नेपालगन्ज, ५ मंसिर
बाँकेको बैजापुर–२, बेलासपुरका लौटन चौधरी विदेश जान निकै छटपटाइरहेका थिए । घरमा बस्दा केही काम नभएर बेरोजगारी जीवन बिताइरहेका उनलाई मानसिक तनाव पनि उत्तिक थियो । चारैतिर भौंतारिए पनि रोजगारीको कुनै मेसो पाएका थिएनन् । त्यसपछि उनले विदेश जाने नधो गरे । त्यसपछि लौटनले योजना बनाए आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने र कस्सिए कुखुरापालन गर्न । अहिले उनको घरमै कुखुरापालन व्यवसाय फस्टाएको छ । उनी छोटो अवधिमै कुखुरापालन व्यवसायबाट ३ लाख आम्दानी गर्न सफल पनि भए । पढ्नेक्रम जारी राख्नुहोस्