प्लेब्वाइको सन्देश टिनएजर्सलाई


 भुटानी शरणार्थीहरूको ध्यान तेस्रो मुलक पुनर्वासतर्फ केन्दि्रत भैरहँदा केदार उप्रेतीलाई चलचित्र निर्माणको चटारो छ । निकट भविष्यमै तेस्रो मुलुकतर्फ लाग्ने निश्चय  गरेका शरणार्थी सेलिब्रेटी उप्रेतीले शिविरभित्रकै सेरोफेरोमा चलचित्र निर्देशन गर्न भ्याएका छन् । ‘हामी त पुनर्वासमा जान्छौं,’ भर्खरै छायांकन सकिएको चलचित्र प्लेब्वाइका  निर्देशक उप्रेतीले भने, ‘तर नेपालीजनलाई शिविरको चिनो तयार पारेका छौं ।’ ‘प्लेब्वाइ’ ले दर्शकलाई गहन सन्देश दिने बताइएको छ । चलचित्रका लेखक लाक्पा मोक्तान  भन्छन्- ‘प्लेब्वाइको मिसन शिविरभित्र मौलाइरहेको यौन अराजकतालाई न्यूनीकरण गर्ने हो ।’ मोक्तानका अनुसार टिनएजमा हुने अस्थिर स्वभावले भविष्यलाई अन्धकार  बनाउने कथा प्लेब्वाइको हो । यो चलचित्रले लागूऔषध तथा असुरक्षित यौनले प्राणघातक रोग निम्त्याउने सन्देश बोकेको छ । एक घण्टाको ‘सर्टमुभी’ प्लेब्वाइमा भुटानी शरणार्थीका भोगाइहरू प्रतिविम्बित छन् । भूटानी शरणार्थीका भोगाइहरू र शरणार्थी जनजीवन झल्काउने दर्जनौं चलचित्र प्रदशर् नमा आएपनि तिनले के कति औचित्य सिद्ध गरे त्यसको लेखाजोखा छैन । तर, निर्माणाधिन चलचित्र प्लेव्वाई चाहि सार्थक चलचित्र हुने निर्माणपक्षको दाबी छ । मोरङको  भुटानी शरणार्थी शिविर शनिश्चरे र आसपासका उर्लाबारी, पथरीलगायतका स्थानमा छायांकन गरिएको चलचित्र प्लेब्वाइलाई आगामी पुसभित्र प्रदर्शनमा ल्याइने निर्माण  पक्षले जनाएको छ ।

Posted by : Narayan Nepal                                          Source eKantipur/Saptahik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.