कुवेतको पहिलो नेपाली अनलाईन पत्रिका

सिक्किम पुग्यो जब जब माया बस्छ

Advertisements

काठमाडौं/ नयाँ नेपाली फिल्म जब जब माया बस्छ गीत सुटिङका लागि बिहीबार सिक्किम पुगेको छ । विजय थापाको निर्देशनमा मणिराम पौडेल निर्माता रहेको यस फिल्मका केही गीत सिक्किमका विभिन्न रमणीय स्थलमा खिचिने निर्माण पक्षले जनाएको छ ।

जब जब माया बस्छभन्दा अघि दाग नमेटिएको घाउ नामक फिल्म निर्माण गरेका निर्माता मणिरामले आफूहरू झन्डै दुई साता सिक्किममा रहने बताएका छन् । बाँकी सिन राजधानी र पोखरालगायतका स्थानमा छायांकन गरिने बताइएको यो फिल्ममा रेखा थापा, सिर्जना बस्नेत, जीवन लुइँटेल, रेशम लामालगायतका कलाकार छन् ।भजनका साथ सम्मान

ललितपुर/ विश्व शान्ति भगवत भजना श्रम ललितपुरले शुक्रबार आध्यात्मिक तथा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

श्री पञ्चमुखी महादेव पुनस्र्थापनाको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा कला, संगीत तथा आध्यात्मिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा अल्का अस्पतलाका अध्यक्ष कुमार थापाले कला तथा सांगीतिक क्षेत्रमा योगदान पुर्‍याउने कलानिधि इन्दिरा संगीत महाविद्यालयकी अध्यक्ष इन्दिरा श्रेष्ठ, संगीत प्रवीण मोहनप्रसाद जोशी, सपना श्रेष्ठ, धनबहादुर गोपाली, रामचन्द्र अञ्जानलगायतलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए । कार्यक्रममा भजनगायक बाबुकृष्ण श्रेष्ठ र मैया श्रेष्ठले शीवजीको ताण्डव नृत्यमा आधारित भजन गाएका थिए । कार्यक्रममा गायिका निशा देसार, मोहनप्रसाद जोशी, राजेश गुरुङलगायतले धार्मिक गीत प्रस्तुत गरेका थिए ।

Posted by : Narayan Nepal                                                       Source : Naya Patrika

Advertisements

Advertisements