९ मंसिर, काठमाडौं । उत्तरी भारतको एक परिषद्ले अविवाहित महिलालाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्द लगाउने निर्णय गरेको छ । अविवाहित युवायुवतीले मोवाइल फोनको दुरुपयोग गर्ने र गलतरुपमा प्रयोग गर्ने भएकाले सो निर्णय गरिएको हो ।
अत्यधिक मात्रामा मोबाइल फोनको प्रयोग गरी नमिल्दो जातमा विवाह गरेको र सञ्चारका रूपमा यो साधनको दुरुपयोग गरेको भन्दै त्यहाँ यस्तो फोनको प्रयोगमा विशेषगरी अविवाहित महिलालाई प्रतिबन्द लगाउने निर्णय गरेको समाचारमा उल्लेख गरिएको छ ।
उत्तर प्रदेशस्थित बालियान काउन्सिलले करिब २३ जना यस्ता नवदम्पतीले उनीहरूका आमाबुबाको इच्छाबीपरीत नै भागेर गतवर्ष विवाह गरेको कारण देखाउँदै यस्तो फोन प्रयोगमा रोक लगाउने निर्णय गरेको स्रोतले जानकारी दिएको हो । समाचारमा उल्लेख गरिए अनुसार मोबाइल फोनबाटै ती दम्पतीले पोइल जाने योजना बनाएका थिए र त्यसै कारण युवायुवतीलाई यस्तो कार्यबाट रोक्नका लागि यसको प्रयोगमा नै प्रतिबन्द्व लगाउने निर्णय गरिएको हो ।
भारतका कतिपय गाउँका अहिले पनि अन्तरजातीय विवाहलाई प्रतिबन्धित नै गरिएको छ । परिवारको इज्जत धान्नका लागि भन्दै कतिपय यसरी अन्तरजातीय रूपमा माया प्रेममा प्रेमीहरूको आत्महत्या नै हुने गरेको छ । तर सो गाउँमा केटा मान्छेले भने मोबाइल फोन प्रयोग गर्न पाउने निर्णय गरिएको छ ।
Posted by: Raju Gurung