परस्त्रीलाई दोस्रो पत्नीका रुपमा भित्र्याउन श्रीमतीले नदिएको झोकमा गुल्मी नयाँगाउँका एक व्यक्ति आफ्नै घरमा आगो लगाएर फरार भएका छन्। घरमा आगजनी गरिएका कारण श्रीमतीको बिचल्ली भएको छ। नयाँगाउँ गाविस–९ लप्सीटोल निवासी चन्द्रबहादुर कुँवरले गत कात्तिक २७ गते शनिबार राति श्रीमती कुसुमलाई कुटपिट गर्नाका साथै घरमा आगोसमेत लगाएका थिए।
घरमा आगलागी हुँदा कुँवरको सम्पूर्ण अन्नपात, नगद, जिन्सी नष्ट भएको र श्रीमती विस्थापित भई यतिबेला आफ्ना नातेदारको घरमा बस्दै आएकी छन्।
उहाँले आफूमाथि यति ठूलो ज्यादती हुँदा पनि स्थानीय ठूलाबडाले श्रीमान्लाई कारबाही नगर्न दबाब दिएको र जिल्ला प्रहरी प्रशासनले समेत उजुरी दर्ता गर्न नमानेको गुनासो गर्नुभयो।
// // Posted by: Raju Gurung