Daily Archives: 23/11/2010

कलाकार गोपाल भुटानीको निधन, अन्तिम संस्कार आजै गरिने


कलाकार गोपाल भुटानीको मंगलबार ७८ वर्षको उमेरमा निधन भएको छ। आन्द्राको क्यान्सरबाट पीडित भुटानीको जनमैत्री अस्पतालमा उपचार हुँदाहुँदै बिहान ११ बजे निधन भएको नागरिकन्युजकर्मी सन्तोष रिमालले जनाएका छन्। भुटानीको अन्तिम संस्कार बौद्ध परम्पराअनुसार आजै स्वयम्भुमा गरिँदैछ। उनको शवलाई स्वयम्भु पुर्‍याइएको छ भने अन्तिम श्रद्धाञ्जलि दिन युवरजा लामा, राजेन्द्र खड्गी, झरना थापा, युना उप्रेती, बसुन्धरा भुसाल विमल पौडेल,ज्ञानेन्द्र देउजा सहितको चलचित्रकर्मीको समूह स्वयम्भु पुगेको छ।

पढ्नेक्रम जारी राख्नुहोस्

हार्दिक बधाई !!!


अनुराधा प्रती समर्पित गजल  –  आचार्य प्रभा

                                   शाहसको आसुँ झार्न सिकायौ, अनुराधा तिमीले
                                   राहतको पूल तार्न सिकायौ, अनुराधा तिमीले ।

                                   ममत्वको भिक्षा बाँड्न लगाइ मनबाटै यसरी
                                   कलेजीको माया सार्न, सिकायौ अनुराधा तिमीले ।

                                   हिंडेकीथ्यौ कछुवाको चालमा गन्तब्यमा पुग्न नै
                                   कहिल्यै नि हुन्न हार्न, सिकायौ अनुराधा तिमीले ।

                                   नारीहरु बन्दछन् नि अतिनै कोमल र कमजोर
                                   मनलाई हुन्न मार्न, सिकायौ अनुराधा तिमीले ।

                                   सहनशिल भइे नारी जातको बन्नु पर्छ प्रतीक
                                   सह्रिदयी मन पार्न, सिकायौ अनुराधा तिमीले ।

Posted by: Raju Gurung

भट्टराई र बैद्यको प्रतिवेदन प्रस्तुत,दाहालको पालो आज


गोरखा, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्यले अध्यक्ष पुष्पकमल दाहाललाई साझा अध्यक्ष बन्न सुझाव दिएका छन् । दाहालकै नेतृत्वमा संघीय गणतन्त्रात्मक संविधान लेखिनुपर्ने वैद्यको जोड थियो ।

गोरखाको पालुङटारमा जारी छैठौं विस्तारित बैठकमा आफ्नो प्रतिवेदन’bout प्रकाश पार्दै वैद्यले त्रुटि सच्याएर अघि बढ्न अध्यक्ष दाहाललाई सुझाव दिएको सञ्चारकर्मीहरुलाई बताए । पढ्नेक्रम जारी राख्नुहोस्

कुन क्षेत्रमा कति बजेट ?


सरकारले शनिबार अध्यादेसमार्फत बजेट सार्वजनिक गर्यो । ढिला गरी सरकारले अध्यादेशमार्फत ल्याएको यसपालिको बजेटले अघिल्लो आर्थिक वर्षमा जस्तै स्वास्थ्य, शिक्षालगायतका सामाजिक सेवालाई प्राथमिकतामा राखेको छ  । तर अघिल्ला बजेट वक्तव्यमा जस्तो यसपटक ‘राजनीतिक लोकप्रियता हासिल गर्ने उद्देश्य’ का कार्यक्रम भने छैनन् । कुन क्षेत्रमा कति बजेट छुटिट्एको छ त ? पढ्नेक्रम जारी राख्नुहोस्

एकै गाउँबाट तीन करोडको मखमली माला बिक्री


भक्तपुर । तिहारमा भक्तपुरको एकै गाविसबाट तीन करोड रुपैयाँको मखमली माला बिक्री भएको छ । गुण्डु गाविसका किसानले यस वर्ष फूल र माला बिक्रीबाट तीन करोडको आम्दानी भएको बताएका हुन् । गुण्डु गाविसका ४ ८ र ९ नम्बर वडाका प्रत्येक घरमा आधा रोपनीदेखि पाँच रोपनीसम्मको बारीमा फूलखेती हुने गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्