– राजु गुरुङ, कुवेत
गुरुङहरुको महान पर्व ल्होछार, कुवेतबासी गुरुङहरुले धुमधामका साथ ब्यापक कार्यक्रम गरी यही आउदो ३१ डिसेम्बर २०१० शुक्रबारमा मनाउने भएको छ। कुवेतबासी गुरुङ (तमु) हरुको साझा संस्था “तमु समाज, कुवेत” को नोवेम्बर १९, २०१० मा बसेको नियमित बैठकले सो निर्णय गरेको हो। बैठकमा कार्यक्रम गरिने स्थान भने तोकिएको छैन, अर्को सुचना मार्फत छिट्टै स्थान पनि तोकिने बताइएको छ। बैठकमा ल्होछार आयोजक मूल समिती खडा गरिएको छ।
सो समितिले कार्यन्बयनलाई अगाडि बढाउने जानकारी तमु समाज, कुवेत तथा ल्होछार आयोजक मूल समितीका अध्यक्ष अमर गुरुङले बताउनु भयो साथै उहाले यस बर्षको ल्होछार कार्यक्रममा बिभिन्न मनोरन्जनात्मक खेल तथा सास्कृतिक कार्यक्रमहरु पनि समाबेश गरिएको जानकारी गराउनु भयो। बैठकमा समाजका सल्लाहकार खोप गुरुङले तमु समाज, कुवेतको निरन्तरता एंव तमु एकता को निम्ती सबैलाई शुभकामना दिनु भएको थियो।
गुरुङहरुको आफ्नो सस्कृती अनुसार प्रतेक पौष १५ गते नयाँ ‘ल्हो’ (बर्ग) फेरिने हुँदा त्यसैलाई नयाँ बर्षको रुपमा मनाउने परम्परा रही आएको छ।
Posted by: Raju Gurung
badhai6 tamu jan jatiharuko lochhar parwa lai safalta purbak mannu aaphno jatiye dharma saskriti riti riwaz r parampra lai sabai tamu jatiharule dhum dham ka sath mannu hola vanne mero binamra anurodh chha dhanyanad!!! chhar mendo pobala din!!!