Daily Archives: 25/11/2010

एसियाडमा दिपकलाई कांस्य पदक


पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग २ विकेटले पराजित भएपछि क्वाटरफाइनबाटै बाहिरियो
काठमाडौं, ८ मंसिर

चीनको गोन्जाउमा जारी १६ औं एसियाडमा बक्सिङमा नेपाली खेलाडी दीपक महर्जनले कांस्य पदक हात पोका छन् । बुधबार भएको खेलमा उनी भारतीय बक्सर दिनेश कुमारसँग पराजित भएर कांस्य पदक हात पोका हुन । १६ औं एसियाडमा यो पदक नेपालको लागि पहिलो हो । यस अघि मच्छेगाउँका दीपकले थाइ च्याम्पियन सुकुम क्रिनगकाइलाई हराउँदै सेमीफाइनल प्रवेश गरेका थिए । सेमीफाइनल यात्रा तय गरेपछि कम्तीमा कांस्य जित्ने निश्चित थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा फुटबल प्रतियोगिता सम्पन्न, झापाली टोली बिजयी


ध्रुब रिमाल, दोहा

यो साता दोहा फुटबलमय भएको थियो विश्व फुटबल महाशक्ति राष्टहरु ब्राजिल  र अर्जेन्टिना बीच  मैत्रीपुर्ण खेल दोहाको खलिफा रंगशाला मा भएको थियो जसको सयौ नेपाली सहित ६५००० हजार दर्शकहरुले प्रत्यक्षरुपमा  हेरेर मजा लिएका थिए ! नेपालीहरुको सबै भन्दा लोकप्रिय खेल फुटबल हो भनेर कसै लाइ भनि रहन पर्दैन ! नेपालीहरु जहाँ हुन् देश, विदेश खेलेर आनन्द लिन्छन, ! बकरी इदको लामो छुट्टी को अवसरमा माउन्ट एभरेष्ट यूथ क्लब दोहा, कतार लेदोहामा प्रवाशी नेपालीहरु बीच खुला अन्तर नेपाली फुटबल प्रतियोगिता २०१० शान्ति पूर्णरुपमा सम्प्पन्न गरेको छ ! पढ्नेक्रम जारी राख्नुहोस्

डायसलाई गुरुदक्षिणा दिए नेपाली क्रिकेट टोलीले


अजय फुयाल,

ग्वाङझाउ, मंसिर ९- नेपाली राष्ट्रिय क्रिकेट टोलीका श्रीलंकाली प्रशिक्षक रोय लुक डायसका लागि बुधबारको दिन विशेष स्मरणीय रह्यो। राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा अन्तिम म्याच खेल्दा बुधबार ग्वाङझाउ एसियाडको क्वार्टरफाइनलमा डायसको प्रतिद्वन्द्वी संयोगवश उनकै देश श्रीलंका थियो।

आफ्नै देश प्रतिद्वन्द्वी हुनुमात्र विशेष पक्ष थिएन। क्रिकेटमा भर्खरै विकासको बाटोतर्फ अग्रसर नेपालका अगाडि टेस्ट खेल्ने श्रीलंका मैदानमा हुनु ठूलै चुनौतीको विषय थियो। सायद त्यसैले नेपाली टोलीलाई बुधबार ग्वाङडङ क्रिकेट रंगशालामा कुनै दबाब पनि थिएन। धेरै माथिल्लो स्तरको प्रतिद्वन्द्वीसँगको खेलमा पनि डायसको नेपाली टोली बहादुरीपूर्वक प्रस्तुत भएर प्रतिस्पर्धात्मक पराजयको हकदार बन्यो। पढ्नेक्रम जारी राख्नुहोस्

बाघ सम्मेलनबाट प्रधानमन्त्री स्वदेश फर्किए


कान्तिपुर संवाददाता,

काठमाडौ, मंसिर ९ – प्रधानमन्त्री माधवकुमार नेपाल रुसको सेन्ट पिटसवर्गमा आयोजित विश्व बाघ संरक्षण शिखर बैठकमा भाग लिई बुधबार स्वदेश फकिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरागर्दै प्रधानमन्त्री नेपालले आफ्नो भ्रमण अत्यन्त सफल रहेको बताए । यसबाट नेपाल र रुसबीचको अत्यन्त पुरानो मैत्री सम्बन्ध अझै प्रगाढ भएको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मोटरसाइकल ठोक्किदा दुईको मृत्यु


अमन कोइराला,

सर्लाही, मंसिर ९ – पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डम पर्ने नवलपुरमा बिहीबार बिहान बिपरीत दिसावाट आएका दुई मोटरसाइकल आपसमा ठोक्कींदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते छन् ।

बा.३८.प २८९६ नम्बरको मोटरसाइकल र बा.४१.प ८३ नम्बरको मोटरसाइकल बिहान साढे ४ बजे नवलपुर र लालबन्दीको बीचमा आपसमा ठोक्कीएर दुर्घटनाग्रस्त भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्