११ वर्षमा आयो छोराको खबर, ६ वर्ष अगाडिनै सहिद?


कृष्ण आचार्य,

पालुङटार -गोरखा, माओवादी विस्तारित बैठक पालुङटारमा नभएको भए ११ वर्षअघि बेपत्ता भएका विकास गन्धर्वकी आमाले वर्षौं सम्म पनि छोराको अवस्था सायदै थाहा पाउँथिन् । उनका लागि ‘माओवादी प्लेनम’ छोराको खबर लिएर आउने ‘हुलाकी’ पो बन्यो ।

बैठकमा सहभागी हुन आएका प्रतिनिधिबाट समुन्द्राकुमारीले बेपत्ता छोरा’bout थाहा पाइन् तर त्यो खबर दुःखद थियो । छिमेकी घरमा बसेका बैठक माओवादी प्लेनम प्रतिनिधि अर्जुन लिम्बूले गोरखाका गन्धर्व थरका साथी’bout कुरा गरे र फोटो देखाए । त्यो फोटो विकासको थियो ।

नौ महिना गर्भमा राखेर जन्माई/हुर्काएको छोराको मृत्युको खबर कसरी पो सहन सक्छिन् आमाले ? जब अर्जुनले आफूसँगै युद्धमा गएका विकास सहिद बनेको बताए तत्कालै समुन्द्राकुमारी बेहोस भइन् । शनिबार साँझ बेहोस भएर अस्पतालमा उपचार गराई घर फर्केकी समुन्द्राले कान्तिपुरसँग भनिन्, ‘जुन कुरा वर्षौंदेखि मलाई माओवादी नेताले भनेनन् । सायद अहिले यहाँ बैठक नभएको भए छोराको अवस्था’bout थाहा नपाई मर्थे पो कि !’ जेहोस् उनले छोराको मृत्यु भएको छ वर्षपछि भए पनि थाहा पाइन् ।

‘कैयौंपल्ट माओवादी पार्टीलाई कहाँ छ भनेर सोधें । उनीहरूले न त मेरो छोरा’bout जानकारी दिए, न बेपत्ताको सूचीमा नै राखे,’ छोरा बितेको खबरपछि शनिबार साँझयता भोकै रहेकी उनले रुँदै भनिन्, ‘श्रीमान्ले छाडेको २० वर्ष भयो, बुढेसकालको सहारा त्यही एउटा छोरा थियो । आउँछ भन्ने आशा पालेर बसेकी थिएँ तर..!’घर परिवार र आफन्तमा यतिखेर रुवाबासी छ ।

विकास कक्षा ८ मा पढ्दै गर्दा १४ वर्षको उमेरमा ०५६ सालमा माओवादी बनी घरबाट निस्केका रहेछन् । समुन्द्राकुमारी एक छोरी र आमाका साथ पालुङटार-९ मा अर्काको घरमा बस्दै आएकी छन् । नातिको मृत्युको खबरले समुन्द्राकी आमासमेत अचेत अवस्थामा छिन् । दुवैलाई सामान्य उपचारपछि घर ल्याइएको छ ।

विकास ०६१ मा भोजपुरको झोवापोखरीको सशस्त्र प्रहरीको भिडन्तमा सहिद बनेका रहेछन् । भिडन्तमा पर्दा सेक्सन भाइस कमान्डर थिए रे । उनको छाती र पेटमा गोली लागी मृत्यु भएको सँगै युद्ध लडेका अर्जुनले जानकारी दिए । ‘विकासको परिवारलाई थाहा दिने वा नदिने भन्ने हाम्रो योजना थिएन । अहिले मलाई राखिएको घर पनि गन्धर्व थरको भएकाले कुरा निस्किएको हो,’ लिम्बूवान राज्य समितिका सदस्य उनले भने, ‘उनको घर र ठेगाना थाहा नभएर त्यतिबेला हामीले जाकारी गराएका थिएनौं । अहिले जसरी थाहा भयो, यो अकल्पनीय संयोग हो ।’ विकास’boutमा माओवादी तथा राज्य पक्षले कतै पनि तथ्यांक राखेको देखिएको छैन ।
‘आफन्त भन्ने कोही पनि छैन । एक दिन म आउँछु भनेर गएको छोरा फर्केन,’ भावविह्वल समुन्द्राले भनिन्, ‘माइती पनि छैनन् । आमालाई आफैंले पाल्दै आएकी छु । दाजुभाइले वास्ता गर्दैनन् । अब कसरी बाँच्ने हो ?’ उनीहरू चर्चले बनाइदिएको घरमा बस्दै आएका छन् । गन्धर्व परिवारको जग्गासमेत छैन ।

Posted by : Narayan Nepal                                                   Source : ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.