै सन्दर्भमा लालिगुरांस साँस्कृतिक परिवार द्वारा जारी गरिएको सार्वजनिक अपिल जस्ताको त्यस्तै:

लालिगुरांस साँस्कृतिक परिवारको  दोश्रो प्रस्तुती नेपाली नव बर्ष २०६८ “अप्रिल” २०११ मा

आदर्णीय कुवेतबासी दाजुभाई तथा दिदीबहिनीहरुमा लालिगुरास साँस्कृतिक परिवारको तर्फ बाट न्यानो मायाका साथै अभिबादन टक्रयाउदछौ| आखिर हामी जहाँ रहे पनि जुन दुनियाँमा रमाए पनि हामीले आफ्नो जन्मभूमी देशलाई कुनै पनि तहले भुल्न त अबश्य सक्दैनौ| हामीले हाम्रो यो निर्दोष छातीलाई खोलेर भन्न सक्छौ कि हामी नेपाली……………………….हामी नेपाली|
त्यस्तै गरी आफ्नो सस्कृति अनी आफ्नो परम्परालाई पनि हामी उत्तिकै माया गर्छौ| हामी नेपालीहरु! जहा गए पनि आफ्नो सस्कृतिलाई भुल्न त कहाँ नै सकिदो रहेछ र त्यसैलाइ मध्य नजर राखी अगाडि बढेको छ लालिगुरास साँस्कृतिक परिवार पनि, “हाम्रो सस्कृति हाम्रो परम्परा” भन्ने मूल नारा लिएर भर्खर मात्र तपाईंहरुको अपार माया अनी सहयोगले गर्दा बामे चाल्दै गैइरहेको लालिगुरास साँस्कृतिक परिवार तपाईंहरु सामु फेरी आउने जमर्को गरेका छौ| अगाडिका कुराहरुलाई सुधारदै तपाईंहरुको मायाको अंगालोमा बाधीदै र बिभिन्न संघ सस्थाहरु संग हातेमालो गर्दै हामीले कुवेत नगरिमा रहनुहुने प्रबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई भरपुर मनोरन्जन दिनको लागि फेरी नेपाली नव बर्ष २०६८ अथवा अप्रिल महिनामा भब्य साँस्कृतिक कार्यक्रम तपाईंहरु सामु लिएर आउने जमर्को गरेका छौ|त्यसको लागि हामी लालिगुरास साँस्कृतिक परिवार अहिले बाट नै हामी कम्मर कसेर लागेको सहर्स जानकारी गराउनुका साथै हामी लालिगुरास साँस्कृतिक परिवार यहाँ कुवेत नगरिमा जती पनि संघ सस्थाहरु आबद्ध रहनु हुने बुद्धीजिबी बर्गहरु सँग दुई हात जोडी त्यस कार्यक्रमको दिन कुनै पनि  कार्यक्रम नजुधाइ आफ्नो – आफ्नो ठाउँबाट सहयोगको हातहरु फिजाइ मानबताको गुण र नेपालीको मर्यादा राखिदिनु हुन बिनम्र अनोरोध गर्दछौ| धन्यबाद!!!

लालिगुरांस साँस्कृतिक परिवार, नेपाल/कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.