Daily Archives: 27/11/2010

आफ्नै छोरीलाई यौन शोषण गर्ने बाबु पक्राउ


दाङ, मंसिर ११। दाङको तुलसीपुर ५ का एक बाबुले आफ्नै छोरीमाथी यौन शोषण गर्दै आएको रहस्य खुलेको छ । ३५ वर्षीय रामबहादुर बिकले आफ्नी १५ वर्षीया एक छोरीलाई २०६७ असारबाट यौन शोषण गर्दै आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको हो ।

पीडित बालिका गत मंसिर तीन गते राती भागेर माइजु टिका बिकको घरमा पुगी घटना’bout जानकारी गराएपछि माइजुले दिएको जाहेरीका आधारमा प्रहरीले बिकलाई प्रक्राउ गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

प्लेब्वाइको सन्देश टिनएजर्सलाई


 भुटानी शरणार्थीहरूको ध्यान तेस्रो मुलक पुनर्वासतर्फ केन्दि्रत भैरहँदा केदार उप्रेतीलाई चलचित्र निर्माणको चटारो छ । निकट भविष्यमै तेस्रो मुलुकतर्फ लाग्ने निश्चय  गरेका शरणार्थी सेलिब्रेटी उप्रेतीले शिविरभित्रकै सेरोफेरोमा चलचित्र निर्देशन गर्न भ्याएका छन् । ‘हामी त पुनर्वासमा जान्छौं,’ भर्खरै छायांकन सकिएको चलचित्र प्लेब्वाइका  निर्देशक उप्रेतीले भने, ‘तर नेपालीजनलाई शिविरको चिनो तयार पारेका छौं ।’ ‘प्लेब्वाइ’ ले दर्शकलाई गहन सन्देश दिने बताइएको छ । चलचित्रका लेखक लाक्पा मोक्तान  भन्छन्- ‘प्लेब्वाइको मिसन शिविरभित्र मौलाइरहेको यौन अराजकतालाई न्यूनीकरण गर्ने हो ।’ मोक्तानका अनुसार टिनएजमा हुने अस्थिर स्वभावले भविष्यलाई अन्धकार  बनाउने कथा प्लेब्वाइको हो । यो चलचित्रले लागूऔषध तथा असुरक्षित यौनले प्राणघातक रोग निम्त्याउने सन्देश बोकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

वैद्य हावी, भट्टराई सुदृढ, दाहाल कमजोर


पालुङटार, मंसिर ११ -माओवादीभित्र चर्चित भनाइ छ, पुष्पकमल दाहाल भनेको आगोको त्यस्तो ‘प्रचण्ड’ राप हो, जोसँग ठोक्किदा कि जलेर नष्ट भइन्छ, कि विलय। ०४८ सालको एकता महाधिवेशनयता पार्टीभित्र दाहाल साँच्चिकै ‘प्रचण्ड राप’झैं देखिए। जनयुद्ध सुरु नहुँदै दाहालले रामबहादुर थापालाई सांस्कृतिक कारबाहीमा पारे। १० वर्षे जनयुद्धका क्रममा उनीसँग बाबुराम भट्टराईका आधा दर्जनभन्दा बढी वैचारिक घम्साघम्सी परे। अन्ततः उनले पनि ०६२ असोजको चुनवाङ बैठकमा आफू दाहालमा विलय भएको स्वीकारे। दाहालसँग अन्तरविरोध राख्ने कैयन नेता कि पार्टी छाडेर हिँडेका छन्, कि जिम्मेवारविहीन। पढ्नेक्रम जारी राख्नुहोस्

मन्दिका परीयारको लागि संकलन गरेको सहयोग रकम हस्तान्तरण


नबराज पन्थी,

कुबेत नोवेम्बर २६ सुक्रबार- रोजगारीको शिलशिलामा खाडी मुलुक कुबेत आइ  घरेलु कामदारको रुपमा कार्यरत बसाहा ५ हातिसार उदयपुर घर भएकी मन्दीका परियार बिगत ८ महिना देखि ब्लड क्यान्सरको बिमारी परि कुबेतको सबाह अस्पतालमा उपचार गराइरहेकी थिइन । मन्दीका परियारलाई सहयोग गर्ने उद्देस्यले जनजागृती युवा समाज कुबेतले मन्दीका परियार सहयोग अभियान चलाई संकलन भएको रकम नेपाली दुताबास कुबेतका सचिब पुस्पराज भट्टराई मार्फत सुक्रबार पिडित मन्दीका परियारलाई हस्तान्तरण गरेकोछ ।मालिया स्थित सगरमाथा रेस्टुरेन्टमा आयोजित कार्यक्रममा दुताबास सचिब पुस्पराज भट्टराईले मन्दीकालाई सहयोग गर्न अभियान चलाई सरानिय काम गरेकोमा जनजागृती युवा समाजलाई धन्यबाद दिदै पिडित मन्दीकाको सिघ्र स्वास्थ्य लाभको  कामना गर्नु भयो । भने समाजका अध्यक्ष दिपक क्षेत्रीले आफुहरुको अभियानमा हातमा हात मिलाई सहयोग गर्ने ब्याक्ति संघ सस्था सबैलाई  धन्यबाद ब्यक्त गर्नु भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

मनीषाको दाम्पत्य जीवन धरापमा ?


अश्विनी कोइराला,

गत शुक्रबार फेसबुकमा आफ्नो वैवाहिक जीवनमा समस्यामा परेको स्टाटस मेटाए पनि उनीहरूको पारिवारिक समस्यामा भने सुधार नआएको उनीहरूको व्यवहारले दे खाएको छ। दसैंमा माइती आएपछि मनीषा बुढानीलकण्ठस्थित आफ्नो घरमा एकपटक मात्र पुगेकी थिइन्। ‘माइतीमा बस्नु नराम्रो होइन, तर र्फकंदा उनले बुढानीलकण्ठमा  भएका आफ्ना सबैजसो सामग्री माइतीमा ल्याएकी थिइन्।’ पारिवारिक स्रोतले साप्ताहिकसँग भन्यो, ‘सबै सामग्रीसहित माइती आउनुचाहिँ केही असजिलो दृश्य थियो।’  त्यसबेला उनका नजिकका आफन्तले उनी लामो समय माइतीमै बस्ने हिसाबले आएको अनुमान गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

सिक्किम पुग्यो जब जब माया बस्छ


काठमाडौं/ नयाँ नेपाली फिल्म जब जब माया बस्छ गीत सुटिङका लागि बिहीबार सिक्किम पुगेको छ । विजय थापाको निर्देशनमा मणिराम पौडेल निर्माता रहेको यस फिल्मका केही गीत सिक्किमका विभिन्न रमणीय स्थलमा खिचिने निर्माण पक्षले जनाएको छ ।

जब जब माया बस्छभन्दा अघि दाग नमेटिएको घाउ नामक फिल्म निर्माण गरेका निर्माता मणिरामले आफूहरू झन्डै दुई साता सिक्किममा रहने बताएका छन् । बाँकी सिन राजधानी र पोखरालगायतका स्थानमा छायांकन गरिने बताइएको यो फिल्ममा रेखा थापा, सिर्जना बस्नेत, जीवन लुइँटेल, रेशम लामालगायतका कलाकार छन् । पढ्नेक्रम जारी राख्नुहोस्