डायसलाई गुरुदक्षिणा दिए नेपाली क्रिकेट टोलीले


अजय फुयाल,

ग्वाङझाउ, मंसिर ९- नेपाली राष्ट्रिय क्रिकेट टोलीका श्रीलंकाली प्रशिक्षक रोय लुक डायसका लागि बुधबारको दिन विशेष स्मरणीय रह्यो। राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा अन्तिम म्याच खेल्दा बुधबार ग्वाङझाउ एसियाडको क्वार्टरफाइनलमा डायसको प्रतिद्वन्द्वी संयोगवश उनकै देश श्रीलंका थियो।

आफ्नै देश प्रतिद्वन्द्वी हुनुमात्र विशेष पक्ष थिएन। क्रिकेटमा भर्खरै विकासको बाटोतर्फ अग्रसर नेपालका अगाडि टेस्ट खेल्ने श्रीलंका मैदानमा हुनु ठूलै चुनौतीको विषय थियो। सायद त्यसैले नेपाली टोलीलाई बुधबार ग्वाङडङ क्रिकेट रंगशालामा कुनै दबाब पनि थिएन। धेरै माथिल्लो स्तरको प्रतिद्वन्द्वीसँगको खेलमा पनि डायसको नेपाली टोली बहादुरीपूर्वक प्रस्तुत भएर प्रतिस्पर्धात्मक पराजयको हकदार बन्यो।  नेपालका लागि अन्तिम खेल, विपक्षी आफ्नै देश अनि नेपाली टोलीको उच्च प्रदर्शन, डायसका लागि विदायी सुखद बनाउन सायद खेलाडीहरुले दिएको गुरुदक्षिण थियो त्यो। टस जितेर व्याटिड रोजेको नेपालले निर्धारित २० ओभरमध्ये १९.४ ओभर खेलेर पूरा विकेट गुमाउदै ७२ रन बनाएको थियो। जवाफमा ७३ रनको लक्ष्यलाई सहज सम्झेर व्याटिडमा उत्रेको श्रीलंकालाई पूरा खेलअवधीभर दवावमा राख्दै १८.५ ओभरसम्म तडपाइरहनु बुधबार नेपाली टोलीको सफलता थियो।

थुप्रै श्रीलंकाली समर्थक र उल्लेख्य संख्यामा उपस्थित संचारकर्मीसामु नेपाली टोलीले यस्तो बहादुरी देखाउनु डायसका लागि थप सुखद पक्ष थियो। ‘सायद यो मेरो राम्रो विदाई हो। हारेपनि आज हाम्रो टिमले धेरै राम्रो खेल्यो। आजको खेल हेर्न थुप्रै श्रीलंकाली समर्थक र संचारकर्मीहरु आएका थिए। खेल सकिनेबित्तिकै श्रीलंकाली टेलिभिजनहरुले मेरो अन्तरवार्ता लिए। सबैले मेरो कामको प्रसंसा गरे,’ नेपाली क्रिकेटमा १० वर्ष बिताएपछि अब विदा हुने तयारीमा रहेका डायसले नागरिकसँग भने, ‘प्रशिक्षकका रुपमा नेपाली टोलीबाट यो मेरो अन्तिम खेल हो जहाँ श्रीलंकाली संचार माध्यमको राम्रो उपस्थिती थियो र टिमले राम्रो खेल्यो। मेरा लागि यो धेरै खुसीको विषय हो।’

२००१ मा नेपाल आएका डायसको सम्झौता नवीकरण नगर्ने विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले निर्णय गरिसकेकाले एसियाड उनको लागि अन्तिम प्रतियोगिता थियो। १० वर्षे कार्यकालमा आफ्नो नेतृत्वमा नेपाली क्रिकेटले विकास गरेको बताउँदै उनले आगामी दिनमा आउने प्रशिक्षक आफूभन्दा राम्रो हुनुपर्ने विचार राखे। उनले भने, ‘नयाँ आउने प्रशिक्षक मभन्दा राम्रो होस् र मैले भन्दा नेपाली क्रिकेटका लागि राम्रो योगदान गरोस मेरो त्यही सुभकामना छ। प्रशिक्षकका रुपमा नरहेपनि नेपाली क्रिकेटलाई माया गर्ने व्यक्तिका रुपमा म सँधै सक्रिय रहनेछु।’

भविश्य’bout तत्काल निर्णय गरिनसकेपनि आगामी दिनमा श्रीलंका फर्केर श्रीलंकाली क्रिकेट बोर्डमा काम गर्ने योजना बनाएका उनी नेपाली प्रशिक्षकका रुपमा आफुलाई सफल मान्छन्। ‘म आउँदा नेपाली क्रिकेट धेरै तल थियो। मैले धेरै सुधार गरेको जस्तो लाग्छ। मैले नेपाली क्रिकेट विकासका लागि केही न केही योगदान गरेको छु जस्तो लाग्छ। म यसैमा गौरवान्वित छु,’ उमेर समूहमा नेपाललाई एसियाली महारथीका रुपमा स्थापित गरेका डायस भन्छन, ‘सिनियरका हकमा भने उमेरसमूहमा जस्तो सहज हुदैन। सिनियर टोलीमा धेरै देशले भारत र पाकिस्तानका खेलाडी भित्रयाएका छन्। जुन उमेरसमूहमा कम छ।’

राष्टिय टोलीले अपेक्षित सफलता नपाउनुमा नेपाली घरेलु क्रिकेटको संरचनाका साथै एसियाली क्रिकेट परिषद (एसिसी) को क्यालेन्डरलाई पनि डायस दोशी देख्छन। ‘सिनियर स्तरमा यहाँ धेरै प्रतियोतिगा नै हुदैनन। त्यसैले खेलाडीले पर्याप्त खेल्ने मौका नै पाउदैनन। यस्तो अवस्थामा विकास गर्न गाह्ो हुन्छ,’ डायसले भने।

नेपाली टोलीका कप्तान पारस खडकाले डायस एउटा राम्रो प्रशिक्षक भएको र नेपाली क्रिकेटका लागि योगदान गरेका व्यक्ती भएको बताए। उनले विदाईका बेला टोलीले उनलाई राम्रो प्रदर्शन उपहार दिएको पनि बताए।

Posted by: Narayan Nepal                                                              Source : Nagariknews

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.