दाङ, मंसिर ११। दाङको तुलसीपुर ५ का एक बाबुले आफ्नै छोरीमाथी यौन शोषण गर्दै आएको रहस्य खुलेको छ । ३५ वर्षीय रामबहादुर बिकले आफ्नी १५ वर्षीया एक छोरीलाई २०६७ असारबाट यौन शोषण गर्दै आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको हो ।
पीडित बालिका गत मंसिर तीन गते राती भागेर माइजु टिका बिकको घरमा पुगी घटना’bout जानकारी गराएपछि माइजुले दिएको जाहेरीका आधारमा प्रहरीले बिकलाई प्रक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरमा शनिबार विहान आयोजित पत्रकार सम्मेलनमा बिकले आफूले छोरीलाई यौन शोषण गरेको स्वीकार गरेका छन् । गत असारमा श्रीमती बैदेशिक रोजगारका लागि साउदीअरब गएपछि आफूले छोरीमाथी यौन शोषण सुरु गरेको उनले बताएका छन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख जिबन बुढाथोकीका अनुसार आरोपीत बिकलाई मंसिर आठ गते नै पक्राउ गरीए पनि अनुसन्धानपछि शनिबार मात्र पत्रकार सम्मेलन गरी सार्बजनिक गरीएको हो । बिकलाई हाडनाता करणी सम्बन्धी मुद्दा दर्ता गरीने बुढाथोकीले जानकारी दिनुभयो । बिकका २ छोरी र १ छोरा छन् ।
Posted by : Narayan Nepal Source : Weeklynepal
yesto kesh ko sajaye bhaneko khukurile gala retera marine kanun hunu parchha natra kunai karbahinai nahune hunu parchha. yo bhanda thulo apradh ke huna sakchha ra? tesaile yeslai jel chalan hoina sworga chalan garnu parchha.