पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग २ विकेटले पराजित भएपछि क्वाटरफाइनबाटै बाहिरियो
काठमाडौं, ८ मंसिर
चीनको गोन्जाउमा जारी १६ औं एसियाडमा बक्सिङमा नेपाली खेलाडी दीपक महर्जनले कांस्य पदक हात पोका छन् । बुधबार भएको खेलमा उनी भारतीय बक्सर दिनेश कुमारसँग पराजित भएर कांस्य पदक हात पोका हुन । १६ औं एसियाडमा यो पदक नेपालको लागि पहिलो हो । यस अघि मच्छेगाउँका दीपकले थाइ च्याम्पियन सुकुम क्रिनगकाइलाई हराउँदै सेमीफाइनल प्रवेश गरेका थिए । सेमीफाइनल यात्रा तय गरेपछि कम्तीमा कांस्य जित्ने निश्चित थियो ।
त्यसै गरि चीनको ग्वान्झाओमा जारी एसियाड पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग २ विकेटले पराजित भएपछि क्वाटरफाइनबाटै बाहिरिएको छ । बुधबार भएको तेस्रो खेलमा नेपालले टस जितेर पहिला व्याटिङ्ग गरेको नेपालले सवै विकेट गुमाएर ७२ रन बनाएको थियो । भने श्रीलंकाले उक्त लक्ष १८ ओभर ५ बलमा ८ विकेट गुमाइ भट्टायो । यसअघि नेपाली महिला क्रिकेट टोली पनि आफ्नो समूह चरणबाटै बाहिरिसकेको छ ।
Posted by: Raju Gurung