कलाकार गोपाल भुटानीको मंगलबार ७८ वर्षको उमेरमा निधन भएको छ। आन्द्राको क्यान्सरबाट पीडित भुटानीको जनमैत्री अस्पतालमा उपचार हुँदाहुँदै बिहान ११ बजे निधन भएको नागरिकन्युजकर्मी सन्तोष रिमालले जनाएका छन्। भुटानीको अन्तिम संस्कार बौद्ध परम्पराअनुसार आजै स्वयम्भुमा गरिँदैछ। उनको शवलाई स्वयम्भु पुर्याइएको छ भने अन्तिम श्रद्धाञ्जलि दिन युवरजा लामा, राजेन्द्र खड्गी, झरना थापा, युना उप्रेती, बसुन्धरा भुसाल विमल पौडेल,ज्ञानेन्द्र देउजा सहितको चलचित्रकर्मीको समूह स्वयम्भु पुगेको छ।
सन् १९४० को दशकमा मुम्बइबाट फिल्म क्षेत्रमा प्रवेश गरेका भुटानीले एक दर्जन बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरेका छन्। शाही नेपाल चलिचत्र संस्थानको निर्माण तथा प्रकाश थापाले निर्देशन गरेको चलिचत्र मनको बाँधमार्फत् वि.सं. २०३२ सालमा भुटानीले नेपाली चलिचत्रमा पहिलो पाइला राखेका थिए। थापाकै निर्देशनमा बनेको अर्को चलचित्र जीवनरेखाबाट उनी द्वन्द्व निर्देशकको रुपमा स्थापित भएका थिए। समीक्षकहरु यही फिल्ममार्फत् भुटानीले नेपालमा द्वन्द्व कलाकारितालाई संगठित रुपमा भित्र्याएको बताउँछन्। अहिलेका फिल्मकर्मी युवराज लामा तथा राजेन्द्र खड्गी द्वन्द्व निर्देशनमा भुटानीकै चेला हुन।
Posted by : Narayan Nepal Source : Nagariknews
he is great person in nepal film industry.may god bless his soul 4everrrrrrrr