जापानद्वारा १ करोड ४० लाख सहयोग


काठमाडौं, ४ मंसिर
जापान सरकारले रुपन्देहीका दुर्गमा सोह्र गाउँहरूमा सुरक्षित मातृ तथा शिशु कार्यक्रमका लागि क्षमता अभिवृद्धि गर्न १ करोड ४० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । जापानी गैरसरकारी संस्था आम्दा बहुक्षेत्रीय तथा एकीकृत विकास सेवा (आम्दा माइन्ड्स), आम्दा नेपाल तथा जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय गैरसरकारी संस्थाहरूको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुने नेपालस्थित जापानी दूतावासले जनाएको छ ।
शुक्रबार सहयोगसम्बन्धी सम्झौता पत्रमा जापानी राजदूत तात्सुओ मिजुनो र आम्दा माइन्ड्सकी कार्यक्रम निर्देशक मियाको कोबायासीले हस्ताक्षर गरेका छन् । सुरक्षित मातृत्व र शिशु स्वास्थ्यका लागि रुपन्देहीका १६ गाउँमा कार्यक्रम सञ्चालन हुनेछ । मैनाहिया, हात्ती बंगाई, कमहारिया र दमौली गाउँहरूमा कार्यक्रम सञ्चालन हुन लागेको हो । ६ सय ४० महिलाहरूले सुरक्षित मातृत्व पाउने अपेक्षा गरिएको छ । त्यस्तै, प्रजनन स्वास्थ्य सम्बन्धि गोष्ठी, जनचेतना तथा उपस्वास्थ्य चौकीहरूको स्तरोन्नतिका लागि कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
आम्दा माइन्ड्सले मातृ स्वास्थ्यसम्बन्धी विभिन्न कार्य गर्दै आएको छ । आम्दाले जापानी अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) को सहयोगमा सन् २००९ देखि २०१० सम्म नवलपरासीमा मातृ तथा शिशु कार्यक्रम सञ्चालन भएको थियो । आम्दाले स्वास्थ्य क्षेत्रका जनशक्ति विकासका लागि पूर्वीनेपालको दमकमा काम थालेको थियो भने सन् २००६ देखि आम्दा मेचीनगर अस्पताल स्थापना भएको छ । त्यस्तै, बुटवलमा पनि आम्दा नेपालले सिद्धार्थ शिशु तथा महिला अस्पताल स्थापना भएको छ । सन् १९९८ देखि अस्पताल कार्यक्रम सफलतापूर्वक अघि बढेको आम्दा माइन्ड्सले जनाएको छ ।
सहयोगसम्बन्धी सम्झौता कार्यक्रममा नेपालका लागि जापानी राजदूत तात्सुओ मिजुनोले मातृशिशु कार्यक्रमबाट रुपन्देहीका दुर्गम गाउँहरूमा सुरक्षित मातृत्व तथा शिशु सेवा पाउने भन्दै महिलाहरूको स्वास्थ्य सुधारमा योगदान पुग्ने बताए ।
Posted by: Raju Gurung                                                                 Source: Karobar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.