प्रेममा नै सबै समस्याको समाधान छ !


– सजना गुरुङ, इजरायल

प्रेम ! यो शब्द आँफैमा अर्थपूर्ण , अनमोल र बिशाल छ ! निसन्देह हामी सबै प्रेम शब्दको भावसँग परिचित छौ ! यही प्रेमको निश्चल छहरीमा मानब जीवन जिउछ ! मानब  सम्बन्ध सुमधुर बन्दछ ! परिवार, समाज, देश र विश्व नै सुन्दर र शान्तिमय बन्न पुग्दछ ! यो दुई अक्षरको संयोगले बनेको प्रेममा नै संसार अडिएको छ ! हरेक सम्बन्धले सार्थकता प्राप्त गरेको छ ! पवित्र बाइबल नयाँ करार पहिलो कोरिन्थिको तेह्रौं  अध्यायमा प्रेमलाई यसरी व्याख्या गरिएको छ,” मैले मानिसहरु र स्वर्गदूतको भाषामा बोले तापनि ममा प्रेम छैन भने, म हल्ला मच्चाउने घण्टा र झ्याइँ –झ्याइँ गर्ने झ्याली मात्र हुन्छु ! मसँग अगम्बाणी बोल्ने शक्ती होला,  सबै रहस्य र सबै ज्ञानहरु बुझ्न सकुँला र पहाडहरु हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला तर म मा प्रेम चाँही छैन भने म केही पनि होइन ! प्रेम सहनशील हुन्छ र दयालु हुन्छ ! प्रेमले डाह कहिल्यै गर्दैन, न शेखी नै गर्छ । प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को पनि मान्दैन, खराबीको हिसाब राख्दैन । प्रेम खराबीमा प्रसन्न हुँदैन तर ठीक कुरामा रमाउछ । प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ । त्यसकारण प्रेम उत्कृष्ट छ । ” यी वाक्यहरुलाई गहिरिएर सोंच्ने हो भने हामी सजिलै बुझ्न सक्छौ प्रेमको सही परिभाषा ! दुई अपरिचित नर र नारीलाई बैबाहिक सम्बन्धमा बाँधेर एकअर्कामा समर्पित बन्न प्रेमले सिकाउदछ, एकअर्कासँग इमान्दारी बनी, एकर्काको  नजरमा विश्वासको पात्र बन्दै आशा र हिम्मतका साथमा जिन्दगीमा आइपरेका सारा दु:ख र समस्याहरुको सामना गर्दै दाम्पत्य जीवनरथ अगाडि बढाउनलाई पनि प्रेमको महत्वपूर्ण भुमिका रहेको हुन्छ । हरेक सम्बन्धसँग प्रेमको फरक अनुभुती आभास गर्न सक्छौ ।  लोग्ने स्वास्नीबिचको प्रेम, माता पिता र सन्तान बिचको प्रेम, साथी साथी बिचको प्रेम, गुरु र शिष्य बिचको प्रेम यस्तै यस्तै धेरै धेरै सम्बन्धहरु बिचको प्रेम ।
जहाँ प्रेम छ त्यहाँ प्रतिसोध, क्रोध, घमन्ड र रिसरागको कुनै ठाउँ हुँदैन ! जहाँ प्रेम छ त्यहाँ दया माया को बिशाल सागर छ, इमान्दारिता जीवित छ, सदभाव र सहयोगको मुहान छ, मानवता को सही परिचय छ, सन्तुष्टी र शान्तिको सुखद अनुभुती छ ! तर जहाँ प्रेम छैन त्यहाँ प्रतिसोध छ, जुन प्रतिसोधको भावले एउटा मानिस र एउटा परिवार मात्र होइन समाज, देश र विश्वालाइनै तहस नहस पारीदिएको छ !  जहाँ प्रेम सुन्य छ त्यहाँ क्रोध भरिएको छ, जुन क्रोधले बिनाश र बर्बादी बाहेक आज सम्म केही दिएको छैन ! जहाँ प्रेम हुँदैन त्यहाँ अहंकारले राज्य गर्दछ, घमन्ड, अहंकार यी सबले मानव जीवनमा, मानव समाजमा, मानिस-मानिसबिच, राष्ट्र – राष्ट्रबीच लडाईं, झगडा, हत्या – हिंसा इत्यादी धेरै धेरै सास्तिमय परिस्थितीहरुको सृजना गरिदिएको छ ! प्रेम त्यो धागा हो जसले हरेक छरिएर रहेको सम्बन्धलाई एकै ठाउँमा उनेर एकतामा बाँधी राख्दछ अनन्त सम्मलाई ! प्रेम त्यो अन्मोल भाव हो जो अरुको दु:खमा सहनुभुति राख्दै असहायहरुलाई, असक्तहरुलाई सक्दो सहयोग गर्नका निम्ती निरन्तर प्रेरित गरिरहन्छ मानिसलाई । सबै महामानवहरुको ईतिहास पढ्ने र सुन्ने हो भने उहाँहरुभित्र  रहेको अदभूत प्रेमले नै उहाँहरुलाई महान घोषित गरेको छ ! उहाँहरुको जन्मलाईनै सार्थक  बनाइदिएको छ !
हामी धेरैले पढेका र सुनेका छौ मदर टेरेसाको ’boutमा,जय हेनरी ड्युनाको ’boutमा, महाकवी लक्ष्मी प्रसाद देवकोटाको ’boutमा , पृथ्बी नारायण शाहको ’boutमा र महात्मा गान्धिको ’boutमा,यस्तै धेरै समाजसेवी र देशप्रेमिहरुको ’boutमा ! प्रेमले मानिसलाई त्यती असल र गुनी बनाउछ कि जसको तुलना हामी भगवानसँग गर्ने गर्छौ र प्रेमबिनको मानिस त्यती खराब र दुस्त हुन्छ कि जसलाई हामी शैतान को कुसंज्ञा दिन्छौ ! यदी देशनायक अर्थात हाम्रो देशको नेतृत्व गर्नेहरुले पनि देशसँग, जनता अर्थात देशबासिसँग  महात्मा गान्धिले जस्तै निस्वार्थ प्रेम गरिदिएको भए आज हाम्रो देश, हाम्रो मातृभूमी, हाम्री जननी स्वार्थ, प्रतिसोध र क्रोधरुपी बमबारुदद्वारा यसरी घाइते हुने थीइनन ! असुरक्षा, अशान्ति, डर र त्रासले यसरी ग्रसित हुने थिइनन ! देश घाइते हुनु भनेको हामी घाइते हुनु हो, देशको अस्तित्व मेटिनु भनेको हाम्रो अस्तित्व मेटिनु हो ! देशको भविष्यलाई हत्केलामा लिएर देशको प्रतिनिधित्व गर्ने हरेकले देशलाई र जनतालाई  प्रेम गरेको होस,निस्वार्थ प्रेम ! जुन प्रेमले एक सच्चा र इमान्दारी राष्ट्र प्रेमी, राष्ट्र नायक, राष्ट्र उपासक बनाएर देशको अस्मिता जोगाउन प्रेरित गर्नेछ ! जनताका विश्वाश, आशा र सपनाहरुलाई साकार रुप दिनेछ !
हामीसबै एकअर्कासँग पवित्र प्रेम गरौ, प्रतिसोधलाई भुलेर ! एकर्काको गल्तिहरुलाई माफि दिएर ! रिसरागको अवशेषहरुलाई मेटेर ! घमन्डको घाटी रेटेर ! किनकी प्रेममा नै सबै समस्याको समाधान छ ! प्रेममा नै मनको सन्तष्टी र आत्माको शान्ती छ !!!

Posted by: Raju Gurung

4 responses to “प्रेममा नै सबै समस्याको समाधान छ !

  1. Thanks Sajan ji so greate comment keep it up.

  2. sajana jee good job keep it contineu.

  3. is this really or just timepass? in this moment so difficult to get true love & give also, in my view no one dont no the love better then me bkz just yesterday i move from this way so i am sorry to say that i dont trust in love between mail & femal.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.