Daily Archives: 26/11/2010

नग्न बिहेको आलोचना


कसैलाई थाहा नदिई सुटुक्क नग्न बिहे गरेका जोडीको खोजी चीनका प्रहरी अधिकारीहरुले गरिरहेका छन् । तिनको मुख्य दोष थियो- बिहे नाङ्गै गर्नु । त्यस्तो क्रियाकलापलाई प्रहरीले बौलाहापनको हद मानेका छन् ।

नाङ्गै बिहे गरेको भनी अखबारमा तश्वीरसमेत प्रकाशन भएपछि प्रहरीहरु अप्ठेरोमा परेका हुन् । पछिल्लो समयमा चीनमा पश्चिमे शैली र नक्कल बढ्दै गरेको भन्दै त्यस्ता किसिमका क्रियाकलापमाथि रोक लगाउन प्रहरीहरु लागिपरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

“नायिकालाई राम्रो नजरले हेर्दैनन्”


सुशील पौडेल,

काठमाडौ, मंसिर १० – दसौं फिल्म खेलेर पनि आफूलाई चिनाउन नपाएका कलाकारका लागि दुई फिल्मबाटै चर्चा बटुल्न सफल नायिका रञ्जिता गुरुङ भाग्यमानी हुन सक्छिन् ।

रञ्जिताले खेलेका दुई फिल्ममध्ये ‘गोर्खा पल्टन’ चलिरहेको छ भने प्रदर्शन भई नसकेको ‘दसगजा’ च्यारिटी शोमै रमाइरहेको छ । तर पनि पुसमा भर्खर २२ टेक्दै गरेकी बाटुले गोह्रो अनुहारकी उनी आफूलाई नायिका भनिहाल्न भने रुचाउँदिनन्, भलै उनले ‘गोर्खा पल्टन’मा गायकबाट नायक बनेका प्रशान्त तामाङको जोडीका रूपमा देखिएकी थिइन् भने ‘दसगजा’मा नायक नवल खड्काकी । पढ्नेक्रम जारी राख्नुहोस्

एक छिन हासौ…….!


केही funny SMS हरु!

1) Do U know the full form of COLLEGE?

Come on let’s love each girl equally, that’s why boys go to college regularly….

2) Who said English is so easy??? Fill in the blank with YES or No…    

 i…………..I don’t have brain.

II…………..I don’t have sense.

III………………I am stupid.

3) At this moment in time 10 million people are having sex, 5 million people are drinking coffee, 100 million people are sleeping & 1 stupid is reading my SMS! पढ्नेक्रम जारी राख्नुहोस्

अविवाहित महिलालाई मोबाइल फोन प्रतिबन्ध!!!


९ मंसिर, काठमाडौं ।  उत्तरी भारतको एक परिषद्ले अविवाहित महिलालाई मोबाइल फोन प्रयोग गर्न  प्रतिबन्द लगाउने निर्णय गरेको छ ।  अविवाहित युवायुवतीले मोवाइल फोनको दुरुपयोग गर्ने र गलतरुपमा प्रयोग गर्ने भएकाले सो निर्णय गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

८ बिघा गाँजाखेती नष्ट


रोशन पराजुली, (सरिखेत, मकवानपुर), मकवानपुरको सरिखेत गाविसमा गैरकानुनी रुपमा किसानहरुले लगाएको गाँजाखेती प्रहरीले बुधबार फँडानी गरेर नष्ट गरिदिएको छ। जिल्ला प्रहरी कार्यालयबाट गएको मिसन टोलीले सो क्षेत्रका करिब ८ बिघा क्षेत्रफलमा रहेको गाँजाखेती नष्ट गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

होसियार, यसरी लुटिनु होला है !


– Salokya

इमेल तपाईँहरु पक्कै चलाउनु हुन्छ होला। तर अलिकति ध्यान पुर्‍याउनु भएन भने तपाईँको इमेलको पासवर्ड तपाईँले थाहै नपाइकन चोरेर त्यसमा रहेका तपाईँका सामाग्री लुटिन सक्छन्। त्यतिमात्र हैन, अफ्रिकाको कुन चाहिँ सहरमा ‘अलपत्र परेँ, पैसा पठाउनुस् न’ भन्दै पैसा मागेको इमेल तपाईँको इमेलबाट तपाईँका साथीहरुलाई जान सक्छ। यसरी पासवर्ड चोर्नेहरु निकै चलाख हुन्छन्, तपाईँले चलाउँदै आएको इमेल सेवाले पठाएको जस्तो गरी इमेल पठाउन सक्छन्। आज मलाई यस्तै एउटा इमेल जीमेलमा आयो।
हेर्ने बित्तिकै मैले थाहा पाइसकेको थिएँ-यो नक्कली इमेल हो, फिसिङ गर्ने। अरु बेला भए म यसलाई वास्ता नगरी डिलिट गरिदिन्थेँ। तर आज अलिकति समय बिताएर यस’bout थाहा नभएकाहरुलाई सचेत गराउन मन लाग्यो। पढ्नेक्रम जारी राख्नुहोस्