बाघ सम्मेलनबाट प्रधानमन्त्री स्वदेश फर्किए


कान्तिपुर संवाददाता,

काठमाडौ, मंसिर ९ – प्रधानमन्त्री माधवकुमार नेपाल रुसको सेन्ट पिटसवर्गमा आयोजित विश्व बाघ संरक्षण शिखर बैठकमा भाग लिई बुधबार स्वदेश फकिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरागर्दै प्रधानमन्त्री नेपालले आफ्नो भ्रमण अत्यन्त सफल रहेको बताए । यसबाट नेपाल र रुसबीचको अत्यन्त पुरानो मैत्री सम्बन्ध अझै प्रगाढ भएको बताएका छन् ।वन्यजन्तु संरक्षण, जलवायु परिवर्तन र बाघको संरक्षणमा एकीकृत प्रयासका लागि बाघ सम्मेलनले ऐतिहासिक सफलता पाएको उनको भनाइ थियो ।

आफूले रुसी महासङ्घका प्रधानमन्त्री भ्लादिमिर पुटिनसागको शिष्टाचार भेटमा पुटिनलाई नेपाल आउने निम्तो दिएको समेत प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री पुटिनले उपयुक्त समयमा नेपाल आउने वचन दिएको जानकारी दिंदै प्रधानमन्त्री नेपालले भने, ‘यसका लागि औपचारिकपत्र चाँडै नै पठाइनेछ ।’

नेपाल र रुसबीचको सम्बन्ध अझै प्रगाढ बनाउन परराष्ट्र मन्त्रालयले सन्  १९९५ मा समझदारीपत्र तयार भएको चर्चा गर्दै प्रधानमन्त्री नेपालले भने, ‘सो पत्र हस्ताक्षर गर्न औपचारिकरुपमा अगाडि बढाइनेछ ।’

नेपालमा रुसी सरकारबाट ऊर्जा र पर्यटनको क्षेत्रमा लगानीको सम्भावनाको विषयमा समेत भेटको क्रममा वार्ता भएको उल्लेख गरे । प्रधानमन्त्रीले चितवन राष्ट्रिय निकुञ्जलाई थप विकसित गर्ने विषयमा पनि प्रधानमन्त्री पुटिनसँग कुराकानी भएको बताए ।वर्तमान राजनीति’bout टिप्पणी गर्दै उनले भने, ‘माओवादीको विस्तारित बैठकमा मुलुकमा चलिरहेको शान्तिप्रक्रिया संविधान निर्माणप्रति विश्वसनीय थप प्रतिबद्धता आउने विश्वास छ  ।’

Posted by : Narayan Nepal                                                              Source : eKantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.