अनुराधा प्रती समर्पित गजल – आचार्य प्रभा
शाहसको आसुँ झार्न सिकायौ, अनुराधा तिमीले
राहतको पूल तार्न सिकायौ, अनुराधा तिमीले ।
ममत्वको भिक्षा बाँड्न लगाइ मनबाटै यसरी
कलेजीको माया सार्न, सिकायौ अनुराधा तिमीले ।
हिंडेकीथ्यौ कछुवाको चालमा गन्तब्यमा पुग्न नै
कहिल्यै नि हुन्न हार्न, सिकायौ अनुराधा तिमीले ।
नारीहरु बन्दछन् नि अतिनै कोमल र कमजोर
मनलाई हुन्न मार्न, सिकायौ अनुराधा तिमीले ।
सहनशिल भइे नारी जातको बन्नु पर्छ प्रतीक
सह्रिदयी मन पार्न, सिकायौ अनुराधा तिमीले ।
Posted by: Raju Gurung